मन्त्रिजी! सुरेश राजले चाँही कहिले राजिनामा दिने नी?
नेपाली काँग्रेश, नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेस (प्रजातान्तृक) नेपालका चार विश्वविध्यालयमा उपकूलपति नियुक्तीका लागी प्रस्तावक रहने कुराले भागबन्डाको सँकेत त गर्छ गर्छ, यसका साथ-साथै प्राध्यापक समूदायमा विध्यमान ठूलो रोगको पनि यसले सँकेत गर्छ। नेपालमा राजनैतिक रुपमा दलियता रहनु लोकतन्त्रको पहिलो शर्त हो। तर, प्राज्ञिक क्षेत्रमा पनि दलियता घुस्नु भनेको चाँही महारोग हो। र यो महारोगको सँक्रमण अन्त कतैबाट नभएर काठमाडौँ विश्वविध्यालयबाट भएको हो। सुरेश राजको विकासवादी नाराले चकाचौँध एमालेहरु बन्डलवादी माधव नेपालको आवाजमा आवाज मिलाउन थालेका छन। सुरेश राज जस्ता १०० जना भए नेपाल बन्छ भन्ने माधवजीको भनाईलाई प्रदीपजी जस्ता मन्त्रिहरुले अर्कै हिसाबले बुझ्नु भएको कारण सँक्रमण बढेको हो। माधवजीका व्यक्तिगत उदगारलाई राष्ट्रव्यापिकरण गर्ने क्रममा उनका कार्यकर्ताहरु लागेका छन। फलस्वरुप, पदाधिकारी हुनै पर्छ र जसरी पनि हुनै पर्छ भन्ने आज प्रदीप नेपालको गुरुमन्त्र बन्न गएको छ। र यसै गुरुमन्त्रले नयाँ नेपालमा पद्धती गुल्टिने र मर्यादाले सिल्टिम्मुर खाने अवश्यँभावी छ। फलस्वरुप, आज खुला रुपमा सुरेश राज जस्ता मन्डलेकै बाटोमा हिँडन कम्मर कस्ने प्रदीप नेपाल नयाँ नेपालमा सम्पूर्ण प्राज्ञिक क्षेत्रलाई महारोगी बनाउने अभियानमा लागेका छन। गिरिजाको त के कुरा गर्नु । उनका सँबन्धमा हामीले बोल्नु पर्ने र भन्नु पर्ने कुरा अब केही बाँकी छैन। तर, चेतनाका सँवाहक ठान्ने स्तम्भकार मन्त्री प्रदीप नेपाललाई चाँही हामीले आफ्ना कुरा नसुनाई बस्ने छैनौँ। मित्रहरुले भन्नु होला, ए मूला तैँले के ख्याँस्छस, दुई-दुई चोटी मन्त्री भै-सकेका प्रखर वक्ता र नेकपा एमाले स्थायी समिितका सदस्यलाई भनेर। त्यसमा मेरो केही टिप्पणी छैन।
मेरो भन्नु के छ भने, प्रदीप नेपालजी के प्राज्ञिक क्षेत्रमा "प्रस्तावक" घुसाएर यस्तो भागबन्डा गर्न मिल्छ?
के हविगत ठिक हुन कुनै विश्वविध्यालयमा कुनै कर्मचारी पदाधिकारीको दमनका कारण झुन्डिनु नै पर्छ र ?
प्रदीप नेपालले ठानेको ठूलो समस्या पदाधिकारी नियुक्तीको छ । उनको विचारमा जे-सुकै होस र जस्ता सुकै होस, पदाधिकारी चाँहि हुनुपर्छ। किनभने उनका विचारमा पदाधिकारी नभएर विश्वविध्यालयहरुको जे-जस्तो हविगत भै-रहेको छ, त्यसले लोकतन्त्रकै बदनामी गरेको छ । उनको विचारमा पदाधिकारी नहुनु र पदाधिकारी नियुक्त गर्न नसक्नु मात्र लोकतन्त्रको असफलता हो । नयाँ नेपालमा लोकतन्त्रलाई बलियो बनाउने हो भने कसैलाई प्रस्तावक बनाए पनि फरक पर्दैन, र प्रस्तावकहरु दलगत हिसाबले नियुक्त भए पनि फरक पर्दैन। किनभने प्रत्येक दलमा प्रस्तावक बन्न सक्षम पी.एच.डी धारीहरु छन, शिक्षाविद हरु छन र योजनाविदहरु छन। अन्य देशमा योजनाविद, शिक्षाविद र पी.एच.डी.धारीहरु विषयगत सक्षमताका आधारमा छुट्टिन्छ तर जन्मदा नै राजनैतिक ठप्पा बोकेर जन्मने नेपालमा भने दलगत निकटताका आधारमा प्रस्तावकहरु छुट्टिने गर्छन। हो, त्यसैले हो प्रदीप नेपाल दलगत भागबन्डालाई महारोग भन्दैनन। बरु, उनी यिनलाई विश्वविध्यालयहरुको हविगत सुधार्ने रामबाण अचुक औषधि ठान्छन।
यस्तो रामवाणले दशकौँ नेपालका शैषिक प्रशासकहरु कुनै ठप्पा लगाएर बसे पनि फरक पर्दैन। सुरेश राज नातावादी ठप्पा लगाएर बसेका छन, के उनलाई केही फरक परेको छ र? यदि पदाधिकारी छन र निर्दोष दलितहरु झुन्डीने स्थिति उत्पन्न हुन्छ भने पनि त्यसलाई हविगत ठान्न मिल्दैन। पदाधिकारी नभएकै कारण न त्रिविमा कसैले आन्दोलन गरे न त पूर्वान्चलमा। फलस्वरुप कुनै पदाधिकारीलाई कसैमाथि दमन गर्न कसैलाई उक्साउनु पर्ने आवश्यकता पनि भएन। जब-जब क्षुद्र मतिका र सानो सोचका मान्छेहरु शिक्षा मन्त्रि हुन्छन र त्यो भन्दा पनि सानो सोचका व्यक्ति प्रधानमन्त्री हुन्छन, यो "हविगत" भन्ने चिज नै फरक हुने रहेछ। काठमाडौँ विश्वविध्यालयमा यहाँका मन्डले, निरँकुश, नातावादी, साम्प्रदायीक, भ्रष्ट उप-कूलपति निरन्तर आफ्ना कर्मचारीहरुलाई पेल्दै छन, ठेल्दै छन र जीवनको गोरेटोबाट धकेल्दैछन। तर पनि त्यहाँ स्थिती राम्रो छ र हविगत ठीक छ किन भने यहाँ पदाधिकारीहरु छन । तर, अहिले सम्म कुनै कर्मचारीले न त्रिविमा झुन्डीनु परेको छ, न पोखरामा। न पूर्वाँचलमा झुन्डीनु परेको छ न सँस्कृत विश्वविध्यालयमा। तसर्थ, कुनै कर्मचारी अकालमा नमरेकै कारण यि विश्वविध्यालयको हविगत ठीक नभएको हो।
पदबाट राजिनामा गर्ने कसम खानुभएका प्रदीप नेपालजी प्रति अहिले धेरैको ध्यानाकृष्ट भएको छ, किनभने वैशाख २५ आउँदैछ र चाँडै आउँदैछ। तर, हाम्रो ध्यानाकर्षण चाँही उहाँको नयाँ सोच तर्फ मात्र छ। नेपालमा प्रकाशित प्रदीप नेपालको अन्तर्वार्तामा मेरा लागी चाखको विषय यिनका भाषा निती पनि हुन पुगेको छ । मातृभाषामा शिक्षा भन्ने कुराको कति कामे र कति बेकामे मलाई त्यति थाहा छैन। तर, यदी कसैलाई मातृभाषामा शिक्षा हासिल गर्ने ईच्छा छ भने त्यसलाई वेकामे भन्न चाँहि मिल्दैन। सँविधान प्रदत्त अधिकारको प्रयोग गर्दै कोही शिक्षित र दिक्षित हुन चाहन्छन भने शिक्षा मन्त्रिले छिर्की लगाउनु पर्ने कुनै जरुरत छैन। ठुल्ठुला नेता र अभिनेताका छोराछोरीले मातृभाषामा पढने बितिक्कै अन्यले पनि पढनु पर्छ भन्ने कतै कुनै नियम छैन। नेपाली जनताका छोराछोरीले पनि ठुल्ठुलाकै अनुसरण गर्नु पर्ने उनका भनाई हेर्दा यो मान्छे कसरी कम्युनिष्ट भयो भन्ने शँका अहिले उत्पन्न हुन थालेको छ । जनजातिले अँग्रेजी पढनु पर्छ भन्ने यी कम्युनिष्ट शिक्षा मन्त्री किन भन्दैनन वाहुनहरुले पनि अब सँस्कृत होईन अँग्रेजी पढनु पर्छ । देशमा मातृभाषामा शिक्षाको आवाज जोडदार रुपमा उठदै छ तर कम्युनिष्ट मन्त्री भने अँग्रेजीको वकालतमा व्यस्त छ । मृत भाषा जो कसैको मातृभाषामा पनि पर्दैनन, त्यसका सँरक्षणका लागी बनेको सँस्कृत विश्वविध्यालय खारेज गर्ने सँबन्धमा पनि यिनी चुँईक्क बोल्दा पनि बोल्दैनन। तर, जनजातीहरुलाई चाँहि मजाले कटाक्ष हान्छन र भन्छन तिमिहरु जनजातिकै पनि धनीमानीका छोरोछोरी बोर्डिङ्गमा पढछन भनेर । भर्खर अमेरीका घुमेर आएकै प्रभाव त होलान नी यिनले अँग्रेजीमा मात्र दुनियाँ बढेको आज देख्दैछन। समानता प्रेमी भनाउँदा कम्युनिष्टहरु व्यवहारीकताका नाममा र रोजगारीका नाममा र दुनियाँ कुन बाटोमा हिँडदैछ भन्ने नाममा आज मातृभाषामा अध्ययन गर्ने परिपाटीको विरोधमा छन। तर, कहिले कसैको मातृभाषा नबनेको र मृत भाषाका रुपमा रहेको सँस्कृत पढाउने विश्वविध्यालयमा भने करदाताको रकम बालुबामा पानी खन्याए सरी खन्याउँदै छ।
प्रदीप नेपालको भाषा निती सँकेत हो-उनको द्वैद्ध नितीका। आफुलाई सँवेदनशील ठान्ने यी महानुभावलाई त्रिवि देखि सँवि सम्मको सँवदेनशीलताको जानकारी छ। तर, काविका दलित हत्यारा उपकूलपतिको मन्डले तन्त्रका सँबन्धमा भने वेखवर छन। काविका सँबन्धमा न यिनि केही भन्छन न यिनि केही बोल्छन। शायद काँग्रेशी प्राध्यापकहरुले गिरिजालाई घुमाएको देखेकै कारण होला, यहाँ पनि यिनि प्राध्यापकहरु घुमाउने आन्दोलनमा छ भन्ने सोच्दा हुन । नेपाल महाशयले साँगठानिक अधिकारलाई पनि भागबन्डा पनि तुच्छ ठानेको हुनु पर्छ जस्तो मलाई लाग्छ। झन विकासप्रेमी सुरेश राजको रोजगारीमूलक मूल स्वामित्वमा चलेको विश्वविध्यालयले कसैलाई रोजगारी दिइरहेको पनि यीनले ठान्दा हुन। होईन, जीफन्टमा काम गर्ने कम्युनिष्ट प्रदीप नेपाल र अहिलेको शिक्षा मन्त्रि प्रदीप नेपाल के बेग्लै हुन र भन्या? यदि एउटै हुन भने, शिक्षा मन्त्रि प्रदीप नेपालले भन्नु पर्यो सुरेश राजले चाँही कहिले राजिनामा दिने नि।

No comments:
Post a Comment