किन यत्रो सम्मान ?
हिजो, २०६३ ज्येष्ठ २० को कान्तिपुरका पढने पाठकहरुले काठमाडौँ विश्वविध्यालयका रजिष्ट्रारबाट प्रेषित विज्ञप्ति पढेर अलमलिनु पर्ने कुनै कारण छैन। आफ्नै विश्वविध्यालयका शिक्षकहरुले दिएको खुला चुनौतीलाई केहि हजार रकम खर्च गरेर पन्छाउन सकिएला भन्ने सो सोचले रजिष्ट्रार सिताराम अधिकारीले सो विज्ञप्ति निकालेका हुन। आफ्ना व्यक्तिगत समस्याहरु लाई विश्वविध्यालयको समस्याको रुपमा चित्रण गर्दै, व्यक्तिगत प्रयोजनमा सँस्थाको पैसा खर्च गर्ने परिपाटिलाई अगाडी बढाएकोमा डा. शर्मा र डा.अधिकारीले जवाफ दिनु त छँदैछ। यस्को साथसाथै हिजोमात्र विज्ञापन छपाएको पत्रिकाको सहप्रकाशान "नेपाल"ले डा. शर्मा हालै कस्तो सँस्थाबाट "गुड गवर्नेन्स" अवार्ड पाएको रहेछ भन्ने कुरा आजको अँकमा स्पष्ट लेखेको छ। पाठकहरुको सुविधाको लागी जेष्ठ २१, २०६३ को नेपालबाट साभारित अँश:
#########################################
जेष्ठ २१, २०६३ को नेपालबाट साभारित अँश
#########################################
किन यत्रो सम्मान ?
नेपाली राजनीतिज्ञहरू यति फुर्सदिला छन् कि उनीहरूलाई आफू कहाँ र कुन कार्यक्रममा गइरहेको छु भन्नेसम्मको पनि पत्तो हुँदैन । यस्तै अत्तो न पत्तोको एउटा कार्यक्रममा सहभागी बनेका सभामुख सुवास नेम्वाङले पछि थकथकी लागेको महसुस गरे । शान्ति स्थापनाका लागि आयोजित प्रवचन कार्यक्रम, जसमा 'इन्टर रिलीजियज एन्ड इन्टरनेसनल फेडरेसन फर वल्र्ड पिस' नामको कोरियाली संस्थाकी अध्यक्ष डा हाक जा हान मुन र उनका छोरा ह्युन जोन मुन उपस्थित थिए । शान्ति अभियानमा लागेका भनिएका ह्युनले त्यस अवसरमा आधा घण्टा लामो प्रवचन पनि दिए ।त्यही प्रवचन दिनका लागि भनेर उनीहरू आफ्नो निजी विमानमा कोरियाबाट जेठ १८ गते काठमाडौँ आएका थिए । उनीहरूको स्वागतका लागि उक्त कोरियाली संस्थाको नेपाली शाखा युनिभर्सल पिस फेडेरेसनले कुनै कसर बाँकी राखेन । यतिसम्म कि कोरियाली 'शान्ति अभियानकर्ता' हरूको स्वागत र प्रवचन कार्यक्रमका लागि सभामुख नेम्वाङको अध्यक्षतामा तीन सय ४० जनाको विशालकाय राष्ट्रिय तयारी समिति बनाइएको थियो, जसमा राजनीतिज्ञलगायत समाजका लब्धप्रतिष्ठित अधिकांशको नाम समावेश थियो । तर, विडम्बना त के भने स्वयम् समितिका अध्यक्ष बनाइएका सभामुख नेम्वाङसमेत त्यस संस्था र कार्यक्रमका बारे अनभिज्ञ थिए । फेडेरेसनले गरेकोे आग्रह टार्न नसकेर समितिको अध्यक्षता स्वीकारेको सभामुख नेम्वाङको कथन छ । नेपाल सँगको कुराकानीमा नेम्वाङले भने, "यस संस्थाको कार्यक्रममा पहिले पनि वरष्िठ राजनीतिज्ञहरूको सहभागिता रहँदै आएको हुनाले मैले पनि आग्रह स्वीकारेको हुँ ।" यसबाहेक त्यस संस्था र कार्यक्रमका बारेमा आफूलाई जानकारी नरहेको पनि उनले बताए ।
फेडेरेसनले मुन टोलीको स्वागतका लागि सभामुख नेम्वाङलाई विमानस्थल गइदिन आग्रह गरे पनि उनी त्यहाँ नपुगेपछि उनीहरूलाई विमानस्थलमा स्वागत गर्दै पुष्पगुच्छा दिने काम उपसभामुख चित्रलेखा यादवले गरेकी थिइन् । उनीहरूको स्वागतार्थ भीभीआईपी लाउन्ज, उच्च सुरक्षा तथा उच्च अतिथि सत्कारको प्रबन्ध गरेर सरकारले पनि डा मुनको टोलीलाई कुनै विदेशी राष्ट्रप्रमुखलाई दिइनेसरहको सम्मान दिएको थियो । सरकारले उनलाई विमानस्थलदेखि नै तीनवटा मर्सिडिज बेन्ज कार उपलब्ध गराउनुका साथै स्कर्टिङ्को व्यवस्था गरेको थियो । दुईघण्टे प्रवचन कार्यक्रममा मुन टोलीको सुरक्षार्थ सादा पोसाकका सुरक्षाकर्मीहरूको व्यापक उपस्थिति थियो । न कुनै राष्ट्रप्रमुख न त सरकारप्रमुख, त्यस्तो कुनै हैसियत नभएका डा हाक जा हान मुनको टोलीलाई सरकारले उच्च्ा सम्मानका साथ स्वागत गर्नुको अर्थ के हो त ? उनीहरूलाई प्रदान गरएिको यसप्रकारको सम्मानका सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता यादव खनाल भने उपलब्ध हुन सकेनन् ।
उक्त संस्थाका केही कार्यक्रमहरूमा सहभागी भएका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा कमलकृष्ण जोशी मुन दम्पतीको उक्त संस्थाको बलियो अन्तर्राष्ट्रिय सञ्जाल र प्रभावका कारण सरकारले मुनको टोलीलाई महत्त्व दिएको हुनसक्ने अनुमान गर्छन् । जानकारहरूका अनुसार, मुन पर िवारको उक्त संस्थाले राजनीतिक व्यक्तित्वहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने गर्छ । स्वर्गीय मनमोहन अधिकारीदेखि लिएर शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, पशुपतिशमशेर र ाणालगायतका राजनीतिज्ञहरूसँग मुन परविारको उक्त संस्थाले आफ्नो स्थानीय शाखामार्फत सम्बन्ध कायम गर्दै आएको छ । यस संस्थाको निम्तो मान्दै नेपाल, देउवा र चन्दलगायतका राजनीतिज्ञहरू कोर ियासमेत पुगिसकेका छन् ।
अझ रोचक त के भने जेठ १८ को नयाँबानेश्वरस् िथत वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा सभामुख सुवास नेम्वाङलगायत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा आदिको उपस्थिति थियो । तर, त्यहाँ पुगेका राजनीतिकर्मीहरूदेखि लिएर अधिकांश आमन्त्रितहरूलाई संस्था, कार्यक्रम र प्रवचनकर्ताका बारे जानकारी नै थिएन । कार्यक्रममा मुनको संस्थाले काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा जोशीलाई द्वन्द्वपीडित नेपाली बालबालिकाका लागि ५० हजार अमेरकिी डलर प्रदान गरेको थियो । शर्मा र जोशीले पनि मुनको संस्थाको निमन्त्रणा स्वीकारेर कोरयिा, इजरायल आदि देशहरूको भ्रमण गरसिकेका छन् ।
यसअघि ०६२ मङ्सिर ७ गते नेपाल भ्रमणमा आएका मुनका पति तथा त्यस संस्थाका संस्थापक डा सन म्योङ मुनले 'शान्ति प्रवचन' दिएका थिए । त्यसबखत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्मालाई 'गुड गभर्नेन्स' अवार्ड प्रदान गरेको थियो । त्यतिबेला पनि उनको स्वागतका लागि त्ात्कालीन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा राष्ट्रिय तयारी समिति बनेको थियो, जसमा गिरजिाप्रसाद कोइरालाबाहेक राष्ट्रिय राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई सदस्यका रूपमा राखिएको थियो । र, बानेश्वरस् िथत अन्तरर् ाष्ट्रिय सम्मेलन केन्द्रमा यस्तै कार्यक्रम आयोजना गरएिको थियो, जसको नेपाल टेलिभिजन ले समेत प्रत्यक्ष प्रसारण गरेको थियो ।
एउटा विदेशी पाहुनालाई राज्यले यत्रो तामझामपूर्ण सम्मान र व्यवहार गर्नुका पछाडि के कारण हुनसक्छ भन्ने खुल्दुली उत्पन्न हुनु अस्वाभाविक होइन । अझ खास गरेर जनआन्दोलनको सफलतापछि मुलुकलाई हिंसाबाट दीर्घकालीन रूपले मुक्ति दिलाएर नयाँ नेपालको निर्माणमा लाग्नुपर्ने बेलामा बेतुकका यस्ता कार्यक्रममा समय खर्चिनुको के औचित्य होला र ?
No comments:
Post a Comment