Thursday, April 19, 2007

प्राध्यापक सङ्घको आपत्ति

काठमाडौं, अप्रिल १९

सरकारले लोकतन्त्र दिवस मनाउने क्रममा बनाएको एउटा उप-समितिको संयोजकमा काठमाडौं विश्वविद्यालयका उप-कुलपति डा. सुरेशराज शर्मालाई राखेकोमा काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घले आपत्ति जनाएको छ ।

बिहिबार विज्ञप्तिमार्फ् प्राध्यापक सङ्घले डा. शर्मा लोकतान्त्रिक आन्दोलनको विरोधी भएको भन्दै तत्काल उप-समितिबाट हटाउन माग गरेको छ । उप-कुलपति शर्माले आन्दोलनमा सहभागी हुने शिक्षक र कर्मचारीलाई समेत सहभागी नहुन चेतावनी दिएकोले त्यस्तो व्यक्तिलाई समितिमा राखिनु लोकतन्त्रप्रतिको अपमान भएको प्राध्यापक सङ्घले विज्ञप्तिमार्फ् जनाएको छ ।

सङ्घका तर्फाट सभापति डा. रामप्रसाद घिमिरे र महासचिव डा. समिरमणि दीक्षितले जारी गर्नुभएको विज्ञप्तिमा पैसा र पहुँचको आधारमा सरकारले डा. शर्मालाई उप-समितिको संयोजक बनाएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा सरकारको यस्तो प्रवृत्ति लोकतन्त्रप्रतिकै खिल्ली र लोकतान्त्रिक आन्दोलनमा सहभागी नेपाली जनताका लागि हास्यास्पद भएको उल्लेख छ ।
Source:Nepalipost

No comments: