Thursday, December 20, 2007

उपकुलपति शर्माका नातेदारले भरियो काठमाडौं विश्वविद्यालय


कभरस्टोरी
रामशरण बजगाईं/नयाँ पत्रिका
2007-12-20,Thursday

(स्रोत:नयाँ पत्रिका दैनिक)

नयाँ पत्रिका दैनिक
काभ्रे, ४ पुस
उपकुलपति सुरेशराज शर्माले भाइ, भतिजा र सम्धी मात्र होइन, पुरोहितसम्मलाई जागिर दिएर काठमाडांै विश्वविद्यालय भरेका छन् । विश्वविद्यालयका उच्चपदमा रहेका २७ जना शर्माका र १२ जना कर्मचारी रजिस्ट्रारका नातेदार हुन् ।

रजिस्ट्रार शर्माले परिवारका २७ जना भरेर विश्वविद्यालयमा मनपरी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा भनिएजस्तै विश्वविद्यालयका मुख्य प्रशासक मुकुन्दप्रसाद उपाध्याय उपकुलपतिका कान्छा भाइ हुन् । शर्माले उनलाई पहिले नै जागिर दिएका हुन् भने अहिले एकैपटक ६ तह बढुवा दिएर मुख्य प्रशासक बनाएका हुन् ।

त्यस्तै, उपकुलपति शर्माका साढुभाइ दामोदर गौतमलाई मानवीय स्रोतअर्न्तर्गत लेक्चरर बनाइएको छ । त्यस्तै शर्माले भान्जाहरू मनिष पोखरेललाई एचडिओ प्रमुख र दीपक पोखरेललाई परीक्षा शाखामा जागिर दिएका छन् भने भान्जी मेरिना पोखरेललाई अधिकृत बनाएका छन् ।

एउटा भतिज सन्तोष ढुंगेल शर्माका निजी सचिव छन् भने अर्का भतिज शिव ढुंगेल ल्याब व्याय छन् । त्यस्तै भतिजा नाता पर्नेहरू उमेश कोइराला लेखा सहायक तथा तीथ अधिकारी र लालप्रसाद पोखरेल कार्यालय सहायक बनेका छन् । त्यतिमात्र होइन, शर्माका भाइका साढुभाइ सन्तोष पौडेल विश्वविद्यालयका मेडिकल अधिकृत र दाइका सम्धी पुष्पराज अधिकारी परीक्षा नियन्त्रक हुन् ।

शर्माको घरमा भात पकाउदै आएका दामोदर घिमिरे अहिले काठमाडौं विश्वविद्यालयमा कार्यालय सहायकको रूपमा कार्यरत छन् । त्यस्तै भक्तपुर, बालकुमारीमा विश्वविद्यालयको भवन बनाउने पाच करोडको ठेक्का उपकुलपति शर्माका सम्धी मुकुन्द दवाडीले पाएका थिए ।

अख्तियारमा दर्ता भएको उजुरीमा उपकुलपतिले 'आफन्त र नातेदारलाई विभिन्न पदमा अत्यधिक सुविधा दिने र व्यावसायिक प्रतिस्पर्धा गरेर अघि बढ्न खोज्नेलाई मानसिक यातना दिने गरेको' उल्लेख छ । व्यवस्थापनले दिएको मानसिक यातनाकै कारण गत वर्षपुसमा वरिष्ठ प्राविधिक बुद्धि विश्वकर्माले आत्महत्या गरेको अख्तियारमा बुझाइएको उजुरीमा उल्लेख छ । नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियाको विरोध गर्दै गत वर्षकर्मचारी र प्राध्यापकहरूले आन्दोलन गरेका थिए । सम्बन्धन दिने निर्ण्र्ाागर्दा शिक्षक र कर्मचारीका प्रतिनिधि पनि सामेल गर्न माग गरिएको थियो । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आन्दोलनकारी काठमाडौं पुगेका थिए । 'त्यही निहुमा गत वर्ष६ पुसमा इन्जिनियरिङ विभागका डिन भोला थापाले धम्की दिदै अपमानित गरेपछि विश्वकर्माले आत्महत्या गरेका हुन्,' अख्तियारमा बुझाइएको उजुरीमा उल्लेख छ ।

विश्वविद्यालयको प्राध्यापक संघका डा. रामप्रसाद घिमिरेले मन नमिल्नेलाई मानसिक यातना हुनेगरी पटक-पटक स्पष्टीकरण सोध्ने तर, आफन्तलाई गैरकानुनी सुविधा दिने गरिएको गुनासो गरेका छन् । 'विश्वविद्यालयमा १४ वर्षम्म निरन्तर काम गरेकाहरूको बढुवा भएको छैन, तर उपकुलपतिका आफ्ना भाइलाई आन्तरिक बढुवाको नाममा विनाविज्ञापन ६ तह बढुवा गरिएको छ,' घिमिरेले भने ।

उपकुलपति मात्र होइन, निवर्तमान रजिष्ट्रार सीताराम अधिकारीका छोरा वृजेश अधिकारी र वर्तमान रजिष्ट्रार भद्रमान तुलाधरका छोरा डेनियल तुलाधरले विश्वविद्यालयमा जागिर मात्र पाएका छैनन्, उच्च शिक्षा अध्ययनको नाममा दुइ/दुइपटक तलबी बिदा पाएका छन् । तर, अन्य प्राध्यापकले बिदा माग्दा जागिर वा बिदामध्ये एक रोज्न धम्क्याउने गरिएको प्रँध्यापकहरूले बताएका छन् । सुमन पराजुली, मनोज घिमिरे र सिजन बरालले नियमानुसार बिदा माग्दा जागिर छोड्न धम्की दिइएको थियो । निवर्तमान रजिष्ट्रार सीताराम अधिकारीलाई अहिले पनि प्राध्यापकसरहको पारिश्रमिक दिएर लेखा शाखामा राखिएको छ । त्यस्तै, उनका भाञ्जा नमेन्द्र पौडेललाई आन्तरिक लेखा परीक्षक बनाइएको छ । उपकुलपति र रजिष्ट्रारको नाममा ठूलो रकम बक्यौता देखिएकोले मिलाउन उनलाई लेखा परीक्षक बनाइएको आरोप लागेको छ ।

त्यस्तै, प्राध्यापक र कर्मचारीका संघ/संगठनहरू खोल्न सक्रिय हुनेहरूलाई पनि मानसिक यातना दिइएको प्राध्यापकहरूले बताएका छन् । 'लोकतान्त्रिक र व्यावसायिक आन्दोलनमा लागेबापत स्थानीय गुण्डाहरू प्रयोग गरेर कुटपिटसम्म गरियो,' प्राध्यापक घिमिरेले भने । प्राध्यापक संघले आन्दोलनका क्रममा लगाएको ताला राजाको प्रत्यक्ष शासनकालमा धुलिखेल नगरपालिकामा निर्वाचित मेयर मनसुमन श्रेष्ठसहितको टोलीले भदौमा तोडेको थियो । उपकुलपतिले आन्दोलनविरुद्ध 'मण्डलेहरू' परिचालन गरेको प्राध्यापकहरूले बताएका छन् । विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीका संगठन विघटन गर्न प्रशासनिक निगरानीमा 'टिचर वेलफेयर काउन्सिल' नामक अर्काे संयन्त्र खडा गरिएको छ । 'पञ्चायतले मण्डले संगठन खोलेजस्तै भएको छ' घिमिरेले भने ।

अख्तियारले सोधपुछका लागि मुख्य प्रशासक मुकुन्दप्रसाद उपाध्याय र रजिष्ट्रार भद्रमान तुलाधरलाई तीनपटक बोलाइसकेको छ । 'अख्तियारलाई जवाफ पठाइसकिएको छ, के हुन्छ हेरौं,' प्रशासन अधिकृत दण्डपाणि उपाध्यायले नया“ पत्रिकालाई भने । अख्तियारले आर्थिक कारोबारको वासलातसहित हाजिर हुन भनेेपछि रजिष्ट्रार तुलाधर र मुकुन्द उपाध्याय दर्ुइ साताअघि पनि अख्तियार पुगेका थिए ।

उपकुलपतिका नातेदारहरू र उनीहरूले पाएको सुविधा
भाइ मुकुन्दप्रसाद उपाध्यायः मुख्य प्रशासक
साढुभाइ दामोदर गौतमः प्राध्यापक
भान्जा मनिष पोखरेलः एचडिओ प्रमुख
भान्जा दीपक पोखरेलः परीक्षा शाखा
भान्जी मेरिना पोखरेलः अधिकृत
भाइको साढु सन्तोष पौडेलः मेडिकल अधिकृत
भतिज रमेश ढुंगेल ः निजी सचिव
भतिज शिव ढुंगेलः ल्याब ब्वाय
सम्धी मुकुन्द दवाडीः पा“च करोडको ठेक्का
दाइका सम्धी पुष्प अधिकारीः परीक्षा नियन्त्रक
तर्ीथ अधिकारी -भतिज नाता)ः कार्यालय सहायक
उमेश कोइराला -भतिज नाता)ः लेखा सहायक
लालप्रसाद पोख्रेल -भतिज नाता)ः कार्यालय सहायक
घरको भान्से दामोदर घिमिरेः कार्यालय सहायक

ख) निवर्तमान रजिष्ट्रार सीताराम अधिकारीका नातेदार
१) राधेश्याम अधिकारी- भाइ, कानुनी सल्लाहकार
२) वृजेश अधिकारी- छोरा
३) शरद अधिकारी- छोरा
४) देवराज अधिकारी- भतिज
५) नमेन्द्र पौडेल- भान्जा, अडिटर
६) शेखर ढुगाना- भतिज नाता पर्ने
७) मनप्रसाद वाग्ले- ठूलीआमाको छोरा, एजुकेसन डिन
८) टीकादत्त बराल- पुरोहित, बूढा भएकाले एसिस्टेन्ट प्रोफेसरको तलब खान्छन् तर काम गर्दैनन् ।
९) कुमार बराल- पुरोहितका छोरा, एकाउन्टेन्ट
ग) रजिष्ट्रार भद्रमान तुलाधरका नातेदार
१) श्रीमती तुलाधर- परीक्षा गोप्य शाखामा स्वयंसेविका भनी राखेको २) डेनियल तुलाधर- छोरा, एसिस्टेन्ट प्रोफेसर तलबी बिदामा रस्सामा पढ्न गएको ९ महिना भयो । तर अरूलाई यस्तो बिदा दिने गरिएको छैन ।
३) कृष्ण मानन्धर- नजिकको नातेदार सभासद

No comments: