काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरू आन्दोलित
कान्तिपुर समाचारदाता
Source:http://www.kantipuronline.com/
kolnepalinews.php&nid=78026
काभ्रे, असार १३ - पेसागत हित र विश्वविद्यालयमा भएको अनियमितता रोक्न माग गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । प्राध्यापकहरूले मंगलबार विश्वविद्यालय परिसरमा भेला भई आन्दोलनको घोषणा गरेका हुन् । प्रशासनसँग पटक-पटक पत्राचार गरी मागहरू राख्दा पनि सुनुवाइ नभएकाले अझै चुप लागे कडा आन्दोलन गर्ने चेतावनी प्राध्यापकहरूले दिएका छन् । उनीहरूले बुधबार प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय गरेका छन् । निकालिएका प्राध्यापकहरूको पुनर्बहाली, प्राध्यपक संघलाई मान्यता दिनुपर्ने, अस्थायीलाई स्थायी र पदोन्नति रोकिएकालाई तुरुन्त बढुवा गर्नुपर्नेलगायतका आठबुँदे माग प्राध्यपकहरूको छ । विश्वविद्यालयमा कर्मचारी नियुक्तिलगायतका कुराहरूमा अनियमितता भएकोले त्यसलाई रोक्नसमेत उनीहरूले माग गरेका छन् ।
अहिलेसम्म हामी पत्राचारमै सीमित छौं । मागप्रति सुनुवाइ नभए आन्दोलनका कडा कार्यक्रमहरू गर्नेछौं,' काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका महासचिव डा.समीरमणि दीक्षितले भने । धर्ना र प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउनेलगायतका पहिलो चरणको आन्दोलनपछि अरू आन्दोलनका कार्यक्रम गर्ने उनले बताए । प्राध्यापकहरूको माग जायज भएकोले यसप्रति आफूहरूले सक्दो सहयोग गर्ने नेपाल प्राध्यापक सघका अध्यक्ष भूपति ढकालले बताए ।
विश्वविद्यालय प्रशासनले भने विश्वविद्यालयको ऐनमा संघ-संगठनको प्रावधान नरहेकोले पठनपाठनमा बाधा पुग्ने कुनै कार्यक्रम नगर्न र भाग नलिन मंगलबार एक सूचना प्रकाशित गरेको छ । प्राध्यापकहरूको मागपत्रका सम्बन्धमा विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा सभा बस्ने सूचनामा उल्लेख गरिएको छ ।करार अवधि सकिएको भन्दै दस दिनअघि विश्वविद्यालयले प्राध्यापक डा. बोरिस निरौलालाई सेवाबाट प्रशासनले हटाएको थियो । तर गत जनआन्दोलनमा सक्रिय भएको भन्दै सेवाबाट हटाएको प्राध्यापकहरूले बताएका छन् ।
Posted on: 2006-06-27 21:18:48

2 comments:
Hoina, Dr. Boris lai Lokatantra aayepachhi KU ka Durja Kumar harule shahid banako ho ki kya ho?
Yo KU ko Durja Kumar ko ho? Sitaram, Pushpa, Bhadraman, Makundo ya Suresh Raj?
Aba Loktantra aayepachi pani JanaAndolan ma lageka lai karyabahi hunchha bhane, yasta karbahi garne lai aba Ascol kai students haru chahine ho ki kya ho?
ASCOL ka Loktantric Bidhyarthi
Ramro, dherai ramro...
yo sab garne sitaram lai Kalo-moso dalna ra Juttako mala lagauna nabirsane hai, saathi ho...
Sab KU bhandane, bhrastachar garne tyai ho...
Bharastchar Murdabad
Post a Comment