सीतारामको ई-मेल छोरालाई
##################################
आर. बजगाई (ई-मेलबाट प्राप्त)
##################################
प्यारो बृजेश, कस्तो छ तिमिलाई अहिले? नर्वेमा त अहिले हावा-हुरी निक्कै चल्दो होला हगी। खैर, त्यहाँ जे-सुकै भएपनि यहाँ चाँही ठुलो हो-हल्ला चलिरहेको छ। तैले पनि ठाँउ-ठाँउमा लेख्दै-पढने गरेकै कुरा त हो नी। अहिले आएर साँच्चिकै गार्हो जस्तो लाग्न थाल्यो मलाई। मैले परारै छोडछु भनेको हो, तर के गर्नु सुरेशजीले मान्नु भएन। म भएन भने उहाँलाई चलाउन गार्हो हुन्छ भन्न थाल्नु भो, अनि मैले नै निरन्तरता दिनुपर्यो। त्यो बेला देखि भद्रमानजी पनि त्यति राम्रो काम गर्नु हुन्न। मैले छोडनु अगाडी, सबैतिर उहाँको (भद्रमानजीको) नाम अगाडी सार्नु हुन्नथियो भन्नु हुन्छ उहाँ। "छोडने भए खुरुक्क छोडने, अनि कुरा गर्ने गर्नु पर्छ, तर तपाँईले मलाई अगाडी सारेर, अरुबाट विरोध गराएर आफैलाई निर्विकल्प बनाउने षडयन्त्र गर्नु भो तपाँइले" भनेर जँगिनु भा' थियो वर्ष दिन अगाडी। तर पनि, उहाँलाई ठामठुम गर्न समय-समयमा निमित्त रजिष्ट्रार पनि बनाउँदै आएको हो। के गर्ने, यसपाली डा. बोरिसलाई जबर्जस्ती निकालेर रजिष्ट्रारकै कुर्सीलाई बदनाम गर्नु भो, भद्रमानजीले । उहाँले मैले कुर्सी नछोडेको ठुलो बदला लिनु भो जस्तो मलाई लाग्छ । भद्रमानजीको काम गर्ने र कुरा गर्ने ढँग छैन भनेर तैँले सँधै भन्दै आएको थिइस, यसपाली त म पनि कन्भिन्स भा'छु । तै पनि केही समयलाई हामी मिलेरै जानु पर्छ, त्यसैले भद्रमानजीको त्यति विरोध नगर है।
अर्को तिर पुष्पजीको भूमिका पनि मलाई एकदम शँकास्पद लाग्यो। तँलाई त थाहा भएकै कुरा त हो नी, मलाई नै हटाउन भनेर काफ्लेजीसँग मिलेर पुष्पजी आफै प्रधानमन्त्री कार्यालयसम्म धर्ना दिन पुग्न भा' थ्यो। खैर काफ्लेजीलाई एकलाउने शर्तमा हामीले काफ्लेजीकै कुर्सी पुष्पजीलाई दिएपछि त पुष्पजीले हामी प्रती अलिक वफादारी देखाउनु पर्ने हो। तर,डा. बोरिसलाई निकाल्ने कुरामा भद्रमानजीलाई साथ दिएर पुष्पजी र भद्रमानजी आफै रजीष्ट्रार र भीसी त हुन लागेको होइन भन्ने शँका पनि आएको छ। सुरेशजी र मुकुन्दले पनि शँका उठाँउदै हुनुहुन्थ्यो । के गर्ने तँ पनि यहाँ छैनस। यहाँ भा'को भए पनि धुलिखेल लजमा लगेर राती-राती टन्न जाँड ख्वाएर, दिँउसो-दिँउसो चाँही, यो एक नँबरको जँड्याहा भनेर अली प्रचार गर्न पा'को भए त पुष्पजीले पनि रजिष्ट्रार हुने काम गर्दैन थ्यो की? जे होस, तैँले गर्या काममा चाँही यो एउटालाई म एकदम राम्रो मान्छु । तँ, नभेन्द्र, र कुमार सँगै बेकरीमा जाँड खाँदै, पुष्पराज भन्या त जँड्याहा हो भनेर अरु नयाँ टिचरहरुमा प्रचार गर्ने गरेकै कारण पुष्पजी अहिले हामीसँग डराएर आउनु भा' हो। अब, तैँले यो प्रचार साइबर सँसारमा पनि गरिछस भन्ने सुन्दा खुब खुसी लाग्यो । तेरो बाउ भएकोमा एकदम घमन्ड पनि गरेको थिएँ मैले।
अहिले काफ्लेजी चाँहि अमेरीका गा छ। भन्नलाई त खै के कामको लागी गा को हो भन्थ्यो। तर, हामीले ब्यापक रुपमा तर्साए पछि काफ्लेजी अमेरीका गा हो। यो तर्साउने काममा जलनजीले धेरै राम्रो भूमिका खेल्नु भो। हुन त का.वि. भित्रै गुन्डागर्दी नगर्नुस भनेका थियौँ, तर जलनजी पनि नाम अनुसारको हुनुहुन्छ। का.वि.मै काफ्लेजीलाई ठिक गरिदिनु भो। यो कुपाले पनि केही गर्न सकेन। जलनजीले यस्तो गर्दा कुपाले जलनजीको शरिरमा मल्हम लगाउने ठाँउमात्र राख्ला भनेर सोचेका थियौँ, तर एउटा सानो वक्तब्य मात्र निकाल्यो। उता जलनजीले फेरी टाउको खान थाल्या छ। काफ्लेजीलाई थर्काए पछि, काफ्लेजीको प्रोफेसर पद मलाई दिनु पर्छ भन्दै बार्गेनिङ गर्दै छ। सुरेशजीले पनि यसो याद गर्नु भन्दै थियो के गर्ने? उता तेरा काकाहरु पनि ल स्कुल खोल भन्दैछन। अब सबलाई प्रोफेशर बनाँउदै जाने हो भने त विरोधिहरुले के भन्ने हुन थाहा नै छैन। हुन पनि सुरेशजीले आफ्ना नातागोता एकदम हुलिसक्या छ। मुकुन्दलाई नै पनि एक्जीक्युटिव ब्याण्डमा लानु हुँदैन भन्दा खेरी सुरेशजी मान्नु भएन। उता, छोरीलाई पनि हाकीमै बनाउन पर्छ भन्नु हुन्छ के गर्नु। तर पनि दवाडीजी सँग राम्रो सम्बन्ध छ र हाम्रो लेन-देन पनि राम्रै चलिराखेको कारण छोरीलाई चाँहि केहि नभनौ।
अस्ती मात्र हामीले केहि मास्टरहरुलाई निकालेका थियौँ। कुपाको मान्छेहरुले एकदम टेन्सन दियो। सब मास्टरहरुले मलाई घेरेर, मेरो त ब्लड प्रेशर नै हाई भो। फेरी भनेको बेलामा आफ्ना मान्छेहरु पनि अगाडी नहुने रहेछ। नभेन्द्र र कुमार चाँहि अधील्लो दिन राती टन्न जाँड धोकेर, त्यो दिन ज्वरो आ'छ भन्दै बिदामा बस्यो। उमेश चाँहि चिया खान निस्केको रहेछ। देवराजलाई भएपनि कन्ट्याक्ट गरुँ भनेको, लाईब्रेरीबाट क्वार्टरमा गा'छ भन्यो। आफ्ना मान्छे कोही नहँुदा,हामीले धुलीखेलका हाम्रा शुभचिन्त्कहरुलाई प्रयोग गर्ने मौका नै पाएनौँ । धुलीखेलका लोकल मित्रहरुलाई प्रयोग मात्र गर्न पाएको भए पनि, त्यो दिन मास्टरहरुका पाइन झारिन्थ्यो। तर, के गर्ने उल्टै मास्टरहरुले गेट बन्द गिरदिए, नत्र आफै गाडी हाँक्दै भागूँ की जस्तो पनि लाग्या थ्यो। कतै बाट साथ नपाईएकोले त्यो दिन दर्ता चलानी नै च्यात्ने काम गर्न पुगेँ। यसले कुपाका मान्छेहरु एकदम हौशिएका छन भन्छन सबजना। तर, तैँले पीर नमान्नु, यस्तै दिनका लागी चाहिन्छ भनेर पैसाको चाँजो-पाँजो हामीले मिलाउँदै आएको हो । हाम्रो विरोधमा उठने स्वरहरुलाई दबाउन पैसाको खोलो बगाउन पनि यो तेरो बाउ तयार छ। त्यसैले, तँ, त्यहाँ राम्रो सँग पढनु। मलाई त अरु भन्दा नी तैँले धेरै चिन्ता लेलास र पुरानो त्यो खाने बानी शुरु गर्लास भन्ने डर लाग्या छ। त्यसै त मान्छेले तँलाई केयुको 'पारस' भन्छ, जथाभावी कालो पदार्थ खाने नगर । राम्ररी पढेस है!
तिमिलाई माया गर्ने
सीताराम
रजिष्ट्रार

####################################################
लेखकलाई निम्न ई-मेलमा सम्पर्क गर्न सकिन्छ:rbuzzgain@yahoo.com ####################################################
1 comment:
If the revolution in KU spreads to KUMS, this letter is a reminder of what Dr. Chet Raj Pant's son might expect from his dad. Similarly, scores of followers of Dr. Ram Kantha and Dr. Nastu Sharma who were sent for postgraduate studies might receive similar letters. Because Dr. Ram Kantha Makaju and Dr. Nastu Sharma have sent so many of their followers illegitimately, these people will be diehard supporters and always support nepotism and corruption in KUMS and KUTH. KUPA also needs to recruit more members from KUMS and KUTH because so much of student's fees have been diverted to KUMS and KUTH.
Post a Comment