Wednesday, August 02, 2006

सीतारामको ई-मेल छोरालाई -३

प्रिय बृजेश,

तिमिलाई कस्तो छ। केही दिन यता ब्लगस्पटमा हाम्रो ब्यक्तिगत पत्राचारका कुराहरु प्रकाशीत हुन थालेछ भन्ने कुराले म एकदम तनावमा छु । हाम्रो दुश्मन हाम्रै बिचमा त छैन? यो कुराले मलाई एकदम पिरोल्न थालेको छ । अफिसमा पनि सबैलाई गाली गरिसक्या छु मैले मेरो कागजहरु नहेर्नु भन्दै । तर पनि लिकेज चाँहि कायमै रहेको देख्दा एउटा कार्यदल नै गठन गर्ने हो की जस्तो पनि लाग्या छ । खासमा नयाँ कुरा केही छैन। हाम्रो त्यो पुरानो चालबाजीकै कुरा मात्र हो । पुरानो रक्सीलाई नयाँ बोतलमा हाले जस्तै हामीले यो प्रोवीजनल एडमिसनको प्रावधान ल्याएका हौँ । का.वि.मा विध्यार्थीहरु साँच्चिकै आउन कम हुन थाल्यो भन्ने देखाउन र यो सब कुपाको दुष्प्रचारको कारण हो भन्ने प्रमाणित गर्न मैले यो प्रोविजनल एडमिसनको कुरा ल्याएको हुँ । यसले हामीले कुपालाई का.वि.लाई बदनाम गर्ने अभियोगमा फसाएर सदाको लागी टाउको उठाउन नसक्ने बनाउन लागेका हौँ ।

यसमा भद्रमानजी, पुष्पजी लगायतका सबले धेरै साथ दिएका छन । पुष्पजीले त झन एक कदम अगाडी बढेर "भोली बिघ्यार्थिहरु आएनन भने, के खाने हो? भन्दै मास्टरहरुलाई गाली गर्न थाल्नु भा' छ । मास्टरहरु पनि ज्याद्रो छन, केही बोल्दैनन भन्थे पुष्पजीले । "विध्यार्थिहरु आएनन भने बल्ल-बल्ल पा'को डिनको कुर्सी जाला है !पुष्पजी" भन्दै मैले पनि पुष्पजीलाई भनिदिएको छु । यै कुरा सुरेशजीले मलाई पनि भन्नु भो र मैले सुरेशजीलाई पनि यै कुरा भनेको छु । पहिले कुन बेला बि.पि.कोइरालाले राजा महेन्द्रलाई भन्थे रे "महाराज म त किसानको छोरो देशनै नरहे पनि, किसानीनै गर्छु र पेट पाल्छु तर हजुर चाँही कुन देशको राजा हुने?"यसलाई मनन गर्ने हो भने, का.वि.माविध्यार्थि नआउँदा ठूलो चोट हामीलाई नै पर्नेछ भन्नेमा कुनै शँका छैन । किनभने, मास्टरहरु त अन्त गएर पनि मास्टरी गर्लान । तर, हामीले कहाँ गएर रजिष्ट्रार र भीसि हुने? जब-जब यो कुरा दिमागमा आउँछ, तब-तब हाम्रा आफ्ना डर, कुन्ठा र अप्ठेराहरु मास्टरहरुका टाउकोमा राख्न हामीले यसो भन्ने गरेका हौँ भन्ने त अब तैँले बुझिस होला नी । यसको दुईटा फाइदा छ; पहिलो यस्ता कुराले सीधै केयुका मास्टरहरुलाई सँाच्चिकै निकम्मा र कतै बिक्न नसक्ने मान्छेको दाँजोमा हामीले राख्न सकेका छौँ भने, दोस्रो फाईदा चाँही मास्टरहरुलाई हामीले गर्ने जस्तै राजनीति गर्न नदिएर सदाका लागी भिसी र रजिष्ट्रार बनिरहने छौँ । त्यसैले, तैँले जति गाली गरे पनि, पुष्पजी चाँहि हाम्रै मान्छे हो जस्तो लाग्न थाल्या छन अहिले मलाई । हुनपनि ठ्याम्मै मेरै चरित्रको हुनुहुन्छ उहाँ । अरुका काँधमा बन्दुक राखेर हान्ने, पद र कूर्सी भने पछि भुतुक्कै हुने, आफ्नो कुरालाई कुनै हालतमा पनि काटन हुँदैन भन्ने र यसो कमिसन-समिसनमा पनि रुचि राख्ने उहाँको बानी हाम्रा बानीहरु भन्दा फरक छैनन ।

उता अहिले भद्रमानजीले टाउको खान थाल्नु भा'को छ । कुरो अरु त होईन, तैँले उहाँको उत्तराधिकारीलाई उता नर्वेमा बोलाईनस भन्ने रहेछ । अबमनिशकै पालो नआईकन डेनीयलजी कसरी जाने भनेर मैले भन्दै थिऐँ, मनिश टुप्लुक्क देखा पर्यो । अनि मनिशले पनि मेरै कुरा समातेर मलाई हान्नथाल्यो। "होईन सर पालो आउने भए त मलाई पनि "केयुको पारस" भनेर पहिले भन्नु पर्थ्यो किन भनेनन अहिले सम्म केयुका जनताले," भन्दै भत्भताउन थाल्यो । अनि मैले होईन मनिशजी यो एनटिएनयुमा पि.एच.डी.को पालोको कुरा गरेको हुँ भन्दा अलि कुल भा' जस्तो लाग्थयो । तर, एकैछिनमा मेरो कोठाबाट निस्केर सुरेशजीकोमा बम्कँदै पसेछ । म भीसीको छोरा जस्तो भान्जालाई "केयुको पारस" नभन्ने "रजिष्ट्रारको छोरा"लाई चाहिँ भन्ने भन्दै सुरेशजी सँग रन्किन थालेछ । अब त हाम्रै नातागोतामा पनि टेन्सन हुन थाल्यो। सुरेशजी र हाम्रो यस्तो राम्रो सुमधुर सम्बन्ध तिमीहरुका पुस्ताका कारण बिग्रन नदिन हामी कटिबद्ध छौँ र यसैले हामीले "केयुको पारस"को रुपमा क्रमबद्ध श्रेणी विभाजन गर्ने वाला छौँ । तर यसले तँलाई चाँहि खासै फरक पार्ने वाला छैन । किनभने नयाँ श्रेणी विभाजनमा पनि तँ पहिलो नँबरको "केयुको पारस"मा रहनेछस र त्यसपछी मनिश, डेनियल र शरदको पालो आउँछ ।बुझ्नको लागी सबैले "पारस एक," "पारस दुई," "पारस तिन," भन्दै बुझ्नु पर्छ । सुरेशजी, मेरो र भद्रमानजीको ब्यापक छलफल पछि हामी यो निष्कर्षमा पुगेका हौँ । तर, यो निष्कर्षमा हिजोको मन्त्रीपरिषदको निर्णयले भाँजो हाल्ने त होईन जस्तो पनि लागेको छ । छोरीले पनि उत्तराधिकारी पाउने कुराले सुरेशजीको छोरीले केही भन्लीन जस्तो पनि लाग्या छ । अहिले सम्म त केहि भनेकी छैनन, तर के थाहा उता दवाडीजी मार्फत दवाव दिने हो की? दवाडीजीको दवाव चाँही हाम्रा लागी अलि थाम्न गार्है हुन्छ किनभने यो हाम्रो लेन-देन सँग सम्बन्धित कुरा हो । जे भए पनि अहिलेसम्म कुरा ठीक्कै छ र तेरो पोजिशनमा खास परिवर्तन आउने छैन र तेरो पोजिशनलाई कायम राख्नका लागी म हरेक गोटी चाल्न तयार छु ।

मैले मास्टरहरुलाई आन्तरिक रुपमा तह लगाउने बन्दोबस्त गरेको कुराबाट सुरेशजी एकदम प्रभावीत हुनु भा छ । यि मास्टरहुलाई दुबैतिरबाट पेल्नु पर्छ भन्ने सोचमा सुरेशजी हुनुहुन्छ । त्यसैले बाहिरि रुपमा वर्तमान म्यानेजमेन्टको सपोर्टमा अहिले बेल प्रसाद श्रेष्ठजी स्वयम बोल्न थाल्नु भएको छ । अनुगमन समितिबाट हटे पश्चात र राजको सक्रिय शासन गएपछी मैले बोल्न पाँउदिन की भन्ठानेको थिएँ, अब सुरेशजी र सीतारामजीका कृपाले मैले पनि बोल्न पाउने भएँ भनेर मख्ख पर्नु भो बेलप्रसादजी । बोल्ने उहाँको शैली हाम्रो शैली भन्दा अलि फरक रहेछ । बोल्नु भन्दा अगाडी पत्रकारलाई टन्न ख्वाउने र पिलाउने उहाँहरुको राम्रो सँस्कार रहेछ । धुलिखेलमा पर्यटन किन फस्टायो भन्ने कुरा अस्ती बेल प्रसादजीले बोल्दा खेरी थाहा पाएको हो । टन्न सत्कार गरेपछि पत्रकारहरुले लेख्ने मात्र होईन प्रश्ननै हामीसँग लिने गर्दो रहेछ । अब हामीले दिएका प्रश्नको जवाफ दिन हामीलाई के गार्हो हुने हो । झन सुरेशजी पनि नजिकै बस्दा खेरी त पत्रकारहरुले आफ्ना सन्तानका लागी एडमीसन पक्का हुने हो भन्ने सोच्दै राम्रा-राम्रा कुराहरु मात्र सोध्ने रहेछन । एडमिसनका लागी धाउने पत्रकारहरुका कारण हाम्रो मिडियामा प्रवेश एकदम सजिलो भा'छ । टँक ढकाल र श्रीस शम्शेरका मोडेल फलो गर्दै हामीले पनि टन्न हुन्डी बाँडेर भएपनि हाम्रा विरुद्धका प्रचारहरुलाई निस्तेज पार्नेछौँ । जे होस एउटै चरित्रका ब्यक्तीहरुका काम गराई पनि एउटै हुन्छ भन्थे, त्यो चाँही हामीले पनि महशुस गर्दै कृयान्वयन गर्दैछौँ ।

बेल प्रसादजीले पत्रकारहरुलाई सोध्नका लागी दिएका प्रश्नहरु सुरेशजी र मेरो सर-सल्लाहमा तयार भएको हो । यस्मा का.वि.ले गर्दा नै धुलिखेल क्षेत्रको विकाश भा'को हो, का.वि. वरपर र टाढा-टाढा पनि सबका घरको डेराभाडा पनि निक्कै बढेको पुगेको हो र धुलिखेलका जनताको पेटमा लात हान्न कुपाले आन्दोलन गर्दै हामीलाई का.वि.बाट निकाल्न खोजेको कुराहरुलाई हाम्रो दुष्प्रचारको पहिलो बुँदामा राखेका छौँ । धुलिखेलका जनतालाई जागीरमा राख्छु भन्दै उनिहरुका जग्गा लिएपनि, अहिले धुलिखेलबासीहरुले का.वि.मा सेवा प्रवेशका लागी त्यति जोड नदिएको र बेल प्रसादजीले स्पटलाईटमा भन्नु भा'झैँ डेरा भाडा असुल्नमै ब्यस्त रहेकाले नै हामीले डेरा भाडाको कुरा गरेका हौँ। साँच्चिकै भन्ने हो भने, डेरा भाडा बढेकोमा हामी लगायत सबजना मख्ख छन । यसले हाम्रो पनि हाईसन्चो भा'छ आफ्ना नातेदारहरु बाहेक अरु कसैलाई जागीर दिनु नपरेकोमा। अर्को तिर का.वि.ले गर्दा धुलिखेल क्षेत्रका विध्यार्थिहरु पनि बोर्डमा आउन थाल्यो र का.वि.बाट हामी हट्यौँ भने अब बोर्डमा कोही आउँदैन भन्ने कुरालाई दोस्रो बुँदामा राखेका छौँ । का.वि. नभएको भए काभ्रे क्षेत्रमा कोही पनि पढने-लेख्ने हुँदैनन भनेर भन्ने की भनेको थिएँ मैले, तर सुरेशजीले उता बनेपाबाट यो कुराको खन्डन गर्ला भन्नु भो र अहिलेलाई हामी बोर्डमा को आउने-नआउने हाम्रो देन हो भनेर भन्न थालेका छौँ । बेल प्रसादजी जस्ता विशुद्ध मन्डलेलाई यिनै कुराहरुमाथि केन्द्रित रहेरअन्तर्वार्ता दिन लगाँउदै हामीले का.वि.को म्यानेजमेन्ट ठीक हो भनेर स्पटलाईटमा भन्न लगाएका छौँ ।

यहाँ सम्म त बेल प्रसादजी ठिक हुनुहुन्छ । तर, उहाँ पनि हामी जस्तैनातावादी हुनु भा'कोले चाँही भविष्यमा अलि अप्ठेरो पर्लाकी जस्तो मलाई लागेको छ। पहिलो त उहाँले आफु नहुँदा रामकन्ठजीलाई सिनेटमा लान दवाव दिनु भो र रामकन्ठजीलाई आरामका साथ हामीले सिनेटमा शिक्षक प्रतिनिधि बनाएका छौँ । त्यस्तै मेडिकल स्कुल पनि सार भन्नु भो, र हामीले रामकन्ठजीलाई नै जिम्मा लगाएर मेडिकल स्कुल पनि सारिसकेका छौँ । अब, रामकन्ठजीलाई मेडिकलको डिन बनाउनु पर्यो भन्दै कराईरहेका छन । यस्तै पाराले रामकन्ठजीलाई हामीले का.वि.मा हावि गराउने हो भने त मान्छेहरुले तेरो सट्टामा रामकन्ठलाई "केयुको पारस"भन्ला जस्तो लागि सक्यो मलाई । त्यसैले बेल प्रसादजीले हामीलाई जति समर्थन गरे पनि तेरो "केयुको पारस गोटी चाल्नुपर्ला हगी? हुन त, यस्ता शँका र उपशँकाको बानी ठिक त होईन, तर पनि तँ सँग सरसल्लाह गरुँ भनेर यी कुरा लेखेको हुँ । अनि, राम्रो समाचारमा अस्ती देखि पुष्पजीले पनि रक्सी छोडनु भा' छ। तैँले पनि समाचारहरुमा पढेकै होलास नी रक्सीले मानसिक तनाव मात्र होईन, पारिवारिक तनाव पनि बढाउँछ र जस्का कारण आत्माघाती सोच मान्छेमा उब्जन्छ भनेर । शायद हालैका केही घटनाहरुले प्रभावित हुनु भा जस्तो पनि लाग्छ मलाई पुष्पजी । हुन सक्छ पारिवारिक दवावले पनि काम गरेको होला । यस्तै दवाव तँ माथि पनि पर्नसक्छ, त्यसैले त्यो कालो पदार्थको बानी छोडीसक्या हो भने, कुनै हालतमा पनि फेरी शुरु नगर, शुरु गरिसकिस भने तुरुन्त छोडदे । धेरै पैसा खर्च गर्ने मेरो क्षमता छैन । मान्छेहरुले आउने एक-दुई ठाँउमा पनि आँखा लगाउन थालिसक्याछन र पहिलेका दिनमा जस्तैगरि टन्न खान पाउला जस्तो मलाई लाग्दैन । त्यसैले धेरै कालो पदार्थ नखा । राम्ररि पढेस है!

तिमिलाई माया गर्ने
सीताराम
रजिष्ट्रार
################################
लेखकलाई निम्न ई-मेलमा सम्पर्क गर्न सकिन्छ:
################################