Thursday, December 18, 2008

शक्ति कपुर र सुरेश राज

सन २००५मा शक्ति कपुरले एउटा नचाहिने काम गर्न पुगेका थिए। रक्सीको मातले बेहोस यिनी एक छदमवेशी महिला पत्रकारको जालोमा परेका थिए। "तिमीले मैले भनेको जस्तो मानँ, म तिमीलाई बलिउडको टप हिरोईन बनाईदिन्छु" भन्दै शक्ति कपुरले रानी मुखर्जी देखी लिएर प्रीति जिन्टासम्म कसैसँग सुतेको कुरा गरेका थिए। घरबाट जवान छोरीले "पापा, व्हाट यु आर टल्किँग अबाउट सेक्स, एभरिवन ईज वाचिँग" भन्दै मोबाईलमा फोन गरेपछि शक्तीजीको होश खुलेको थियो। मलाई बदनाम गर्न यो षडयन्त्र रचेको हो, विपक्षी राजनीति पार्टीको षडयन्त्र हो भन्दै रुन-कराउन थालेका शक्ति कपुरलाई अहिले पनि धेरैले विश्वास गर्दैनन। आफ्नै समकक्षि महिलाहरुलाई बदनाम गर्ने, नाम चलेका निर्माता-निर्देशकहरुलाई यौन शोषक भन्ने कुरा सारा दुनियाँका अगाडी गरेपछि शक्ति कपुरले त एकहिसाबले प्रतिबन्ध नै भोगेका थिए। बेकाम भएर नै शक्ति कपुर अहिले नेपालमा आएका हुन। तर, हेर्नुस त आउन पाएका छैनन, सेक्स साईरन रेखा थापालाई तान्न भ्याईहाले।

भन्छन नी, "नानी देखी लागेको बानी" हटन गार्हो हुन्छ रे। शक्ति कपुरका सँबन्धमा सत्य प्रतीत यी कुराहरु काठमाडौँ विश्वविध्यालयका सुरेश राज शर्मामा लागु हुन्छ कि हुँदैन? घोरिएर सोचेँ मैले, र देख्छु शक्ति कपुर र सुरेश राजमा केही भिन्नताहरु छन र केही समानताहरु छन। शक्ति कपुरका सँबन्धमा हात तान्ने, सुमसुम्याउने, वक्षस्थलवरिपरि खेलाउँदै पुर्याउने काम निकै सामान्य काम हो। महिलाको शरिरलाई एउटा भोगको साधनको रुपमा हेर्ने भोगवादी सोचले ग्रस्त मान्छेहरु यसो गर्छन। यता काठमाडौँ विश्वविध्यालयमा भने परिक्षा शाखामा गरेका काम बाहेकका काममा पनि सुरेश राजले यस्तै केही सँकेत दिएका छन। सुरेश राजको लागी बुढानिलकन्ठ स्कूल, नयाँ शिक्षा योजना, भ्याली क्याम्पस र काठमाडौँ विश्वविध्यालय एउटा भोगको साधनका विविध रुपहरु मात्र हुन। हाकिम भै टोपल्दै भोग्ने काममा अभ्यस्त यिनी कहिले प्राज्ञिकताको वक्षस्थलमा नातावादी हात सुमसुम्याउँछन भने कहिले प्राज्ञिकताको गालामा भ्रष्टाचारी चुम्बन गर्न पुग्छन। कहिँ नबिकेका बक नफुटने लाटो भाईलाई मुख्य प्रशासक बनाउँदै प्राज्ञिकताको चिरहरण गर्न पुग्छन। प्राज्ञिकताको सुन्दर कायामा कुनै भाग छैन जहाँ सुरेश राजले बलात्कारी कुचेष्टा नगरेको होस। डेनीयल, मनिष, भोला, शरद, वृजेश, मुकुन्द, नभेन्द्र, कुमार देखी लिएर धेरै छन अहिले सुरेश राजको कुकर्मको प्रतिफलका रुपमा।

शक्ति कपुरले गरेका हरेक कामलाई सुरेश राजले गरेका छन। यिनिहरुमा रहेको टडकारो समानता भनेको रुन सक्ने विशेषता हो। शक्ति कपुर गल्ती आफै गर्छन तर पछि भन्छन-"त्यो दिन मलाई आत्महत्या गर्ने स्थितीमा पुर्याईदियो। मेरो जवान छोरा छन-छोरी छन, मेरो ईज्जत मिट्टीमा मिलाईदियो।" अपरिचितसँग सीधै यौन प्रस्ताव राख्ने मान्छेले यस्तो कुरा गर्नुको मतलब उनी रोईरहेका छन भन्नु वाहेक अरुकेही होईन। यस्तै, काठमाडौँ विश्वविध्यालयमा पनि गल्ती अरु कसैले गरेका छैनन। स्वयमं सुरेश राजले गरेका छन। सीताराम जस्तालाई बारम्बार रजिष्ट्रार हुने प्रस्ताव राख्नु भनेको विश्वविध्यालयमा भ्रष्टाचार र नातावादको एडस फैलाउनु हो। भ्रष्टाचार र नातावादको विरोध हुन थाले पछि भने" विकासवादीलाई पेल्न थाल्यो, काम गर्ने दिएन" भन्दै गलफति गर्नु भनेको रुनु सिवाय केही होईन। बिडम्बना के छ भने सुरेश राज रुँदाखेरी भने अरु कसैलाई आत्महत्या गर्न बाध्य गर्छन। यस बिन्दुमा सुरेश राज शर्मा भन्दा शक्ति कपुर केही नरम र मानविय गुणले भरिपूर्ण देखिन्छन। किनभने उनी "मलाई आत्महत्या गर्ने स्थितिमा पुर्याईदियो" भन्दै रुन्छन मात्र, कुनै वुद्धि बहादुरहरुलाई मृत्युवरण गर्ने स्थितिमा धकेल्दैनन।

सुरेश राज र शक्ति कपुरका बिचमा रहेको ठुलो विषमता भनेको आफ्नो शृजना र आफ्ना छोरा-छोरी प्रतिको सदभावले देखाउँच। शक्ति कपुर छोरीका आवाजले लज्जित हुन्छन, मरेतुल्य हुन्छन, सुरेश राज भने गर्भवती छोरीलाई "प्रोपोगान्डा मेशीनरी"को जिम्मा सुम्पँदै आफ्नो कुर्सीको बचाउका लागी छोरीलाई मृत्युका नजिक पुर्याईदिन्छन। जैविक शृजना बाहेकका शृजनामा पनि शक्ति कपुर निकै ईमान्दार देखिन्छन। आफ्नो कलाकारिता र आफ्नो शृजना आफ्नो गलत कृयाकलापले खन्डीत नहोस भन्दै शक्ति कपुर सबैसँग माफी माग्छन। "म मान्छे हुँ, म बाट गल्ती भयो, एकचोटी माफ गरिदेउ भन्दै" आफ्नो कलाकारीतालाई शक्ति कपुर जोगाउन चाहन्छन। उता सुरेश राज भने "म छैन भने-विश्वविध्यालय छैन, मेरो विरोधीहरु सबैलाई निकाल्छु-निकाल्छु" भन्दै राम्रा र असल पात्रहरुलाई धपाउँदै काविको तेजिलो क्वालिटीलाई धमिल्याउँदै छन। " म जान्छु, मलाई माफ गर्नुस, राम्रा शिक्षक-मित्रहरु काविका खाँचो हुन" भन्ने जस्ता कुराहरु सुरेश राजको मुखबाट अहिले सम्म निस्केको छैन। यसले के देखाउँछ भने, "काविको सँस्थापक-मै हुँ" भन्ने सुरेश राजमा आफ्नो सृजनाको निरन्तरता र सफलताप्रति कुनै चासो छैन।

No comments: