Tuesday, February 20, 2007

निरिह प्राज्ञिकता र नातावादी सुरेश राज

नेपालमा यतिखेर सबैभन्दा उत्पीडित र शोषित भएर बाँचेको कुनै वर्ग वा समूह छ भने त्यो काठमाडौँ विश्वविध्यालयको प्राज्ञिकतासँग सँबध्दहरु नै हुन । एकातिर सुरेश राज र तीनका गुटका गुन्डागर्दि, बदनाम गर्ने घम्की र गालीगलौज त अर्कोतिर केयुको प्राज्ञिक शालिनतालाई जोगाईराख्नु पर्ने बाध्यता । प्राज्ञिकताका विरोधीहरुले प्राज्ञिक मर्यादा र शिक्षक/कर्मचारीहरुलाई लाई समान रुपमा प्हार गर्ने गरेकै छन् भने सुरेश राज र सीतारामका नातेदारहरु भने केयु आन्दोलनलाई उचाईमा पुर्याउनेहरु सबैलाई सत्तोसराप गरिरहेका छन् । यसबाट सबैभन्दा आलोचनाको पात्र यो ब्लग र यसमा सँबध्द उच्च प्राज्ञिक मर्यादाका समर्थकहरु भएका छन ।

सिन्धुलीका सुरेश राज शर्माले विभिन्न औपचारिक/अनौपचारिक जमघटमा भनेका छन - प्राज्ञिक उत्कृष्टताका सबभन्दा ठूला विरोधीहरु अन्त क्याम्पसमा पढाउने र केयुमा काम नगर्नेहरु हुन् । तर, अरु नेपालका छोरा-छोरीहरुले यति धेरै शोषण र पीडा केयुलाई दिएको छैनन, जति यीनका आफ्नै नातेदारहरुले दिएका छन । सुरेश राजको आशय के थियो, बुझ्न सकिएन । तर धेरै मानिसहरु आजभोलि जानेर वा नजानेर केयुमा प्राज्ञिकताका कुरा गर्न थालेका छन र केयुका समस्याहरु ब्लगमार्फत बाहिर आउँदा प्राज्ञिकतामाथि प्रहार हो भन्न थालेका छन ।


सुरेश राजका गुटले भ्रष्टाचार देखि अनेकौँ अनियमितता गर्दा प्रहार नहुने, हामीले विरोध गर्दा प्रहार हुने? कस्तो मापदन्ड हो यो?


सुरेश राज र यीनका गुटले सीधै दलितका छोरालाई "बदनाम गर्छु" भन्ने धम्की दिँदै झुनड्ीन बाध्य गर्दा प्राज्ञिकता कहाँ गईरहेको थियो?


सुरेश राजले अख्तियार धाईरहेका भ्रष्टाचारीका माध्यमबाट प्रा.डा. सुरेन्द्र राज काफ्ले माथि हमला गराँउदा केयुको प्राज्ञिकताले के हेरिरहेको थियो?


सुरेश राजका गुन्डाहरुले दण्डपाणिजी माथि साँघातिक हमला गराउँदा कहाँ हुनुहुन्थ्यो प्राज्ञिकताका वकिलहरु?


राजाको हातबाट प्राध्यापक पद थाप्ने सुरेशराजहरु अहिले अब्बल दर्जाका प्राज्ञिकताका समर्थक बनेका छन् । केयुमा अहिले सक्ुल, विभाग, र प्रयोगशालामा चर्चाको विषय भएको छ प्राज्ञिकता । अरु त अरु पारिवारिक सिद्धान्तलाई भजाएर केयु प्रवेश गर्न सफल नातेदारहरु पनि प्राज्ञिकताका सँबन्धमा ठूला-ठूला भाषण छाटदै छन । प्राज्ञिकताको कुरा गर्दा नातावाद र भ्रष्टाचार सबैको निशानामा हुनु पर्ने हो । जुनसुकै तप्काले कुरा गर्दा पनि नातावाद र भर्षटाचारले झेलिएको केयुमा प्राज्ञिकताको अन्त्य सुरेश राजको कू-कर्मले भईसकेको ठोकुवा हुन पर्ने हो । उदेकलाग्दो कुरा के छ भने कतिपय प्राज्ञिकताका प्रख्यात समर्थकहरु समेत प्राज्ञिकताको अन्तय सुरेश राजले गरेको हो भन्ने वक्तव्य समेत दिन तयार हुन्नन । उहाँहरु प्राज्ञिकतालाई सुरेश राजको नातावादी संस्कारसँग जोडदा भोली आफ्नो पदोन्नती देखी लिएर अन्य अवसरहरुलाई सुरेश राजको सँयन्त्रले घरापमा पार्ने हो कि भन्ने शायद वक्तव्य नदिएर बस्नु भएको हो । यसो हो भने, हामीले मान्नु पर्छ अब केयुमा सुरेश राजको नातावादको मुख्य पृष्ठपोषकमा यस्ता बाहिर-बाहिर शालीन र भित्र-भित्र विकृत स्वच्छ छविहरु पनि हुनुहुन्छ । केयुको प्राज्ञिकताको मुख्य विनाशक को हो र यसको अन्त्य कसरी भयो भन्ने बारे हामीले धेरै चर्चा र बहस गरिसकेका छौँ । हाम्रा भनाईहरुमा रहेका सत्यतालाई समातेर सुरेश राजलाई सकुन्जेल छिटो पदबाट हटाउन लागीपर्नु सट्टा बरु उल्टो हाम्रै विरोध गर्नेहरुलाई हामीले सुरेश राजकै अदृश्य समर्थका रुपमा ग्रहण गरेका छौँ र अन्य मित्रहरुलाई पनि यस सँबन्धमा कुनै भ्रम नपाल्न अनुरोध गर्दछौँ ।


केयु आन्दोलनमा अधिकाँश शिक्षक/कर्मचारीहरु सामेल भएपछि केयु अहिले वैचारिक रुपमा बदलिँदो अवस्था छ । आन्दोलनसँगै केयुको चाल, चरित्र र चलनमा परिवर्तन आउन नसक्नुको पछाडी सुरेश राज र यीनका खतरनाक, षडयन्त्रकारी गुट अहिले पनि पदमा कायमै रहनु हो । हाम्रा हरेक विरोधमा सबैभन्दा बढी उठाइने विषय सुरेशराजको बहिर्गमन हुने गर्छ । तरपनि सुरेश राजलाई निष्काशन गर्न हामीले सकेका छैनौँ । संसदका सदस्यहरु देखि लिएर सर्वशक्तिमान प्रधानमन्त्रि समेतलाई वर्तमान सँक्रमणकालीन अवश्थालाई देखाएर सुरेश राजले गुमराहमा पारेका छन । फलस्वरुप, का.वि.भित्रको विरोध र सँचारमाध्यममा भए जतिको विरोध अनुरुपको प्रतिफल भने हामीले पाउन सकेका छैनौँ । आफुलाई परिवर्तनका पक्षधर भनाँउदा मन्त्रिहरु र प्रधानमन्त्रीको व्यवहार यो सँबन्धमा उदेकलाग्दो त छँदैछ, आश्चर्यको विषय समेत भएको छ ।


छिमेकी मुलुक भारतमा समेत विभिन्न विश्वविध्यालयहरुमा सानो-तिनो भ्रष्टाचार र अनियमिततामा समेत उपकुलपतिहरुले नैतिक आधारमा राजिनामा दिनु पर्छ भन्नेमा सर्वमान्य मतैक्यता छ । भारत स्वतन्त्र भएदेखि नै लागू भएको यस्ता उच्च प्राज्ञिक अभ्यासहरुले गर्दा नै भारतका शिक्षण सँस्थाहरु अहिले विश्वप्रशिद्ध हुन गएको थियो । शैक्षिक क्षेत्रमा राज्यले धेरै हस्तक्षेप कहिले गर्दैनन भन्ने कुरा त भारतको कुमाउँ विश्वविध्यालयका तत्कालीन उपकूलपति बी.एस.राजपुतलाई उनका प्राज्ञिक ठगीलाई पत्ता लगाएर त्यहाँका अन्य प्राध्यापकहरुले शुरुआत गरेको विरोध प्कृयाले नै देखाइसकेको छ। त्यहाँका बुद्धिजीवीहरुले उक्त उपकूलपतिका भ्रष्ट प्राज्ञिक कर्मलाई ठम्याएपछी, उनले राजिनामा दिन बाध्य हुनु परेको थियो । हाम्रो बिडम्बना, गुन्डागर्दि, भर्ष्टाचार र बदनाम गर्ने धम्कीका जिँउदा सबुतहरु अगाडी छन तर सुरेश राज निर्लज्ज तवरले भिसीमा कायमै छन । अब, सुरेश राजलाई कार्यवाही गर्न पनि के प्रतिनिधि सभाले नै संकल्प प्रस्ताव पारित गर्नु पर्ने हो त? नयाँ नेपाल बनाउँछु भन्नेहरुले सुरेश राज जस्ता पुराना मन्डलेहरुलाई हटाउन नसक्ने हो भने उनीहरुले बुझ्नु पर्छ नयाँ नेपालको विरोधमा नव मन्डलेहरुका जमातलाई सुरेश राजले तयार पार्ने छ । हामीले अहिलेसम्म भनिरहेका कुराहरुमा विचार नगर्ने हो र सुरेश राज जस्ता दुर्दान्त उपकूलपतिलाई केयुबाट तुरुन्त नहटाउने हो भने न त प्राज्ञिकताले नयाँ जीवन पाउनेछ, न त नेपाल प्राज्ञिक उत्कृष्टताको बाटोमा हिँडने छ । केयुको निरिह उत्कृष्टताको बाटोमा हिँडने छ । केयुको निरिह प्राज्ञिकताको उद्वार सुरेश राजको निष्काशनबाट मात्र सँभव छ र यस्मा कसैको विमति नरहला भन्ने हामीलाई लागेको छ।

No comments: