Friday, August 25, 2006

आँशिक सफलता

केयुमा नातावाद, कृपावाद र सँदिग्ध कृयाकलापका जननी सुरेश राज शर्मा र सीताराम अधिकारी अन्तत: केयुका न्याय, समानता र प्राज्ञिकता प्रेमी विध्यार्थि, कर्मचारीहरु र शिक्षक-प्राध्यापकका शान्तीपूर्ण आन्दोलनका अगाडी धुँडा टेक्न बाध्य भएका छन । जनआन्दोलन-२ को विरुद्ध राजा ज्ञानेन्दरको आक्रमण शैली पछ्याउँदै केयुको वर्तमान आन्दोलनलाई पनि दबाउने कोशिशमा सुरेश राज शर्मा र सीताराम अधिकारी लागेका थिए । कुपागठनसँग सम्बध्द रहेका लोकप्रिय, समानताप्रेमी प्राध्यापक डा. बोरिस निरौलालाई अत्यन्त अप्राकृतिक, र न्यायको प्राकृतिक सिद्धान्त विपरित जागिरबाट हटाउने, केयुसँग सम्बद्ध वर्षौँ कार्यरत तर प्रशासनद्वारा हठात हटाईएका प्राध्यापकहरु माथि सार्वजनिक रुपमा विज्ञप्ती निकालेर चरित्र हत्या गर्न खोज्ने, भ्रष्टाचारका अभियोगमा अदालत धाईरहेका जलन कुमार जस्ता गुन्डा मार्फत अर्का सँस्थापक प्राध्यापक माथि आक्रमण गराउने, स्वत: प्रमाणित मन्डले बेल प्रसाद जस्ताहरुबाट आफ्नो महिमा गान गराउने, र अन्तमा केही नलागेर खुला रुपमा भ्रष्टाचारको रकमको दुरुपयोग गर्दै अत्यन्त क्षमतावान र कर्मठ कर्मचारीहरु माथि केयु प्राङ्गणमै स्थानिय गुन्डाहरुबाट आक्रमण गराउने जस्ता अत्यन्त घटिया राजनैतिक खेलमा सुरेशराज र सीताराम लागेका थिए । आफु नाँङ्गीदै गएपछि, सुरेश राज र सीतारामले क्रमश: आफ्ना धरातलहरु पनि गुमाउन पुगेका थिए । बुद्धिजिवि, शिक्षाविद,साँसद र राजनेताहरु धेरेलाई म्यानेज गरेका छौँ र हामीलाई कसैले चलाउन सक्दैन भन्ने डीँग हाँक्दै हिँडने सुरेश राज र सीताराम तब घोती न टोपी भएका थिए जब यिनका अमर्यादित र अप्राज्ञिक कृयाकलापका विरुध्द केन्दि्रत कुपाको आन्दोलनप्रति धेरै तप्का र धेरै समूहले मौन समर्थन जनाउन पुगेका थिए । अन्तत: आफ्ना सारा अनैतिक हतियार परास्त भईसकेपछि, सुरेश राज र सीताराम वार्ताको टेबुलमा बस्नका लागी राजी भएका थिए ।

विध्यार्थिहरु बिच को लोकप्रिय र को अलोकप्रिय जस्ता अवैज्ञानिक मापकलाईआधार बनाउँदै, सेवाबाट निकालिएको करिब एक महिनापछि सो को कारण बताउनेहुस्सु शैली पनि सुरेश राज ले अख्तियार नगरेको होईन । केयुकाविध्यार्थिहरुका शैक्षिक पठन-पाठनलाई सँधै बे-वास्ता गर्दै आएका सुरेशराजले यस अवधिमा केयुका विध्यार्थिहरुलाई आफ्नै शिक्षहरुबिरुद्ध उतार्नेप्रयास नगरेको पनि होईन । वक्तब्यबाजी, पर्चावाजी र प्रचारवाजीमा लिप्तसुरेश राजका भनाईमा वास्तवमा कुनै सत्यता थिएन । केयुका विध्यार्थिहरुलाई सक्षम नागरिक बनाउने प्राध्यापकहरुले केयुका विध्यार्थिहरुको नियमतिपठन-पाठनलाई ध्यानमा राखेर नै सुरेश राजको प्रशासन सँग वार्ता गर्नपुगेको थियो । केही साता अघिसम्म कुपा केयुको प्रावधान विपरित छ भन्दै ठाँउ-कुठाँउ फलाक्दै हिँडने सुरेश राज केयुका सातसय विध्यार्थिहुरका साँझ अवेरसम्मको घर्नाका कारण अब आफु नाँगिने भयो भन्ने डरले कुपासँग वार्ताको लागी तयार भएको हो । यस्तै, अत्यन्त क्षमतावान र बौद्धिक कर्मचारीमाथिको हमलापछि केयुका निस्वार्थ र मेहनती कर्मचारीहरुले पनि आन्दोलनको बाटो अख्तियार गर्न पुगेका कारण सुरेश राज शर्मा र सीतारामको नातावादी-कृपावादी वर्तमान प्रशासनले केयुका विध्यार्थि, कर्मचारीहरु र प्राध्यापकहरुका सामुन्ने अहिले झुक्न बाध्य भएको छ ।

आफ्नो कुर्शीलाई कुनै पनि हालतमा बचाउन तयार सुरेश राज अहिले आएर कुपालाई मान्यता दिन तयार रहेको वार्ता बाट खुल्न आएको छ। केयुको वर्तमान प्रावधानमा परिवर्तन गरेर मात्र कुपालाई मान्यता दिने भन्ने केयुप्रशासनको भनाई आफैमा विरोधाभासपूर्ण छ । नेपाल सरकारको निती-नियमअन्तर्गत दर्ता भएको सँस्थालाई मान्यता दिनु नेपालको प्रत्येक सँस्थाको दायित्व हो। त्यसमा पनि सँगठानिक अधिकार जस्ता अक्षुण्ण विषयवस्तुलाई अझै केयुको प्रावधानमा परिवर्तन गर्नु पर्छ भन्नु केयुको प्रावधानको अपब्याख्या हो भन्ने हाम्रो ठहर छ। केयुमा शिक्षक प्रतिनिधिहरु एक्ज्युक्युटिभ कमिटि र सिनेटमा कुपा मार्फत अबदेखि छनौट गर्ने केयु प्रशासनको सहमतिलाई कुपाले दरिलो सँयन्त्रको विकास गरेर कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । आफ्ना विरोधिहरुलाई फुटाउने र फुटेर आउने पदलोलुपहुरलाई आफ्नो एस-मेनको रुपमा सिनेट तथा एक्जीक्युटिव कमिटिमा लाने शैली सुरेश राज र सीतारामले पुष्पराजजस्ता भाटहरुलाई टुक्र्याएर नै प्रकट गरिसकेका छन । तसर्थ, सुरेश राज र सीतारामका विगतका नाटक र जोडतोडको राजनितीलाई हेर्ने हो भने कुपाले एउटा दरिलो सँयन्त्रको विकासगर्नु आवश्यक देखिन्छ ।

केयु सिनेटमा विध्यार्थि प्रतिनिधी हुनु, शिक्षकप्रतिनिधि हुनु तर अन्य कर्मचारीका प्रतिनिधि नहुनु समावेशीकरणको सिद्धान्त विपरित देखीन्छ । तसर्थ, यस्ता असमान प्रावधानहरुलाई हटाउन कुपाले, कुसा सँग समन्वय गर्दै केयुका वर्तमान वैधानिक प्रावधानहरुलाई सँशोधन गरे पश्चात मात्र कुपा मार्फत प्रतिनिधित्वको लागी कदम चाल्नुउपयुक्त हुनेछ । यस्तै कुपाबाट प्रतिनिधित्व हुने सँख्यापनि बढाउनु जरुरी देखिन्छ । यस सम्बन्धमा कुपामा ब्यापक छलफल पछि कुपाले आगामी कदम चाल्नु सामयिक हुनेछ। सात वर्षे प्रावधान गलत हो र यसले केय बाट राम्रा शिक्षकहरु पलायन हुने सँभावना देखाउँछ । यदि सात वर्षे प्रावधान केयुमा राख्ने हो भने,सम्पूर्ण शिक्षकहरुले क्वालिटि अपडेट गर्ने समान अवसर पाउनु पर्दछ। सातवर्षे प्रावधानको विकल्पमा अरु कुनै यस्तै शिक्षक र प्राध्यापक विरोधि प्रावधान त आउने होईन? यो सम्बन्धमा पनि कुपा र कुसा दुबै चनाखो रहनु अहिलेको आवश्यकता हो ।

वार्ताका यी सफलताहरु पूर्ण होईनन्न जबसम्म डा.बोरीस निरौलालाई स-सम्मान पुनर्बहाली गरिन्न। तसर्थ, डा. बोरिस निरौलाको ससम्मान पुन्रबहाली र सार्वजनिक रुपमा उहाँ प्रति प्रकट दुर्वचनहरु सुरेशराज शर्माले फिर्ता लिनु पर्ने हाम्रो ठहर छ । कुपाको वर्तमान आन्दोलनलाई हाँक्नु हुने प्रमुख सारथिहरु डा. समीर मणी दिक्षित, डा. राम प्रसादलगायत कुपा र कुसाका महानुभावहरु प्रशँसाका हकदार हुन। यस्तै वर्तमान आन्दोलनमा प्राध्यापक वर्ग प्रति आफ्नो समर्थन जनाउने केयुका विध्यार्थिहरुले आफुहरुलाई पुन: एकपटक अत्यन्त जिम्मेवार मेधावी विध्यार्थिका रुपमा उभ्याउन पुगेका छन । युवा पुस्ताले यसै तवरले नातावाद र कृपावादको विरोध गर्दै जाने हो भने केयु मात्र होईन नेपालबाट नातावादी, कृपावादी, र भ्रष्टाचारीहरु लेखिटिने छन। यही ध्रुवसत्य हो । अन्तमा; कुपालाई डा. बोरिस तथा केयुबाट सात वर्षे निती अन्त्रगत हटाईएका प्राध्यापकहरुका स-सम्मान पुनर्वहालीको दवाव दिनु पर्ने शर्त सहित हार्दिक बधाई।

No comments: