लोकतान्त्रिक विजय
केयु सँवाददाता (आश्विन, ३) : प्रशासनको आर्थिक आडमा पनि सुरेश राज शर्माले आफु निकटका विध्यार्थिहरुलाई केयुको विध्यार्थि सँगठनको चुनावमा विजयी गराउन सकेनन । ईन्जिनियरिङ्गका निमित्त डिन भोला थापाको सकृयतामा सुरेश राज र सीतारामको भ्रष्ट गुटले केयु भित्र आफ्नो वर्चश्व कायम राख्नका लागी विध्यार्थिहरुलाई नै एक आपसमा लडाउने, नैतिकवान प्राध्यापकहरु विरुद्ध उचाल्ने यावत कृयाकलापहरुका साथसाथै आज सम्पन्न चुनावमा सकुन्जेल आफ्ना भनाईहरु मान्ने र सुरेश राजको भ्रष्टाचारी, नातावादी समूहको पृष्ठपोषण गर्ने समूहलाई जिताउन भरमार प्रयास गरेका थिए । केयुको स्टुडेन्ट्स वेलफेयर काउन्सिलमा अध्यक्ष लगायत अन्य पदको चुनाव विभिन्न कक्षाबाट चुनिएका क्लास रिप्रिजेन्टेटिभहरुबाट हुने परिपाटि रहेको छ । यसै मेसोमा लगभग दुई हप्ता अगावै देखि भोला "हनुमान" थापा विध्यार्थिहरुबिच जोडतोडका राजनितिका लागी खुला रुपमा मैदानमा उतिरएका थिए ।
करिव छ वर्ष अगाडी अत्यन्त सक्रियताका साथ सञ्चालनमा रहेको तत्कालीन विध्यार्थि सँगठनलाई आफ्नो प्रतिवेदन मार्फत धराशायि बनाउने भोला थापा अहिले स्वयम सो सँगठन भित्रका विध्यार्थिहरुलाई पुन: फुटाउनमा लाग्नुका पछाडी सुरेश राजले केयुमा आफ्नो कुर्सी बचाउनका लागी मच्चाउन लागेको उपद्रवकै पाटो हो भन्ने धारणा पर्यवेक्षकहरुको रहेको छ । सुरेश राजको निर्देशनमा केयु प्रशासनले पैसाको खोलो बगाउँदा पनि आफ्ना भरौटेहरुलाई जिताउन नसक्नुले केयुका छात्र-छात्राहरु आफ्ना हक-अधिकार प्रती अत्यन्त जिम्मेवार रहेको देखिन्छ । यस लोकतान्त्रिक चुनावमा विजयि हुनु भएका बिमल बाबु लगायत अन्य सम्पूर्ण चेतनशिल विध्यार्थिहरुलाई बल्ग म्यानेजमेन्ट कमिटिको हार्दिक बधाई तथा शुभकामना ।

No comments:
Post a Comment