Tuesday, October 30, 2007

अख्तियार धुलिखेलमा:सुरेश राज कान्तिपुरमा


मार्लन ब्रान्डो र अल पाशिनो अभिनित "गडफादर" सिनेमा हेर्ने हो भने नेपालको राजनैतिक र शैक्षिक जगतका माफिया हरुका गतिविधि बुझ्न गार्हो छैन। जब आफ्ना कु-कृत्यहरु दुनियाका नजरमा आउन थाल्छन तब सकुन्जेल दुनियालाइ गुमराहमा राख्न प्रेश देखि पत्रकारहरु सम्मलाई प्रयोग गर्ने काममा माफियाहरु आँखा चिम्लेर लाग्छन। भूँइचालोले काठमाडौँ हल्लिएको कुरा काठमाडौँवासीहरुलाई भन्दा विदेशीलाई थाहा रहेछ। तर, अख्तियारको गाडी धूलिखेलमा पुगेपछि भने सुरेश राजको कुर्सी अब हल्लीन थालेको कुरा भने नेपालमै धेरैले थाहा पाईसकेका छन। वास्तवमा भन्ने हो भने अख्तियारको गाडी र भैँसीमा म कुनै फरक देख्दिन। दुईदिने चोला बोकेकाहरु मृत्यु नजिक आउँदा यमराजको वाहन- भैसी सपनामा देख्दा तर्से जसरी भ्रष्टाचार, दुराचार, नातावाद, गुन्डागर्दिर हत्यामा सँलग्नहरु भने अख्तियारको वाहन सपनामा देख्दा तर्सन्छन रे।

अख्तियारको वाहन काठमाडौँ विश्वविध्यालय परिसरमा देखिनु भनेको राम्रो कुरा हो। सुरेश राजको दुर्दान्त हत्यारा गुन्डा र मन्डले रुपबाट पिडितहरुले आशाका नयाँ किरण देखेका छन भने प्राज्ञिक क्षेत्रमा न्याय नहुने हो भने अन्त आशा नगरौँ भन्ने सत्यवादीहरुले त्यो गाडीमा केही सम्भावना देखेका छन। तर, सुरेश राजका भकभके गुन्डा भाई मुकुन्दे लगायत नामबाट मात्र भद्र कमिसनबाज रजिष्ट्रार र आसेपासेहरु भने अहिले देखि नै तनावमा आइसकेका छन। यदि अख्तियारले साँच्चिकै कार्यवाही गर्ने हो भने आफ्नो अख्तियार नै दुरुपयोग गरेर कर्तव्यनिष्ट दलितलाई मर्न बाध्य गराउने गुन्डाहरु पनि तनावमा आउने छन। हामीले भनेका कुरा होइन यो। काठमाडौँ विश्वविध्यालयको विद्धत वर्गमा, विध्यार्थि वर्गमा, कर्मचारी वर्गमा र प्राध्यापक वर्गमा उठेका कुराहरु हुन।

काठमाडौँ विश्वविध्यालयमा पन्ध्र-पन्ध्र वर्ष उपकुलपति भएर आफु, सीताराम, भद्रमान लगायतका समूह र नाता गोताहरुमा प्रचूर आर्थिक सम्पन्नता दिलाउने सुरेश राजले विकास-निर्माणका प्रत्येक गतिविधिमा भ्रष्टाचार गरेका छन। आफ्नो कुर्सी जाने हो भने भ्रष्टाचारको लहरो तानिन सक्ने भयले आक्रान्त सुरेश राजले कुर्सी बचाउने धूनमा गर्भवति छोरीलाई "आन्दोलन प्रतिकार समिति"मा राखेर ठूलो तनावमा पारेका थिए। भ्रष्टाचारी दुराचारी बाउको कुर्सी बचाउन दिमागको नशै फुटने गरि कोही लाग्छन भने हामीले बुझ्नु पर्छ, भ्रष्टाचार र दुराचारका आरोपमा सय-प्रतिशत सत्यता छ भन्ने कुरा। कर्मचारीको हत्या, छोरीको असामयिक मृत्युका कारक पनि भईसकेका सुरेश राजले अब आफ्नो ढाक-छोप गर्न कुनै कसर बाँकि राख्ने छैन। अख्तियारको गाडी धुलिखेल पुगिसक्यो, तर सुरेश राज अझै हात-गोडा फ्याँक्दै छन र फलाक्दै छन म नेपालको शिक्षाविद हुँ भन्ने कुरा।

बढो अचम्मको जन्तुमा पर्छ सुरेश राज। यिनका प्रत्येक लेखले अहिले व्यापक प्रतिकृया जन्माएको छ। किनभने प्रत्येक लेखमा यिनले आफुलाई महामानव, महान शिक्षाविद र साधु देखाउने कोशिस गरेका छन। तर, यसपालीको यिनको नयाँ लेख भने आफुलाई शिक्षाविद हुँ भन्ने देखाउनु भन्दा पनि अख्तियारको प्रकृयालाई अलमल्याउने उद्देश्यले प्रेरित देखिन्छ। जलन कुमार र मदन राज शर्मा जस्ता शर्मा परिवारका ज्वलन्त ताराहरुका झन चम्कने तारा सुरेश राजले भाईहरुबाटै अख्तियारका सँबन्धमा के रणनिति अख्तियार गर्दा ठीक होला भन्ने बुझेको हुनु पर्छ। र त्यसैले नै होला यिनले अख्तियारलाई दवावमा राख्ने हिसावले "युवाका लागि सीप" लेखेको हुनुपर्छ।

तर, अख्तियार देखि लिएर नेपालको शिक्षामा रुचि राख्ने सबैले बुझ्नु पर्छ, सुरेस राजले नेपाली "युवाका लागी सीप" दिने काममा ढोँग र पाखन्ड बाहेक केही गरेका छैनन। एउटा शिक्षकले बोलीले मात्र होईन व्यवहारले पनि सिकाउँछ। सुरेश राजको व्यवहारलाई पछ्याउने हो भने नेपालमा धेरै युवाहरु मन्डले, भ्रष्टाचारी, गुन्डा परिचालक र हत्यारा बन्ने छन। विकासको नाममा भ्रष्टाचार गर्न र नातावाद फस्टाउने सीप नेपाली युवाले सुरेश राजबाट सिक्नेछ। त्यसैले कान्तिपुरमा प्रकाशित सुरेश राजको नयाँ लेख"युवाका लागी सीप" लाई पढने मित्रहरुले अब स्पष्ट बुझ्नु पर्छ कि आफ्नो अपराधले ग्रस्त सुरेश राज कुनै लेख लेख्छ भने त्यसको एउटै मात्र उद्देश्य हुनेछ-त्यो हो अख्तियारको गाडीलाई पछाडी फरकाउने।

No comments: