Friday, February 23, 2007

सुरेस राजको बर्बराहट र पुष्पको बफादारी

ढिलो-छिटो गरिएको प्राज्ञिक/अप्राज्ञिक कर्मको फल त प्राप्त हुन्छ नै । साधु सुरेशराजलाई नातावादी केयुमा धमिलो साँझपख फल प्राप्त भयो । फल नरम र सरस थिएन । उसो त सुरेशराजको कर्म नै कहाँ नरम र सरस थियो र - यिनले आफ्नो मध्ययुगीन बर्बर उपकुलपतित्व जोगाइराख्न प्रदर्शनकारी निहत्था शिक्षक, कर्मचारीहरुका अन्तहीन उत्साहमाथि धुलीखेलका गुँडाहरु लाएका थिए । अहिलेसम्म पनि सुरेशराजलाई गुन्डागर्दीको फल न इँटाका रूपमा प्राप्त भएको छ न केयुबाट निष्काशनको रुपमा । कतिपय करुणाका घैटारूपी ज्ञानीहरूले सुरेशराजलाई टकर्याउनु पर्ने फलका विरोधमा भित्रभित्रै जातीवादी नाराका साथ सुरेश राजलाई वचाउनु पर्छ भन्ने गनगन हामीले सुनेका छौँ । तिनले फल टक्रयाउनुपर्छ भन्नेहरूलाई उपद्रयाहा, उच्छृङखल र असभ्य भन्दै प्राज्ञिकताका अर्तिहरूको प्याकेज डिल गरेको पनि देख्नु परेको छ अहिले । तर तिनले यथार्थको अर्को मुख्य पाटो नदेखेका देखेर भने हामी चकित छौँ । उसै त जाडो याम, त्यसमाथि सुरेशराजको धाक-धम्की, दमनचक्र र आत्महत्याको लागी विवश गर्ने षडयन्त्रहरु । वरषौँ देखि केयुमा सेवारत रहँदै बसेका बुद्धिवहादुरलाई तिनले "बदनाम गर्छु" भन्ने धम्कीले झुन्ड्याएर किनारा लगाए । तिनले एक्लै लाखौँ नेपालीका छोरी-छोराका पालो मिच्दै आफ्ना र सीतारामका नातेदारहरु बाट केयु भरे । त्यसैले प्राज्ञिकताका समर्थक शिक्षक कर्मचारीहरु आज भिजेर मुसा हुन छाडिदिएर केयुमा आन्दोलनको बिगुल बजाँउदै छन। आजको यो आन्दोलनरत क्षणमा ती दमित शिक्षक/कर्मचारीहरुलाई मन्डले सुरेशराजको क्रूर षडयन्त्रको झल्झली याद आउनु पर्छ । र नै आन्दोलनरत सबैले निजलाई कठोर कर्मको हल्का फल प्रदान गर्ने चेष्टा गर्नु अत्यन्त जरूरी छ । सत्य यही हो ।

आफ्नो कर्मको फलको स्पर्शबाट अहिले सम्म बच्न सफल सुरेश राज झन दुस्साहसी हुँदैछन । तिनलाई केयुका भीसिका रूपमा आफ्ना दिन सकिँदै गएको कटुतम अनुभूति भएको हुनुपर्छ क्यार । त्यसैले झोक्किदै, अहंकारले फुल्दै अर्धविक्षिप्त मुद्रामा अहिले केयुमा यीनि सबैलाई निलम्बन गर्ने फरमान जारी गर्दैछन । नेपालीका छोरालाई निकाल भन्नुमा अरु के नै छ र? उही नातावादी एकात्मवादको झुसिलो डकारमात्र होईन त । आत्मसम्मान भरपुर स्वाभविमानी शिक्षक-कर्मचारीहरुलाई अनर्गल लाञ्छना र आफूलाई आफ्नै हत्यारा हातले साधुको उपाधी? यतिका दिनपछि, आफूमाथि यत्रोविधि निन्दा र भर्त्सनाको वर्षा भएपछि पनि केही नचेतेर सुरेशराजले आफ्नो नाताशाही उचित रहेको, त्यो केयुमा राम्रा कर्मचारी/शिक्षक नरहेको बाध्यताले ल्याएको आवश्यकता थियो भन्दै आफ्नै कुरूप रूपको महिमामण्डन गरेका छन र यो भ्रमजालमा सिनेट देखी लिएर प्रधानमन्त्रीसम्मलाई पार्ने कोशिशमा छन ।

सुरेशराजले फेरि पहिलेजस्तै केयुको प्राज्ञिकतामाथि बुट बजारेर गर्जन नगर्ला भन्ने छैन । यिनको यो मर्यादाहीन गर्जन ब्रह्मनालका सुताइएको रोगग्रस्त उपकुलपतित्वको बर्बराहट हो । तर ब्रह्मनाल पुर्याइएको उपकुलपतित्व मर्छ नै भन्ने केही छैन । अपवाद जेमा पनि हुन्छ । हत्यारा उपकुलपतित्व उठ्न सक्छ र ऊ तनक्क तन्किदै तङग्रिन सक्छ । अनि ऊ आफ्नो मति अनुसारको कर्ममा पुनः प्रवृत्त हुनसक्छ । सुरेशराजको सम्भावित कथा पनि यस्तै हो । तर, डर भने अब यीनले अरु कुनचाँही नेपालीका छोरालाई झुन्डीन बाध्य बनाउने भन्ने मात्र छ।

प्राज्ञिकताका नाममा जब सुरेशराजले केयुका कर्मचारी र शिक्षकहरुमाथि विष वरवराहट गरे, सुरेश राजको दलालीमा लठ्ठ परेका हाम्रा बहुरङ्गी पुष्पराजहरु ताली पिटन थालेका छन । अहिले समयले नेटो काट्न लागेको छ तर पुष्पराजहरु धनुष्टँकार मुद्रामा सुरेश राजकै अगाडी झुकेका छन । सुरेशराजको दासत्वको पट्टा गलामा भिरेका पुष्पराजलाई थाहा छैन परिवर्तित समयमा यो सब बेकार हो । सुरेशराज बर्बराहटको प्रेरणास्रोत उनी आफैको सक्षमता होईन, पुष्पराज जस्ता दलालहरु स्वयम हुन । सुरेशराजको नातावाद र भ्रष्टाचारको ब्याड बनाउने र वीउलाई हुर्कन दिनहरु पुष्पराजहरु नै हुन । यता यिनले चाटुकारीता गरे, उता सुरेश राजको धुलिखेलमा विषवृक्ष पैदा भयो । सुरेश राजको तानाशाही, नातावाद, र भ्रष्ट व्यवहार त्यही वृक्षबाट आएको
बमनकारी हरक हो ।

सुरेश राजको उपकुलपतित्वमा थुप्रै मानवद्वेषीहरू दलाल पात्रहरु रक्तपिपासु जुका झैँ जम्जमाएका म देख्छु । प्राध्यापकहरुका ठहरअनुसार यी सबै जुकाहरु प्राज्ञिकताका रगत चुस्ने शैतानहरु हुन । सुरेश राजको बोलीमा सीताराम र भद्रमानको मुस्कान छ, पुष्पराजको हाँसो छ, मुकुन्दको आनन्द छ, अनि केयुका पारस र प्रेरणाहरुको नातावादी सलामी छ । केयुका पारस र प्रेरणाका नाम यो लाममा आउँदा सुरेश राज र सीतारामका कतिपय अन्तरङ्ग मित्रहरूले चित्त दुःखाउन सक्छन् । तिनले भन्न सक्छन्, अरे बाबा सुरेश राज र सीतारामकै सन्तान भएकै आधारमा यी पारस र प्रेरणाहरुमाथि यो अनर्थ लाञ्छना किन - तर यिनको चित्त दुःखाइमा म कुनै दम देख्दिन । पारसहरु र प्रेरणाहरुका केयुको नोकरी सङ्कटमा छ, त्यो म बुझछु । तर, यो सँकट कस्ले
गर्दा आयो त्यो पनि अन्तरङ्ग मित्रहरुले बुझ्नु पर्ने हो । कुदेर सुरेशराजका चरणमा घुँडा टेक्दै आफ्ना लागी जागिर वा आफ्ना नातेदारका लागी भर्ना र छात्रवृतिको अनुरोध गर्नेहरुले यस्ता कुरा कहिले बुझ्दैनन । सुरेश राजका अन्तर्वार्ता र लेख छाप्दै हिँडने यीनका अन्तरँग सँभ्रान्त मित्रहरु कथाको गुह्य कुरो पनि यही हो ।

केयुको लागी भार र प्राज्ञिकताको मुटुको किलो सावित भएका राजा सुरेशराजलाई नेपाल सरकार बनेकै दिन सदाका लागि विदा गर्न सकिन्थ्यो । त्यो पनि सजिलै । जागेको लोकतान्तृक गर्जन सुनेर महामन्डले सुरेश राज र तिनका आउरे-बाउरे-धुपौरे मन्डलेहरूको मूल सातो गएको थियो । तिनका नुर गिरेका थिए र तिनका हंसले ठाउँ छाडेका थिए । सिंहदरबारका गुरुजीहरूले सुरेशराजलाई आजको मितिले तिम्रो पत्रु उपकुलपतित्व सकियो भनेका भए टन्टै खलास हुन्थ्यो । हुलचालकालमा छाला जोगाउन सीनेट भित्रका चाटुकारहरुका भर परेका सुरेशराज र तिनका चाकरगण प्रतिक्रियाहीन मूक मुद्रामा हेरेका हेर्यै हुन्थे । तर सिंहदरबारका खिया पुरुषहरूले सकेनन् । यो अब्बल मौका तिनले चुकाए । र नै ब्रह्मनालमा लम्पसार परेका सुरेशराजको उपकुलपतित्वले आज टाउको उठाउन खोजेका हुन् ।

अर्को अस्सली मौका केयुको वर्तमान आन्दोलनले दिएको छ। यो आन्दोलन अहिले पनि तात्तातै रहेका कारण सुरेश राजहरुलाई यीनले आन्दोलनरत अमित वर्मा, सुरेन्द्र के.सी. र बुद्धि वहादरु माथी गरेको अपराधमा पनि निकाल्न सकिन्छ केयुबाट सदाका लागी । तर नातावादी र सुस्त मित भएका हाम्रा सीनेटका सदस्यहरुले आँट गरेनन् । यिनले यो मौका पनि चुकाए । र नै यी सकल असक्षकम पँक्तिका कारण अर्धमृत सुरेशराजले आज फेरी कति जना नेपालीका लालाबालालाई पूर्ण मृत बनाउने दुःसाहस गर्ने हुन थाहा छैन ।

सुरेश राजका दलालहरुमा उपल्लो पुष्पराजले जीवनमा कहीले राम्रो काम गरेनन, न ढँगले पढाए न ढँगले डीन चलाए । बस समय बर्बाद गरे । तर सुरेशराजका अगाडी भने जहिले पनि धनुषटँकार भए, नतमस्तक भए । सुरेशराजले यो चाहन्छ, सुरेश राजले त्यो चाहन्छ भन्दै तिनले किस्ताबन्दीको भाकामा हामीलाई सुनाए । चराचर जगत्कै महान् पराक्रम गरेको अभिनय गर्दै तिनले धाक लगाए । त्यो बेफ्वाँकको तोरिलाहुरे धाक थियो । थाहा छ, सुरेशराजले त्यो सब चाकरी र चाटुकारी गर्ने आफ्नो गुटलाई सुनाउने कुरा थिए । पुष्पराजले यस्तो कहिले बुझेनन र लागिरहे निरन्त्र सुरेशराजको दलालीमा । आफुलाई प्रजातन्त्रवादी भनाउने पुष्पराज अहिले चाकरीतन्त्रका पुजारी भएका छन र यीनलाई सुरेश राजले आफ्नो खानदानकै चाकरीबाज बनाएको भन्ने होश पनि अब कहिले आएन । झन्डै ५ वर्ष लामो पुष्पराजको वफादारी युगमा न त यीनि सुरेश राजसँग लोकप्रिय रहे न त यीनले अरु कसैका समर्थन हासिल गर्न सके । सबलाई जन्तु भन्नमै गर्व गर्ने पुष्पराज आज सुरेश राजको पालतु जन्तु हुन गएको छ। वफादारी स्वार्थका लागी तन्काँउदा दलाली वन्ने रहेछ र यस्ता दलालका वफादारीमा उफ्रेका हत्याराहरु भने जहिले पनि वर्वराउने रहेछ। यिनै कुरा हो हामिले बुझ्नु पर्ने सुरेशराजको वर्वराहट र पुष्पराजको वफादारीमा।

No comments: