Tuesday, June 20, 2006

कमेन्ट/टिप्पण्णीका सम्बन्धमा

काठमाडौँ विश्वविध्यालयको समग्र विकासको लागि यो बल्ग कृतशँकल्प रहेको धारणा हामी पुन: एकपटक सम्पूर्ण पाठकहरु माझ स्पष्ट गर्न चाहन्छौँ। काठमाडौँ विश्वविध्यालयमा विध्यमान विभिन्न कूरिती, बेथिती र अब्यवस्थाका साथ-साथै यस विश्वविध्यालयमा सुरेश राज शर्मा र सिताराम अधिकारी द्वारा निर्लज्ज खुला रुपमा लादिएको नातावाद, मनपरिवाद र आर्थिक अपार्दर्शिताको हामि घनघोर विरोध गर्दछौँ र हाम्रो विरोध सो विश्वविध्यालयको सर्वाङ्गिण विकासकै लागी हो भन्ने हामी स्पष्ट पार्न चाहन्छौँ। कुनै पनि सँस्था ब्यक्तिको पर्यायवाची हुन सक्दैन र कुनै पनि ब्यक्ति जतिसुकै ठूलो योगदान दिएको किन नहोस, उक्त सँस्था भन्दा ठूलो कदापी हुन सक्दैन। काठमाडौँ विश्वविध्यालयमा रहेका भजन मन्डलीहरु सुरेश राज शर्मा र सिताराम अधिकारीका अपरिहार्यता देख्छन र यो नै सबै भन्दा ठूलो बिडम्बना हो। यसले एकातिर यी भजनमन्डलीका सदस्यहरुको लाचारी लाई देखाउँछ भने अर्को तिर यीनै सदस्यहरुका नालायकी पनि प्रदर्शन गर्दछ।

विश्वविध्यालयको उज्ज्वल भविष्यका लागी भजन गाउन छोडेर, विश्वविध्यालयकै शुद्धिकरणमा लाग्नु पर्ने बेलामा, वर्तमान KUPA लाई समर्थन गर्न छोडेर आफ्ना स्वार्थका रोटी सेक्नमा बुध्दिजिवी प्राध्यापकहरु लागेको देख्दा नेपालमा परिवर्तन आउन अझै केही समय लाग्छ जस्तो हामीलाई लागेको छ । KUPA को समर्थन र नातावाद, कृपावाद, र आर्थिक अनियमितताको विरोधमा लाग्नु पर्ने चेतनशील प्राध्यापकहरुनै भिजिलान्ते, मन्डलेको रुप धारण गर्दै प्रतिकारको धम्कि दिँदै हिँडेको देख्दा उदेक नलाग्ने कुरै भएन।

शायद यस बल्गलाई दिईएको धाक-धम्की पनि आफ्ना मालिकहरुको ईच्छा बमोजिम यिनै मन्डले, दलाल र भिजिलान्तेहुरले नै दिएका होलान । आफुलाई अत्यन्त चेतनशील भन्ने, विध्यार्थीहरुलाई उच्चसँस्कार र नैतिकवान बनाउने जिम्मा लिएका प्राध्यापक भनाउदा तर सुरेश राज शर्मा र सिताराम अधिकारीका गुन्डा, दलाल र मतियारहरुबाट आएको कुनै पनि धम्कि र डर बाट हामी डराउनेवाला छैनौँ । साथै, प्राज्ञिक बहस र छलफलका लागी हाम्रा कटिबद्धताहरु प्रकट हुँदाहुँदै पनि कुनै लेख-रचना मार्फत आफ्ना भनाईहरु राख्न नसक्ने तर अत्यन्त अभद्र, अश्लील र घटीया कमेन्ट/टिप्पणि गर्नेहरु सुरेश राज शर्मा र सितारामकै नजिकका नातेदार तथा उनिहरुबाट सन्चालीत गुन्डाहरु हुन सक्ने हाम्रो ठहर छ। KUPA मा रहनु भएका प्रत्येक सदस्यहरुका प्राज्ञिक मागहरुलाई सामना गर्न नसक्दैमा KUPA का सदस्यहरु र अन्य अत्यन्त प्राज्ञिक नेतृत्वहरुलाई ब्यक्तीगत रुपमा गाली गर्ने, बेईज्जती गर्ने र मानहानी हुने कमेन्ट/टिप्पणिहरुलाई सुरेश राज शर्मा र सिताराम अधिकारीका पराजीत मानसिकताको रुपमा हामीले लिएका छौँ।

तसर्थ, सुरेश राज शर्मा र सिताराम अधिकारीकै बचावटमा बोल्न चाहनु हुन्छ र उहाँहरुले राम्रै काम गरेको छ भन्ने तपाईहरुका धारणाहरु छन भने, कृपया कमेन्ट/टिप्पणिहरु शिष्ट र सभ्य भाषामा लेख्नु होला। प्रत्येक आवाजलाई हाम्रो ब्लगमा स्थान दिईने छ यदि यी आवाज हरु शिष्ट र सभ्य छन भने। तसर्थ, यस ब्लगमा अत्यन्त फोहोरी, घीनलाग्दा कुराहरु कमेन्ट/टिप्पणिका रुपमा नलेख्न हुन हामी सम्पूर्ण पाठकहरुलाई अनुरोध गर्दछौँ।

ब्लग ब्यवस्थापन समिति

1 comment:

Anonymous said...

Anonymous said...
Bhijilante are everywhere and keep going and don't get descouraged by what they say or retaliate. Once you win the cause they will be the first to support KUPA. Association is the fundamental right. IF KU can become the member of association of university, VC can become the member of VC association why not Teacher be united under their teacher association. I heard them saying that KUPA is a politics but I wonder how come saying KUPA is politics is not a politics??????
you guys keep going....threat are there but once you succed KU can become an real institution where you can work with your dignity and self respect.