Corruption in KU-2:फेरी भद्रमानजीको तलब
पहिलो भागमा हामीले भद्रमानजीको तलब यस ब्लगमा राख्दा ब्यापक प्रतिकृया उत्पन्न भएको थियो । भद्रमानजीको लागी केयु नै बाबु हो, केयु नै आमा हो र भद्रमानजीले जति तलब लिए पनि कम हुन्छ भन्दै हाम्रा केही मित्रहरुले फलाक्नु भएको थियो। यस्तै, केयुमा पनि आफु रेेड-ह्यान्डेड समातिएकै कारणले होला, तलब सँबन्धी विवरणलाई सकुन्जेल गोप्य राख्ने प्रयास गरिएको थियो। सँस्थागत मान्यतालाई अत्यन्त भावुक हुँदै जति लिए पनि हुन्छ भन्ने जस्ता तर्कहरु भावनाका परिणतीमात्र हुन र त्यो भन्दा अन्यथा केही होईन। केयुमा भद्रमानजी मात्र सक्षम र अरु सब असक्षम भन्ने छैन। शारीरिक कृयाशीलताका हिसाबले भन्ने हो भने केयुका तल्लो तहका कर्मचारी, ल्याब ब्वाई जति कृयाशील अरु कोही छैन र यसलाई मापक मान्ने हो भने, उनिहरुले पनि कम्तीमा पाँच अँकको तलब पाउनु पर्ने हो। मानसीक कृयाशीलताका हिसाबले भन्ने हो भने सुरेश राजलाई अपरिहार्य ठान्ने दास मनोवृतिका प्राध्यापक लगायत अधिकाँश शिक्षक र कर्मचारीहरु पनि भद्रमानजी भन्दा कम छैनन। यसका वावजुद पनि भद्रमानजीले खुलेआम केयुको दु:खजिलो गरेर सन्चित धनमा लुट मच्चाउँदै आउनु भएको छ।
यदि भद्रमानजी पूर्ण रुपमा शिक्षण र अनुसन्धानमा मात्र कार्यरत रहेको हो भने, सो कामका लागी उहाँले ग्रेडका साथ-साथ तलब पनि पाउनु भएको छ । तर, होईन उहाँ परिक्षा नियन्त्रकका रुपमा मात्र अहोरात्र खटनु भएको छ भने उहाँले परिक्षा नियन्त्रकको मात्र तलब पाउनु पर्ने हो। हाम्रा भद्रमानजी अवश्यपनि सुपरम्यान हुनु हुन्न किन उहाँले कक्षा पनि लिने, रिसर्च पनि गर्ने र परिक्षा नियन्त्रकको काम पनि भ्याउने गर्न सक्नु भएको छैन। उहाँको यस दोहरो तलबले स्पष्ट रुपमा उहाँले कतै ठगी गरिरहेको देखाउँछ। अब हाम्रो प्रश्न सुरेशराजलाई के यो ठगी सुरेशराजको सँलग्नतामा र स्विकृतिमा भएको हो कि होईन? यस किसिमको दोहरो तलब लिने प्रवृतीलाई सुरेश राजको साधुत्व के भन्छ? हामी जानकारी चाहन्छौँ। तर, हामी यसलाई केयुमा झ्याँगिदै गएको भ्रष्टाचारका रुपमा लिन्छौँ।
-----------------------------------------------------
Salary for the month of Aswin, 2063
-----------------------------------------------------
Name = Dr. Bhadra Man Tuladhar
EMAIL = dean_sci@ku.edu.np
Designation = Exam Controller
Appointment Date =
Salary = 20040
Grade Year = 3
Rate = 500
Total Grade = 1500
Total Salary = 21540
Dearness Allowance (A) = 9356
Other Allowance (B) = 0
DA (Days) = 24
DA/day = 495
Total DA (C) = 11880
Total Allowance (A+B+C) = 21236
PF = 2154
Dashain Allowance = 0
Less Med Insurance = 250
Less Advance = 0
Less HR = 0
Less -Electricity = 0
Less -Phone = 0
NLK = 0
Add Exam = 25946
Less Tax = 7761
Grand Total = 58557
Grand Total1 = 58557
F29 =
No comments:
Post a Comment