Friday, June 23, 2006

KUPA को गम्भीर ध्यानाकर्षण

काठमाडौं विश्वविद्यालय प्राध्यामक संघ
धुलिखेल काभ्रे
दर्ता नंः जि।प्र।sा। काठमाडौं ८००:247;०६२-०६३

यही मिति २०६३ साल आषढ ६ गतेका दिन उपकुलपति डा। सुरेश राज शर्माका सहोदर भाइ श्रीजलन शर्माद्वारा काठमाडौं विश्वविद्यालय परिसर भित्र प्रा। डा। सुरेन्द्रराज काफ्ले र KUPA का सदस्य माथि लगाइएको आक्षेप प्रति KUPA को गम्भीर ध्यानाकर्षण भएको छ । विश्वविद्यालयसँग कुनै पनि सरोकार नभएका श्री जलन शर्मालाई KUPA को उद्देश्य र कार्यसाचालन प्रति अनावाश्यक टिका टिप्पणी गर्ने कुनै आधार नभएको हुदाँ आफ्नो मर्यादाको उलङ्घन नगरि केबल नागरिक चरित्र प्रर्दशन गर्न संघ आग्रह गर्दछ । जलन महोदयलाई KUPA के भन्न चाहान्छ भने तपाई स्वयम सार्वजनिक संस्थाको उच्च ओहदामा बसी काम गरिसक्नुभएको अनुभवको आधारमा त्यस्तो तल्लो स्तरको अभिव्यक्ति सार्वजनिक गर्दै प्रस्तुत हुन सुहाउँछ के विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले एउटा व्यक्ति जो आपुूनै भ्रष्टाचारको आरोपमा अख्तियारको कठधारमा उभिनु परेको छ त्यस्तो व्यक्तिबाट नैतिकताको उपदेश सुन्नु आवाश्क छ यस्तो आरोपित व्यक्तिले आफ्नो दाजुको पदजाला भनी निष्कलङ्कित स्वाभिमानी प्राध्यापकहरुलाई तथानाम गाली गर्नु दाजुले उपकुलपतिको पदबाट हट्न परेको खण्डमा विभिन्न प्रकारका हतकन्डा अपनाई प्राध्यापकहरु माथि सांघातिक हमला हुन्छ भन्ने अप्राज्ञिक व्यक्तिको जस्तो चरित्र प्रर्दशन गर्न खोज्नु निरङ्कुश मानसिकताको उपज होईन र? त्यसैले उपकुलपति डा। सुरेशराज शर्मा र उहाँका भाइलाई KUPA के आर्गह गर्छ भने अलिकति पनि नैतिकता यहाँहरुमा छ भने अख्तियारतिर अवलोकन गर्नुनै उचित होला । भविष्यमा अख्तियारले आरोप लगाएका आफ्ना भाइहरुलाई स्वाभिमानी प्राध्यापकहरु माथि नैतिक उपदेश दिने नाममा गाली गलौज गर्न प्रेरित नगर्नु होला भनी काठमाडांै विश्वविद्यालयक प्राध्यापक संघ उपकुलपति डा। सुरेशराज शर्मालाई अनुरोध गर्दछ ।

अध्यक्ष रामप्रसाद घिमिरे
महासचिव समिरमणि दीक्षित

काठमाडौ विश्वविद्यालय प्राध्यापक संघ
धुलिखेल काभ्रे ।

1 comment:

Anonymous said...

KUPA का साथिहरुले त्यो जलन राज भन्ने भ्रष्टाचारीलाई कालो-मोशो दल्नु पर्ने हो। विश्वविध्यालय भित्र पसेर यस्तो मन्डले रुप देखाउनेलाई त भरत केशरलाइ जस्तै गर्नु पर्ने हो।

भ्रष्चारी मुरदाबाद