विश्वविध्यालयको परिवर्तित भूमिका र सँविधान सभा
एक्काईसौँ शताब्दीको प्रविधिको चरम विकासले मानव जीवनलाई सरल मात्र बनाएको छैन ज्ञानको असिमित भन्डारको ढोका हाम्रा अगाडी खोलिएका छन । ईन्जीनियरिँग-टेक्नोलोजी र चिकित्सा शास्त्रका सँबन्धमा यो शताब्दी मानव सभ्यताको कोसेढुँगा नै हो। यो कसरी सम्भव भयो त भन्ने सोच्ने हो भने, हाम्रा अगाडी एउटै कुरा अाउँछ-त्यो हो शिक्षा वा ज्ञान। मानव सभ्यतालाई परिस्कृत गर्न ज्ञान-विज्ञानले खेलेकै भूमिकाका कारण अहिले शिक्षालयहरु हाम्रा बहसका केन्द्रमा छन। भारत देखि अमेरीका सम्म, जापान देखि जकार्तासम्म विकासविदहरु, योजनाकारहरु र शिक्षाविदहरु हाम्रा विश्वविध्यालय-शिक्षालय-विध्यालयलाई कसरी उन्नत तुलाउन सकिन्छ भन्ने चिन्नतमा छन। । जनसाधारणलाई कसरी शिक्षित बनाउन सकिन्छ र विकसित र अल्पविकसीत मुलुकका बिच रहेको प्रविधि खाडललाई कसरी पुर्न सकिन्छ भन्ने चिन्तनमा रहेका छन। फलस्वरुप, नयाँ अवधारणामा शिक्षा-दिक्षा दिने, नयाँ अवधारणामा विश्वविध्यलाय-बहुविश्वविध्यालयहरुको स्थापना गर्ने काम द्रुततर गतिमा बढिरहेको छ।
नेपालको सन्दर्भमा हेर्ने हो भने काठमाडौँ विश्वविध्यालयको स्थापना नेपालीहरुलाई शिक्षित-दिक्षित तुल्याउने र नेपालमा प्रविधि विकासलाई टेवा पुर्याउने हिसाबले भएको हो। काठमाडौँ विश्वविध्यालयका प्रमूख पदाधिकारीहरु सुरेश राज शर्मा र सीताराम अधिकारीले आफ्ना प्रत्येक भाषण र मन्तव्यमा यही कुरा बताएका छन। काठमाडौँ विश्वविध्यालयका प्रकाशनहरुमा समेत यी कुराहरु प्रशस्त भेट्टाईन्छ। काठमाडौँ विश्वविध्यालयकै लयमा देशमा अन्य भागमा पनि विश्वविध्यालयहरु खुलिरहेका छन वा खुल्ने प्रकृयामा छन। विश्वविध्यालयको स्थापना हुनु र ज्ञान-गुनका कुरामा नेपालीले चाख देखाउनु उत्साहवर्धक छ। तर, मूल प्रश्न भने;
के हामी हाम्रा उद्देश्यमा सफल भएका छौँ त?
के हामीले विश्वविध्यालयको स्थापनाबाट मानवजीवनका लागी आवश्यक प्रविधिको विकास गर्न सकेका छौँ त?
प्राविधिक विकास बाहेक मानव सभ्यतालाई उँभो लगाउने समानताका प्रतीकका रुपमा हाम्रा विश्वविध्यालयहरु छन त?
घोत्लिएर सोच्ने हो भने-जवाफ नकारात्मक छ। घोरीएर सोच्ने हो भने विकासका जुन नमूना हाम्रा अगाडी छन- ती विस्मयकारी छन। विकासका नमूनाका रुपमा भ्रष्टाचारलाई मलजल गर्ने भौितक निर्माणको चर्चा गर्ने परम्परा अगाडी आएको छ। विकासवादीका रुपमा पैसा बाँडदै पदमा टिक्न सक्नेहरुको हवाला दिने परम्परा शुरु भएको छ। र विकासवादीका रुपमा तिनै व्यक्तिहरु अगाडी छन जो प्राज्ञिक क्षेत्रमा पनि गुन्डागर्दी गर्छन र दलितका रगतले आफ्ना हात रँगाउँछन। विकासवादीका रुपमा एकात्मकतालाई अँगाल्ने र नातासँबन्ध बाहेक अन्यका योग्यतामा विश्वास नगर्नेहरु अगाडी देखिएका छन। विकासवादीका रुपमा विश्वविध्यालय परिसरमा खुँखार मन्डलेको जत्थालाई प्रयोग गर्ने व्यक्तिहरु अगाडी छन र विकासवादी तिनै छन जो अठारौँ शताब्दीका मानसिकता बोकेकाहरुलाई उक्साउँछन, दलित हत्या गराउँछन र निसँकोच बचाउ गर्छन ।
विश्वविध्यालयको निर्माण भौतिक निर्माण गर्न मात्र होईन मूल्य र मान्यताको निरन्तरताको प्रत्याभूति दिन पनि भएको हो। भौितक निर्माणलाई मात्र प्राथमिकता दिने र मानवीय मूल्य, नैतिक मान्यता र सामाजीकतालाई अोझेलमा पार्ने हो भने कुनै पनि विश्वविध्यालयको औचित्य रहन्न। फगत जागिर खाने, धन कमाउने र जीविका चलाउने सँस्थाका रुपमा विश्वविध्यालय परिणत हुनेछ। अाईन्सटाईनको विचारमा "एउटा विद्वान मुर्खले धेरै ठुलो, धेरै जटील र अत्यन्त क्रुर चिज बनाउन सक्छ। तर, यसलाई उल्टो दिशामा लाने हो भने एउटा असाधारण प्रतीभाको स्पर्श हुनु पर्छ र धेरै साहस हुनुपर्छ।" निस्सन्देह, आईन्सटाईनका विचारहरु हाम्रा शिक्षाविद र प्रशासकहरुमा कुनै द्विविधा विना लागु हुन सक्छ। काठमाडौँ विश्वविध्यालयका उप-कूलपति सुरेश राज शर्माका हाल सम्मका गतिविधिलाई हेर्ने हो भने , हाम्रा विश्वविध्यालयहरु अहिले धेरै ठूलो, धेरै जटील तर अत्यन्त क्रुर सँस्थामा रुपान्तरण भएका छन।
१) विश्वविध्यालय र सँविधान सभा
काठमाडौँ विश्वविध्यालय एउटा शैक्षिक सँस्था हो भने सँविधान सभा नेपालको भावी कदम निश्चित गर्ने प्रकृया। देशकै भावी कदम सुनिश्चित गर्ने क्रममा, आगामी सँविधान सभाले निर्धारण गर्नु पर्ने प्रमूख मु्द्दा नेपालको शिक्षा नीति पनि हो। काठमाडौँ विश्वविध्यालयको अनूभवले नेपालको शिक्षा क्षेत्रमा नीजि व्यवस्थापन र नीजि क्षेत्रको प्रवेश कसरी हुनु पर्छ, भ्रष्टाचार र नातावादका प्रभावबाट प्राज्ञिक क्षेत्रलाई कसरी जोगाउनु पर्छ र शिक्षाविदका आवरणमा रहेका सफेदपोश आपराधिक जत्थाका चलखेललाई कसरी रोक्ने भन्ने जस्ता महत्वपूर्ण मु्द्दाहरु हाम्रा अगाडी छन। नेपालका राजनैतिक दलहरु र तिनका नेताहरु आफै भ्रष्ट, नातावादी र आपराधिक पृष्ठभूमिका भएका अवस्थामा र हालको सँविधान सभाको चूनावी दौडाहामा पनि यिनै अनुहारहरु देखिएका कारण, सँविधान सभाले केही गर्न सक्दैन भन्ने आशँका नभएको पनि होईन। तर, सुरेश राज शर्मा जस्ता कुख्यात भ्रष्टाचारी, नातावादी, साम्प्रदायिक उपकूलपतिलाई समर्थन गर्दै हिँडने, सुरेश राजलाई विकासवादीका रुपका प्रशँसा गर्ने र सुरेश राजले भ्रष्टाचार गरेको छैन, दलितको जीवनलाई बरबाद गरेको छैन भन्नेहरुलाई पनि जवाफ नदिईकन बस्नु मनासिव होईन। नयाँ नेपालको शिक्षा नीति तर्जुमा गर्न र शिक्षा क्षेत्रमा मौलाएको विकृतिलाई पक्षपोषण गर्ने देशद्रोहीहरुलाई सदाका लागी परास्त गर्न सँविधान सभाको चुनावमा हामीले विवेकसम्मत ढँगले सहभागिता जनाउनु अहिले आवश्यक देखिन्छ। तसर्थ, यिनै प्रयोजनलाई दृष्टिगत गर्दै नेपालको शिक्षा क्षेत्रका प्रमूख विकृतिहरु, त्यसका निदानका उपायहरु र सँविधान सभाले अबलम्बन गर्नु पर्ने बाटाका सँबन्धमा चर्चा गर्नु सार्थक देखिन्छ।
२) शिक्षा क्षेत्रमा विध्यमान विकृतिहरु
नयाँ नेपालको शिक्षा नीतिमा शिक्षा प्रकृयालाई मर्यादित र राष्ट्र निर्माणको प्रमूख मियोको रुपमा परिभाषित गर्नु पर्छ। शिक्षा नीतिको उद्देश्य देश विकासका लागी कटिबद्ध विवेकशील नेपाली पैदा गर्ने हुनु पर्छ। विवेक र मर्यादालाई प्रत्येक पाठशाला, विध्यालय, शिक्षालय र विश्वविध्यालयको आत्माका रुपमा विकास गर्नु पर्छ। ट्वाईलेट पेपरमा भ्रष्टाचार गर्ने, रक्सीजन्य लागू पदार्थ सेवन गरेर श्रीमतिलाई कुटपिट गर्ने, अयोग्य छोराछोरीलाई नियमावली परिवर्तन गरेर वा नक्कली प्रमाणपत्रका आधारमा उच्च शिक्षाको अवसर दिने, नियमावलीमाथि हस्तक्षेप गरेर भाई, छोराछोरी र नातागोतालाईलाई वँशजको आधारमा उपकूलपति र रजिष्ट्रार हुने अवसर सिर्जना गर्ने, विश्वविध्यालय भवनको निर्माणका साथसाथै आफू लगायत छोरी-ज्वाई, छोरा-बुहारीको भवन निर्माण गर्ने, गाडी किन्ने र बैँक ब्यालेन्स थुपार्नेहरु शिक्षाक्षेत्रका प्रमूख अपराधी हुन। शैक्षिक सँस्थाको विवेक र मर्यादा यस्ता अपराधीहरुले शिक्षण सँस्थामा रहुन्जेल कहिले उँधो लाग्न सक्दैन। मर्यादाहीन शिक्षालय र विश्वविध्यालयमानै शिक्षा-दिक्षाको साटो यौन शोषण हुने, यौन सँबन्धी विकृतिहरु बढने, कलिली छोरी उमेरका विध्यार्थिहरुलाई हात तान्दै फकाउँदै हिँडने, स्तन मुसार्ने, तिध्रामा धाप मार्ने जस्ता सँदिग्ध कृयाकलापको बढोत्तरी हुने गर्दछ। काठमाडौँ विश्वविध्यालयको उदाहरण हेर्ने हो भने त यहाँ यौन शोषकहरु मात्र मौलाएका छैनन, केही त खुलेहाम हत्या जस्तो अमानवीय कार्यमा पनि सँलग्न देखिन्छन। काठमाडौँ विश्वविध्यालयको उदाहरणलाई अगाडी राखेर हेर्ने हो भने नेपालका शिक्षा क्षेत्रमा मौलाएका विकृतिहरु निम्न बमोजिम छन;
२।१) यौन विकृति: काठमाडौँ विश्वविध्यालयका सँबन्धमा यस ब्लगमा हाल सम्म गरिएका चर्चा र परिचर्चामा नसमेटीएको यो विषय नितान्त वैयक्तिक मात्र होईन अत्यन्त सँवेदनशील पनि छ। विश्वविध्यालयको छबिलाई धूमिल गर्ने क्षमता बोकेको यस विषयले धेरै अभिभावकहरुलाई चिन्तित गर्नु स्वाभाविक पनि छ। तर विकृतिलाई उजागर नगर्ने हो र त्यतिकै दबाउने हो भने विकृति झन मौलाउन सक्छ। नेपालको शिक्षाक्षेत्रले नयाँ नेपालको विध्यालय-विश्वविध्यालयमा यौन विकृतिलाई कम गर्ने हेतुले आवश्यक आचार-सँहिता र नियमावली बनाउन सजिलो होस भन्ने आशयले यहाँ यसको चर्चा गरिएको छ।
काठमाडौँ विश्वविध्यालयमा यौन विकृति बढनु र यौन शोषणमा शिक्षकहरु-प्राध्यापकहरु सँलग्न हुनुको प्रमूख कारण वर्तमान उपकूलपति प्रा.डा. सुरेश राज शर्मा नै हुन । २०१३ सालमा खाली हात काठमाडौँ छिरेका यिनले शिक्षण पेशालाई माध्यम बनाएर आर्थिक उन्नती मात्र हासिल गरेका छैनन, आफ्नो यौन क्षुधा पनि धेरै पुरा गरेका छन। आफ्नै विध्यार्थिको यौन शोषण गर्दै पछि सामाजिक लोक-लाजका कारण बिहे गर्न बाध्य भएका यिनका विगत जानेकाहरु यिनी होउन्जेल काठमाडौँ विश्वविध्यालयमा यौनजन्य विकृति जहिले पनि बढने ठोकुवा गर्छन। कुनै शिक्षक-कर्मचारीलाई छात्राहरुसँग विवाहपूर्व, विवाहोत्तर सँबन्ध राख्दा र राख्न बाध्य बनाउँदा पनि काठमाडौँ विश्वविध्यालयले कहिले कार्यवाही गर्न सक्दैनन। "सुरेश राजले गर्न हुने, हामीले नहुने?" जस्ता तयारी जवाफ दिँदै ईन्जीनियरिँग विभागका कार्की थरका एक शिक्षकले नेपालका एक प्रसिद्ध उपन्यासकारकी नातिनीमाथि धावा बोलेका थिए। केटीकै मामिलामा सन १९९६ मा विध्यार्थिको पिटाई भेिटसकेका यिनले उक्त छात्रका ब्याईफ्रेन्डबाट झन्डै दोहोरो पिटाई खान लागेका थिए। रजिष्ट्रार सीताराम र उनका सँदिग्ध चरित्रका छोरा वृजेश अधिकारीको दलाली गर्ने यि कार्की थरका शिक्षकले विश्वविध्यालयमा आफु जतिसुकै दुङदुङति गनाएता पनि सीतारामका अनुचित काममा सघाउ पुर्याउने गरेका कारण नक्कली प्रमाणपत्रका आधारमा आफ्नै सहोदर भाईलाई ईलेक्ट्रिकल ईन्जिनियर बनाउन समेत भ्याएका छन ।
सुरेश राजका भाई पर्ने र बुढी श्रीमतिका अगाडी उमेर मिलाउन लामा-लामा दार्ही पाल्ने एक अर्का शीक्षकको प्रेम-कहानी त झन रोचक छ। शिक्षकले पढाएर मात्र हुन्छ र रिसर्च गर्नु पर्छ भन्दै कुर्लँदै हिँडने यिनी हरेक दिन विश्वविध्यालयमा साँझ अबेर सम्म बस्ने गर्थे। पछि आफु भन्दा जेठी विभागिय प्रमूखलाई नै श्रीमति बनाए पछि भने धेरैले यीनको रिसर्च कुन शास्त्रमा रहेछ भन्ने भेउ पाएका थिए। आफ्नै मार्गमा लागेका कारण सुरेश राजले यिनी र यिनकी श्रीमतिलाई लामो तलबी बिदा मात्र दिएनन, विश्वविध्यालयमा पटक-पटक पदोन्नति पनि दिएका थिए। एस.एल.सी. पास नगरेकी बहिनीलाई पोईल जान सिकाउने "नातावादी" काममा नाम कमाएका अर्याल थरका शिक्षकका प्रमूख गुरु यिनी का.वि. आन्दोलनमा सँलग्न सबैका चरित्र हत्या गर्दै हिँडने गरेका छन। विभागिय प्रमूखको सोफामा लागेको "सेतो दाग"लाई केमिकल रिएजेन्ट पोख्यो भन्दै हिँडने यिनका चरित्रका बखान यिनकै ल्याब-ब्बाईहरु अझै गर्दैछन।
चापागाँई थरका डिनको यौन चर्तिकलाले ईन्जीनियरिँगका शिक्षकहरुलाई एकताका धेरै रमाईलो दिएको थियो। म्यानेजमेन्टका शिक्षक यिनलाई सुरेश राजले चिप्लो बोलीकै कारण विना पि.एचडी. प्राध्यापक मात्र बनाएनन, डीनकै पगरी पनि गुथाईदिएका थिए। छोराले जापानमा लाखौँ कमाउँछ, म केयुको सानो क्वार्टरमा किन बस्ने भन्ने यिनको रडाकोको कारण विश्वविध्यालयले सुरेश राजका मतियार बेल प्रसादका नातेदारको सिँगो घरनै तिसौँ हजारको भाडा तिरेर यिनलाई धुलिखेलमा राखेका थिए। विश्वविध्यालयको व्यवस्थापन सुधार्न राखेका यिनको काम भने पियन र अफिस सहायकका रुपमा कार्यरत महिला कर्मचारीलाई अफिस आवर पछि सँगै टाँस्दै फोटोकपी गर्न सिकाउने, कम्प्युटरमा टाईप गर्न सिकाउने र फ्याक्स गर्न सिकाउने जस्ता काममा ब्यतित हुन्थ्यो। धूलिखेल क्वार्टरमै बसिरहेका ईन्जिनियरिँगका एक शिक्षक पाँचबजेपछि डिनले किन बोलाएछ भन्दै हडबडाउँदै यिनको कोठामा पस्दा खेरी यिनी उल्टो हडबडाउन पुगेका थिए। कारण थियो, यिनले शिक्षकलाई बोलाएको कुरा बिर्सेका रहेछन र अब विभागमा कोही छैन भन्दै पियनलाई आफ्नै कुर्सीमा राख्दै पछाडी बाट दुबै हात अगाडी बढाउँदै केही सिकाउँदै थिए। एकोहोरो तरिकाले रमाईको कुरा सिकाउँदै गरेका कारणनै यिनि हडबडाएका हुन भन्ने कुरा पछि सँबन्धित शिक्षकले अन्य साथिहरुलाई सुनाएका थिए। रँगेहात समाते पछि ब्लड प्रेसर बढेको बहानामा मुटुको बेथा देखाउँदै यिनले पछि डिनबाट राजीनामा दिएका थिए ।
काठमाडौँ विश्वविध्यलयमा हुने शोषण कक्षा कोठा, लाईब्रेरी र डीनका कार्यालय सम्ममा सिमित छैनन। काठमाडौँ विश्वविध्यालयको स्टाफ क्वार्टर त्यसमा पनि काविको लाखौँ रकम खर्च गरेर तयारी गरिएको रजिष्ट्रार क्वार्टरमा पनि यस्ता कृयाकलाप हुन गएका छन। तत्कालीन रजिष्ट्रार सीताराम अधिकारीले धुलिखेल क्याम्पसमै अति सुविधाजनक क्वार्टर राखेका थिए। यीनका राजनितिज्ञ र कानूनची भाई-भतिजाको जाँडपानी गर्ने र राजनैतिक अखाडाबाजीको स्थानको रुपमा सो क्वार्टरमा सीताराम पुत्र बृजेश अधिकारी पुग्ने हो भने विषयवस्तु अलिक फरक हुने गर्दछ। विश्वविध्यालयकै पियनको प्रयोग गर्दै भान्सा ज्युनार गर्ने वृजेश अधिकारी नशाले मात्तिएका बेलामा विश्वविध्यालयकै कर्मचारी माथि पनि हात-पात गर्न पुग्छन। चाटुकार चम्चेले भरिएका जाँड सभामा त निमुखा गरिव कर्मचारीका गोलाईको व्यास र अर्धव्यासको चुटकिला सुनाउँछन। विश्वविध्यालयमा "जागीर" खान बाध्य पियनहरुलाई यीनका क्वार्टरमा भान्सातयारीमा प्रत्यक्ष श्रम शोषण त गरिएकै छ, र वृजेशजीकै कुरा सुन्ने हो भने श्रीमति रहित अवस्तामा नशामा धुत रहेका बेलामा यीनले यौन शोषण गरेका छैनन भन्न सकिन्न। केयुका पारसका रुपमा चिनिएका यी महापुरुषका सँबन्धमा कस्ले उजुरी हाल्ने? जागीर बाट हात धुने अवस्था रहेकै कारण रजिष्ट्रार सीताराम र पुत्रद्वयका चरित्रहीन कृयाकलाप गरिब नेपाली महिला कर्मचारीले सहेर बसेका छन।
विध्यार्थिलाई फकाउने, राशलीला मच्चाउने, यौन चर्तिकलामा रमाउने र यौन जन्य विकृतिमा शिकार भएकाहरुले गर्ने ठूलो अपराध भने आफ्ना अनुचित कर्मलाई लुकाउन अन्यमाथि लान्छना लगाउने काम हुन गएको देखिन्छ। सुरेश राजका अाजिवन दास डा. पुष्पराज अधिकारीका आफ्नै तरुनी छोरी छन। तर पनि यिनी "केयुका स्टुडेन्टहरु खत्तम छन, सर, मलाई म्याथमा पास गरिदिनुस, म जे पनि गर्छु भन्छन यहाँका गर्ल्स स्टुडेन्टहरु" भन्दै हिँडछन। यिनले पढाएका विषयमा CGPA नपुगेपछि डिग्री नपाउने भएकी एक छात्राले यिनीसँग यौन सँबन्ध राख्न आफू तयार रहेकी छु भन्ने आशयले कुरा गर्यो भन्ने यिनको आशय रहेको देखिन्छ। के केयुका विध्यार्थिहरु यति खत्तम होलान त? निसन्देह, विध्यार्थिप्रति यिनका मनमा रहेका कुभावनाकै कारण यिनले विध्यार्थिका सरल उदगारको गलत अर्थ लगाएको देखिन्छ। यस्तै, समय-समयमा "मैले त झुक्केँ भन्दै, फलानाको स्तन समातेँ नी" भन्ने शिक्षकहरु पनि का. वि. मा नदेखिएका होइनन। आफुले प्रयत्न गर्दा पनि कुनै राम्री छात्राले भाउ दिएनन भने", फलानी त गाँजा तान्छे, बसमै फलानो सँग सुतेछ" भन्ने जस्ता भनाईहरु काठमाडौँ विश्वविध्यालयमा आमरुपमा सुन्न पाईन्छ।
कार्यालय-विश्वविध्यालयमा यस्ता कृयाकलापमा नाम चलेका प्रमूख पात्र भने "ट्वाईलेट पेपर" भद्रमान तुलाधर नै हुन। डेनियल तुलाधरकी दिवगँत आमाले धरानमा सुरेश राजको दलाली गर्न शुरु गर्दा यिनलाई भ्रष्टाचारमा नलागीकन बस्न र बरु मासु पसल थापेर पैसा कमाउनु पर्छ भन्ने कुरा भन्ने गरेकी थिइन। स्वच्छ विक्रेता बन्नु भन्दा प्राज्ञिक बगरे बन्नु वेश ठान्ने यिनले पछि श्रीमतिको किचकिचका कारण श्रीमतिलाई कुनै अौषधोपचार नगरिकनै मर्न बाध्य बनाएका थिए। केयुका लागी मैले श्रीमतिको त उपचार गर्न भ्याईन भन्ने यिनको "उच्च विचार"ले तब हावा खान पुगेका थिए, जब यिनले श्रीमतिको निधन लगतै बस्टी पूर्व प्रेमीकालाई श्रीमति बनाएका थिए। धुलिखेल क्वार्टरमा यीनको बेडमा स्प्रिँग राख्नु पर्यो भन्दै मेकानिकलका कर्मचारीलाई अर्हाउँदा धेरै कर्मचारीहरले यिनि कतिको ऊफ्रन्छन त भन्ने भेउ पाएका थिए। क्वार्टर बाहेक परिक्षा नियन्त्रणको कार्यलयमा शनिवार र आईतवार कुनै कर्मचारी नभएका बेलामा बस्टी पूर्वप्रेमीका तथा वर्तमान श्रीमतिसँगै उफ्रेको कुरामा का.वि.का गार्डहरु निश्चित छन।
काठमाडौँ विश्वविध्यालयलाई केश स्टडीका रुपमा लिने हो भने यहाँ हुने यौन शोषण पनि दुई प्रकारका छन; (१) क्विड प्रो क्वो (कुनै चिज हासील गर्ने यौन सुखको आदान प्रदान) र (२) प्रतिकूल अवस्था जहाँ महिलाहरु धम्काईन्छन र अधिकारबाट वँचित गर्छन। छात्रालाई धम्क्याउनु, प्रेम प्रस्ताव राख्नु र नमान्दा अनुतिर्ण गर्ने, ग्रेडमा धाँधली गर्ने जस्ता कामहरु "प्रतिकूल अवस्था"का उदाहरण हो भने प्रेम प्रसँग रच्नु, केही सिकाउँछु भन्दै यौन शोषण गर्नु र घरमा खाना पकाएपछि त स्वास्नी जस्तै भईहाल्यो भन्दै यौन क्षुधा शान्त गर्नु "क्विड प्रो क्वो"का उदाहरणहरु हुन। काठमाडौँ विश्वविध्यालयभित्रका रहेको यौन शोषणका यी रुपले टडकारो रुपमा नयाँ नेपालका विध्यालय-विश्वविध्यालयहरुमा स्वच्छ छवि भएका व्यक्तिहरु मात्र प्रमूख प्रशासकका रुपमा रहनु आवश्यक देखाउँछ भने नीतिगत रुपमै पनि हस्तक्षेप गर्न आवश्यक छ। सुरेश राज शर्मा जस्ता यौन दुराचारी छवि भएका व्यक्ति प्रमूख प्रशासकका रुपमा रहँदा विश्वविध्यालयहरुमा हुने गरेका यौन शोषणका घटनाहरु नेपालका विश्वविध्यालयहरुबाट निर्मूल गर्ने हो निम्न बमोजिमका यौनजन्य विकृतिहरुको निर्क्योल गर्नु पर्छ र तीनका उन्मूलनका लागी ऐन-नियम तर्जुमा गर्नु पर्छ;
क ) छात्राहरुलाई अनुचित दबावका साथ प्रेम-प्रसँगका कुराहरु
ख) पास गर्ने् प्रलोभन वा फेल गर्ने धम्कीका साथ यौन शोषण
ग) झुक्केर ठोक्कियो, समातियो भन्ने जस्ता अप्रत्यक्ष ढँगका सेक्सुअल हारासमेन्ट
घ) नयाँ कुरा सिकाउँछु भन्दै सिकाउने बहानामा तल्लो तहका महिला कर्मचारीको यौन शोषण
ङ) पदको दुरुपयोग गर्दै तल्लो तहका महिला कर्मचारीको अस्मितामाथि खेलवाड
च) पदको दुरुपयोग गर्दै तल्लो तहका महिला कर्मचारीलाई भान्छेको रुपमा प्रयोग गर्दै गरिने यौन शोषण
छ) दवाव, धम्की र प्रलोभनमा नफस्ने छात्रा, महिला कर्मचारीहरुका विरुद्ध विष बमन र चरित्र हत्या
ज) आफ्ना कु-कृत्यका विरोध गर्ने सिद्धान्तवादी शिक्षक-कर्मचारीका विरुद्ध विष बमन र चरित्र हत्या
आगामी सँविधान सभाले नयाँ नेपालको शिक्षा नीतिमा यस्ता विकृतिहरुलाई हटाउने कानून र निर्देशिकाहरु बनाउनु पर्छ। व्यक्तिगत प्रोफाईल हेरेर स्वच्छ छवि भएकाहरुलाई मात्र विश्वविध्यालयको प्रशासकिय पदमा नियुक्त गर्ने, पुन:नियुक्ति दिने नियम प्रचलनमा ल्याईनु पर्छ।
२।२) जातीय भेदभाव र साम्प्रदायिकता : सम्पन्न र सचेत परिवारका सदस्यहरु अध्ययनरत रहने काठमाडौँ विश्वविध्यालय धेरै युवा पुस्ताको गन्तव्य हो। खुला परिवेश, स्वच्छ वातावरण र प्राकृतिक छटाले गर्दा धुलिखेल क्याम्पसले धेरैलाई मोहनी लगाएको छ। तर, दु:खको कुरा यस विश्वविध्यालयमा अध्यापन गर्ने र प्रशासन चलाउनेहरुमा भने वातावरणमा रहेको जतिको स्वच्छता भेटिन्न। बाहिरी वातावरणले पनि मािनसहरु प्रभावित हुन्छन र स्वच्छ जीवन पद्धति अँगाल्छन। पद र प्रतिष्ठाका लागी गुलामी गर्नेे, दमन गर्नेे र गुन्डागर्दी गर्ने काममा स्वच्छ मान्छेहरु कमै लाग्छन। तर, जीवन दर्शन नै कटुता, घृणा र लोभ-लालच बनाएकाहरु भने जतिसुकै शान्त वातावरणमा बसे पनि अशान्त नै हुने रहेछन। काठमाडौँ विश्वविध्यालयका उप-कूलपति सुरेश राज शर्मा, तत्कालीन रजिष्ट्रार सीताराम अधिकारी, वर्तमान रजिष्ट्रार भद्रमान तुलाधर र स्कूल अफ ईन्जीनियरिँगका डीन भोला थापाले कर्तव्यनिष्ठ दलित कर्मचारीलाई गरेको व्यवहारले जनाउने कुरा हो यो । साँगठानिक अधिकारका लागी कुरा गर्न जाँदा कुराकानी राम्रै ढँगले गर्न सकिन्थ्यो। राजनैतिक विकृति बढला भनेर सम्झाउन सकिन्थ्यो। समझदार कर्मचारीले समझदारीलाई शान्ति पूर्वक नै ग्रहण गर्ने गर्छन। तर, समझदारी देखाउनुको साटो हेय जातीय विशेषण प्रयोग गर्ने, जागीर बाट निकालिदिन्छु भन्ने र अन्य कसैको हवाला दिँदै बदनाम गरिदिन्छु भन्ने जस्ता कुराहरुमा काठमाडौँ विश्वविध्यालयका उपकूलपति लगायतका सम्पूर्ण जिम्मेवार पदाधिकारीहरु सँलग्न हुन पुगे। फलस्वरुप चरम घृणा र आत्मसम्मानमा अत्यन्त गहिरो चोट पुग्न गएका कारण स्व. बुद्धि वहादुर विश्वकर्माले आफ्नो जीवन त्याग्न पुगे।
मृतकका श्रीमतिले दिएको जाहेरी बयानमा उक्त अपराधमा सँलग्न रजिष्ट्रार र डीन भोला थापाको नाम किटानीका साथ उल्लेख गरिएका छन। मृत्यु अगाडी काविका पदाधिकारीहरुलाई भेटन गएको र भेट पछि घर फर्कदा अत्यन्त दु;खित देखिएका बुद्धि वहादुर माथि नराम्रो दुर्वचनका साथ-साथै अपमानिन हुने तवरले धम्की दिएको थियो। मृतककी श्रीमतिको बयान र बुद्धि वहादुरको देहावसान पश्चात डरका कारणले भोला थापा काविमा केही दिन अनुपस्थिति हुनुले यिनी लगायत कावि प्रशासन पूर्ण रुपमा दलितलाई दबाउने अपराधमा लागेको स्पष्ट हुन्छ। २१औँ शताब्दीमा कुनै विश्वविध्यालयमा एक कर्मठ कर्मचारीलाई जातीय लान्छना लगाई मर्न बाध्य पार्ने कदम कुनै हालतमा पनि क्षम्य होईन। प्रहरी प्रशासनले यस मामिलामा इमान्दारीता पूर्वक छानबिन गर्ने हो भने भोला थापा देखि सुरेश राज शर्मा समेत अपराधी ठहरिन सक्छन। अपराधलाई जसरी पनि लुकाउन सुरेश राज शर्मा र तीनका मतियारले प्रशासनलाई प्रभावित गर्ने, मृतककै सँबन्धमा भ्रम फैलाउने, मृतककी दु;खीत श्रीमतिको चरित्रमा हिलो छ्याप्ने र मृतकले आत्महत्या यौन दुर्बलताका कारण उत्पन्न आत्मग्लानी र विषादले गरेका हुन भन्ने जस्ता मिथ्या प्रचारमा लाग्न पुगे। सुरेश राजले पैसा ख्वाउन सक्ने, मेडिसिन, कम्प्युटर लगायत ईन्जिनियरिँगमा भर्ना दिन सक्ने कारणले गर्दा प्रहरी, प्रशासन लगायत राज्यको चौथो अँग पत्रकारीता जगतले समेत यस प्रकरणका सँबन्धमा बोलेनन र चासो राखेनन। फलस्वरुप, सुरेश राज शर्मा प्रशासन अहिले यस प्रकरणलाई त्यतिकै दबाउने प्रयासमा लागेका छन।
बुद्धि वहादुर कान्डलाई विरोधीले उछालेको र "विकासवादी" सुरेस राज शर्मालाई बदनाम गर्न चालेको कदम भनेर तिनका समर्थक र दलालहरु कुर्लने गर्दछन। तर, काठमाडौँ विश्वविध्यालयलाई राम्रो तवरले बुझेकाहरु भने यो एउटा सँस्कृति बनेको कुरामा निश्चित छन। काठमाडौँ विश्वविध्यालयमा स्कूल अफ साईन्सका डीनका रुपमा कार्यरत रहँदा जेहेन्दार नेपालीहरु धेरैलाई प्रा.डा. सुरेन्द्र राज काफ्लेले साईन्सका शिक्षकका रुपमा छनौट गरेका थिए। यसरी छानिएका अधिकाँसमा तराई-मधेशका सम्मानित शिक्षकहरु परेका थिए। नेपालको विश्वविध्यालयमा कुनै नेपालीले विना भेदभाव अध्यापन-प्राध्यापन गर्न पाउने नैसर्गिक अधिकार छ। तर, शिक्षकहरुमाझ अलोकप्रिय प्रशासकहरु डा. पुष्पराज अधिकारी, डा. भद्रमान तुलाधर, सीताराम अधिकारी, लगायत मुकुन्द र उप-कूलपति सुरेश राज भने मधेशीहरु केयुमा बढे भनेर निक्कै चिन्तित हुने गर्दथे। कदाचित कुनै मधेशी शिक्षक बिरामी वा अन्य कारणले अनुपस्थित रहँदा र कक्षा सँचालन गर्न नसक्दा "यो सब काफ्लेको करामत हो। मधेशीहरु हुलेर काफ्लेले केयुको दुर्गति गर्यो" भन्ने जस्ता उदगारहरु यिनिहरु व्यक्त गर्दथे। मधेशमै घर बनाएर बसेका पहाडी सुरेश राजहरु मधेशीहरु माथि कतिको घृणा गर्छन भन्ने कुराको प्रमाण हो यो। काठमाडौँ विश्वविध्यालयमा साम्प्रदायिकता छैन भन्नेहरुका लागी चोटीलो जवाफ हो यो।
मधेशी शिक्षक विरोधि भावना र बुद्धि वहादुर विश्वकर्मा मृत्यु प्रकरणले नेपालको उच्च-शिक्षामा जातीय भेदभावलाई २१औँ शताब्दीमा निसँकोच प्रयोग गर्ने मान्छेहरु रहेको स्पष्ट पार्छ । दुर्गम पहाडी जिल्ला र सुदुर तराई-मधेशका समाजमा समेत नपच्ने घटनाहरु समानता र न्यायको प्रतिमूर्तिका रुपमा रहने विश्वविध्यालयहरुमा भएका छन। सुरेश राज शर्मा जस्ता घृणीत पात्रको दलाली गर्नकै लागी दलितलाई मर्न बाध्य गर्ने घटनाले समानता प्रेमी सबै नेपालीको शीर झुक्न पुगेको छ। नयाँ नेपालका शिक्षालयहरुमा पनि यीनै प्रवृतिको निरन्तरता रहने हो भने विकृत नेपाल बन्ने कुरा निश्चित छ। तसर्थ, आगामी सँविधान सभाले शिक्षण सँस्थामा जातीय भेदभाव हटाउन र साम्प्रदायीक सोच रोक्न निम्नकुराहरु नियममा उल्लेख गर्न पर्छ;
क) नेपालका विश्वविध्यालयहरुमा जातीयता र पहाड-मधेशको विभाजन बढाउने सोचमा रोक।
ख) साम्प्रदायीक भावनाले ग्रस्त चिन्तन बोकेकाहरुलाई प्रशासक-प्राध्यापक बन्नमा रोक।
ग) नेपालका विश्वविध्यालयहरुलाई भावनात्मक एकताको सँगम स्थल बनाउनु पर्ने।
घ) मधेशी-दलित-जनजाती र महिला उत्पिडनमा लागेकाहरुको विश्वविध्यालय सेवा प्रवेशमा रोक।
च) जातीय कुवचन प्रयोग गर्दै अन्यलाई अपमान गर्नेहरुको बर्खास्तगी र कानूनी कार्यवाहीको बाटोको जोहो।
छ) पावर ह्यारेसमेन्ट गर्दै आत्महत्या गर्न बाध्य गर्नेहरुमाथि "हत्याको"आरोपमा कानूनी कार्यवाहीको प्रावधान।
२।३) भ्रष्टाचार र नातावाद : काठमाडौँ विश्वविध्यालयले त्रिभूवन विश्वविध्यालयलाई उछिन्ने विषयवस्तुमा भ्रष्टाचार र नातावाद नै आईपर्छ। सुरेश राज शर्माको भ्रष्टाचार र नातावादले गर्दा नै काठमाडौँ विश्वविध्यालयमा यौन शोषण देखी दलित हत्या जस्ता जघन्य अपराध हुने गरेका छन। नमरुन्जेल उप-कूलपति हुने ध्याउन्नमा लागेका सुरेश राजलाई समर्थकको ठूलो खाँचो छ। फलस्वरुप, आफ्ना समर्थक र प्रशँसकहरुका अपराधमाथि आँखा चिम्लिने मात्र होईन, कुनै खूँखार अपराधीले नै हामी तपाँईका समर्थक हौँ मात्र भन्ने हो भने पनि सुरेश राजले उनलाई प्राज्ञिक लेपन नलगाउला भन्ने छैन। सुरेश राजको चरम पदलोलुपताले सिर्जीत यावत समस्याहरुमा सबभन्दा ठूलो समस्या नै भ्रष्टाचार र नातावाद हो। सुरेश राजले गरेका भ्रष्टाचारहरु अहिले नेपालको प्राज्ञिक क्षेत्रमा एउटा नजीरका रुपमा स्थापित छ। ट्वाईलेट पेपरको रोल किन्दा भ्रष्टाचार गर्ने देखी लिएर भी-स्याटको खरीदमा समेत भ्रष्टाचार भएको छ। क्यान्टीनमा भ्रष्टाचार छ भने, बस सँचालनमा भ्रष्टाचार छ। रिटेनिँग वाल बनाउँदा खेरी भ्रष्टाचार भएको छ भने रिसोर्ट खरीदमा भ्रष्टाचार भएको छ। फार्मेशी भबन भन्दा भ्रष्टाचार छ भने म्यानेजमेन्ट भवन बन्दा पनि भ्रष्टाचार छ। भ्रष्टाचार कहाँ-कहाँ छ भनेर काविमा खोज्नु भन्दा भ्रष्टाचार काविमा कहाँ छैन भनेर खोज्नु अहिले अत्यावश्यक हुन गएको छ।
यत्रो ठूलो परिणाम र यति लामो अवधिसम्म भ्रष्टाचार हुनु र भ्रष्टाचारीहरु कुनै कार्यवाहीमा नपर्नु तर उल्टो बर्षैपिच्छै पदोन्नती पाउँदै जानुले हामी कतै न कतै चुकेको सँकेत दिन्छ। स्वचालित तवरले भईरहको भ्रष्टाचार सँस्थागत मात्र होईन नियमबद्ध तरिकाले भईरहेको छ। काठमाडौँ विश्वविध्यालयमा रेकर्ड देखी सबै गोपनिय कुराहरु भ्रष्टाचारीहरुकै हातमा छ। फलस्वरुप कतै कुनै कुरा चुहिएको छैन र कतै भ्रष्टाचार गरिएको देखीएको छैन। के अब विश्वविध्यालयमा हुने भ्रष्टाचार बन्द गर्न नसकिएला त? के भ्रष्टाचारीहरुलाई पाता फर्काएर कार्यवाही गर्न नसकिएला त? आगामी सँविधान सभाका लागी काठमाडौँ विश्वविध्यालयले तेर्स्याएको प्रश्न हो यो। काठमाडौँ विश्वविध्यालयमा रहेको भ्रष्टाचारहरुलाई हेर्ने हो भने नेपालमा खुम बहादुर, गोविन्द राज, भीम रावलहरु राजनैतिक दलमा मात्र होईनन, प्राज्ञिक क्षेत्रमा समेत रहेको देखिन्छ। प्राज्ञिक क्षेत्रका खुम, गोविन्द र भीमहरुलाई के आगामी सँविधान सभाले रोक्न सक्ला त? प्रश्न टडकारो छ किनभने आगामी सँविधान सभामा जानका लागी अरु भन्दा यीनै भ्रष्टहरु लालायित छन र भोटका लागी आमसभा गर्दै छन। भ्रष्ट गतिविधिलाई नेपालीहरुले मन नपराईरहेको बेलामा भने केही आशा जाग्न पुगेको छ। भ्रष्टहरु आगामी सँविधान सभामा पुग्दैनन र पराजित हुनेछन भन्ने एउटा आकलन छ। त्यसकारण, आगामी सँविधान सभाले प्राज्ञिक क्षेत्रमा हुने/भईरहेका भ्रष्टाचारहरुका सँबन्धमा पनि सोच्ने छ भन्ने हाम्रो आशा छ। तसर्थ, भोलीको सँविधान सभाले नयाँ नेपालमा प्राज्ञिक मूल्य-मान्यतालाई जगाउने हो भने निम्न बमोजीमका कदमहरु चालिनु पर्छ।
क) कुनै पनि विश्वविध्यालयमा उप-कूलपति/रजिष्ट्रार बढीमा २ पदावधीसम्म कार्यरत रहन सक्ने प्रावधान।
ख) विश्वविध्यालयको उप-कूलपति/रजिष्ट्रारमा नियुक्त हुने महानुभावहरु मर्यादाशील हुनु पर्ने।
ग) ट्युशन पढाएर बानेश्वरमा घर बनाए भन्ने, शाही औषधी विभागमा मोज गरेँ भन्नेहरु प्राज्ञका लागी अनुपयुक्त ठहर गर्नु पर्ने।
घ) आफ्नै विध्यार्थिसँग यौन सँबन्ध राख्ने र पछि लोकलाजको भयका कारण बिहे गर्दै सामाजिक मान्यता पाउन खोज्ने यौन अपराधीहरुलाई निषेध गर्नु पर्ने।
ङ) छोरा-छोरीको उच्चशिक्षाका लागी स्थापित नियमलाई तोडनेहरु स्वत: अवकाशमा जाने।
च) नातावादको प्रयोगका लागी प्रशीक्षार्थिका रुपमा छोरा-छोरी, भाई-बहिनीलाई सेवा प्रवेश गराउन खोज्नेहरुलाई स्वतः अवकाशको प्रावधान।
छ) नातेदार, दलाल, चाटुकारहरुलाई अनुपयुक्त सुविधा दिईएमा स्वत: अवकाश।
ज) छोरा-छोरी, भाई-भतिजालाई जिताउन अन्य कर्मचारीलाई बदनाम गर्ने, पीडा दिनेहरुलाई स्वत: अवकाश।
झ) षडयन्त्रकारी कुशल खेलाडीहरुलाई प्राज्ञिक क्षेत्रमा प्रवेश निषेध
ञ) प्राज्ञिक-प्रशासनिक पदमा बस्नेहरुले वर्सेनी सम्पत्ति विवरण बुझाउनु पर्ने।
ट) प्राज्ञिक-प्रशासनिक पदमा बस्नेहरुले वर्सेनी ३ पुस्ते सम्पत्ति विवरण बुझाउनु पर्ने।
ठ) भवन-निर्माण र ठेक्का पट्टामा प्रशासकका नातेदारहरुले स्वत: प्रतिस्पर्धा गर्न नपाउने।
द) विश्वविध्यालय सेवामा रहुन्जेल कुनै उप-कूलपति/रजिष्ट्रारले छोरा-छोरी, भाई-भतिजालाई सँबन्धित विश्वविध्यालयमा नियम विपरीत अवसर दिन नपाईने।
३) निचोड: काठमाडौँ विश्वविध्यालयमा भईरहेका यौन शोषण, जातीय विभेद, साम्प्रदायीकरण र नातावाद-भ्रष्टाचार नेपालको प्राज्ञिक क्षेत्रका लागी आँखा खोल्न काफी छ। त्रिभूवन विश्वविध्यालयको तुलनामा काठमाडौँ विश्वविध्यालयमा यी घटनाहरु किन भईरहेका छन भन्ने हेर्ने हो भने त्यसका पछाडी एउटै कारण भेट्टाईन सकिन्छ-त्यो हो कर्मचारी, शिक्षक र विध्यार्थि वर्गले उचित अधिकार नपाउनु। सानो घटनामा पनि विध्यार्थि र प्राध्यापकहरु मूखरित हुन सक्ने अवस्था त्रिभूवन विश्वविध्यालयमा छ। तर, काठमाडौँ विश्वविध्यालयमा भने घोर अत्याचारको शान्तिपूर्ण विरोध गर्दा पनि राजनीति गरेको आरोपमा विभागीय कार्यवाहीमा पर्ने, ग्रेड रोक्का हुने, फेल गरिने, प्रशासन द्वारा पालिएका स्थानिय गुन्डा जमातको साँघातिक हमलामा पर्ने तथा हत्याकै शिकार हुनु पर्ने अवस्था छ। काठमाडौँ विश्वविध्यालयमा विकासका नाममा यौन शोषक, साम्प्रदायीक, नातावादी, भ्रष्टाचारी सुरेश राज शर्मालाई एकछत्र राज गर्ने मौका दिइएकै कारण र केही आर्थिक लोभले यीनलाई निरन्तरता दिने नेपाली नेताहरुका कारण नेपालको उच्च शिक्षामा यो कालो धब्बा लाग्न पुगेको हो। नयाँ नेपाल बनाउने जँघारमा आईपुग्दा सम्पूर्ण नेपालीले अब केही न केही सोच्नै पर्छ। सँविधान सभामा प्रत्यासी रहेकाहरुमा को-को यथास्थितिवादका समर्थक छन र को-को परिवर्तन चाहन्छन, ठम्याउनु जरूरी छ। प्राज्ञिक क्षेत्रमा हुने यौन शोषण, दुराचार, हत्या, गुन्डागर्दी, नातावाद र भ्रष्टाचारका विरुद्धमा प्रत्याशीहरुका विचार के हो बुझ्नु अत्यन्त आवश्यक छ। नेपालको शिक्षा नीतिलाई नयाँ दिशा दिने र सुरेश राज जस्ताका कुकृत्यलाई मलजल नगरी कार्यवाही गर्न सक्ने नीति निर्माणका लागी प्रत्यासीहरुबाट प्रत्याभूति लिनु आवश्यक छ। सँविधान सभाले नेपालको शिक्षा नीतिमा रहेका विकृतिहरुलाई हटाउने नीति नबनाउने हो भने राष्ट्र निर्माणको प्रमूख मियो नेपालको उच्च-शिक्षा भुत्ते बन्नेछ र विकृत नेपाल बन्नेछ।
४) सन्दर्भ सामाग्री:
क) Wend McElroy, "Understanding Sexual Harassment" Liberty Magazine, December 2001.
ख) Mark A. Whately, David T. Wasieleski, "The Incidence of Sexual Harassment in Academia: A Pilot Study",
Radical Pedagogy(2001)
ग) Riggs, Robert O. et al. "Sexual Harassment in Higher Education: from conflict to Community" Eric Digest
(http://www.ericdigests.org/1994/sexual.htm)
घ) Olugbenga Jelil Ladebo, "Sexual Harassment in Academia in Nigeria: How Real?",African Sociological Review, 7,(1), 2003.
ङ) Academia urged to undo the evil of casteism spread by politicians (Source:http://timesofindia.indiatimes.com/articleshow/407150.cms)
च) Caste colour to Varsity Blues (Source:http://x-cuseme.blogspot.com/2007/09/caste-colour-to-varsity-blues.html)
No comments:
Post a Comment