Tuesday, December 23, 2008

प्रचन्ड, सुरेश राज र मन प्रसाद

सुरेश राजको चरित्रको पुन: एक पटक पटाक्षेप हुँदैछ। प्राज्ञिक स्वतन्त्रताका लागी बोल्ने, नातावादको विरोध गर्ने र भ्रष्टाचारीहरुलाई कार्यवाहीको माग गर्नेहरुलाई सुरेश राजले जहिले पनि आफ्नो आक्रोशको शिकार बनाएका छन। बोरिस निरौला, चन्द्रकला शर्मा, सुभाष ढुङ्गेल, सुलोचना श्रेष्ठ, प्रभावती राजभण्डारी लगायतका प्रबुद्ध प्राध्यापक वर्गमाथिबाट प्राज्ञ र कर्मचारीहरुमाथि हमला गर्न थालेका सुरेश राजले आफ्नो रक्तप्यास अन्तत:गोत्वा बुद्धि बहादुर विश्वकर्माको जीवन हरेर बुझाउन पुगे। घनश्याम भट्ट जस्ता उपकूलपतिका आवश्यक प्राज्ञिक मर्यादा बोकेका व्यक्तित्वमाथि सार्वजनिक गालीगलौजमा उत्रने सुरेश राजले अनुप वर्मामाथि पनि कुदृष्टि लगाए। आफ्ना कुकृत्यका बिरुद्ध बोल्नेका विरुद्ध अनर्गल प्रचार, चरित्र-हत्या, र मानसिक तनाव दिने काम सुरेश राजले विश्वविध्यालय परिसर वा नेपालभित्र मात्र गरेका छैनन। विभिन्न देशमा कार्यरत, अध्ययनरत काठमाडौँ विश्वविध्यालयकै पूर्व छात्र-छात्राहरु तथा प्राध्यापकहरुलाई समेत सुरेश राजले आफ्ना आसेपासे, चम्चा, दलाल, भाँड, मन्डले एवम सँदिग्ध चरित्रहरुका प्रयोग गर्दै सकुन्जेल दु:ख दिने प्रयास गर्दै आएका छन। अहिले आएर भने सुरेश राज प्रचन्ड एवम अखिल क्रान्तिकारी दुबैप्रति आक्रामक देखिन्छन। अखिल क्रान्तिकारीले बैठक बस्न दिएन, प्रचन्ड मौन बसे भन्ने जस्ता कुराहरु सुरेश राजका डीन तथा नातेदार मन प्रसादले लेख्नुको स्पष्ट अर्थ हो सुरेश राज अहिले काठमाडौँ विश्वविध्यालयका कुलपतिकै विरुद्ध दुष्प्रचारमा व्यस्त छन।

सुरेश राजले टपक्क टिपेर बनाईएका डीन मन प्रसादका अधिकाँश लेखहरु सुरेश राज भक्तीमै सिमित छ। यिनका लेखहरुमा प्राज्ञिकताको वकालत कम मनपरितन्त्रको वकालत धेरै भेटिन्छ। विश्वविध्यालयमा राजनीति हुनु हुँदैन भन्ने कुरा यिनी गर्छन तर बिस-बसि वर्ष कुनै प्रशासक एउटै पदमा बस्दा पदलोलुपताको गन्ध आउँछ भनेर यिनी भन्दैनन। शिक्षक-कर्मचारीहरु सँगठनका माध्यमबाट एकतामा बाँधिन खोज्दा राजनिती हुने कुरा यिनी गर्छन, तर बाबु तथा आमाका साथ-साथै छोरा-छोरी, भाई, भतिजा, भान्जा-भान्जी, ज्वाईँ-बुहारी एक-एक गर्दै जागिर खान पुग्दा नातावादको पारिवारिक एकता कायम गर्ने राजनिती भयो भन्ने कुरा यिनी गर्दैनन। यिनलाई चिन्ता छ नेपालका महिलाहरु साक्षर नभएकोमा, तर यिनलाई कुनै चिन्ता छैन साक्षर बन्ने विध्यार्जनको थलोमा महिलाहरुमाथि यौन दुर्व्यवहार हुने गर्दा।

डा. मन प्रसाद प्रखर लेखक हुन। यसमा कुनै शँका छैन। यति प्रतिभाशाली व्यक्तित्व अहिले किन सुरेश राजको गुलामी गर्दैछन र प्रचन्डलाई गाली गर्दैछन? सोच्नु पर्ने कुरा बनेको छ यो अहिले। काठमाडौँ विश्वविध्यालय भित्रको पदको राजनितीलाई हेर्ने हो भने यिनको गुलामीले एउटा कुरा स्पष्ट सँकते गर्छ-‍त्यो हो यिनी अब कुनै प्रभावशाली पदका लागी सुरेश राजलाई रिझाउने प्रयास गर्दै छन। सुरेश राज रमायो भने काम बन्छ भन्ने मानसिकताको यिनी शिकार बन्दैछन। फलस्वरुप, प्रशासकिय मर्यादाको समेत कुनै मतलब नराखी यिनी विश्वविध्यालयकै कुलपतिमाथि हमला गर्दैछन।

प्रचन्ड माथि किन हमला?
डा. मन प्रसादले अखिलको हवाला दिँदै प्रचन्डमाथि गरेको हमला वास्तवमा यिनको प्राज्ञिक स्वतन्त्रताको पीडा भन्दा पनि सुरेश राजको निर्देशन हो। वास्तवमै यिनी प्राज्ञिक स्वतन्त्रताका हिमायती रहेका भए, कुपाका सदस्य बन्ने थिए न कि स्कूल अफ एजुकेशनका डीन। सुरेश राजको दलाली नगरी बस्न नसक्ने पदमा यिनी बस्नुको सीधा मतलब हो यिनी सुरेश राजमा अन्ध विश्वास गर्छन। सुरेश राजले अर्हाएका र खटन-पटनमा लगाएका कामगर्नु यिनी देवत्वका नजिक पुग्नु हो भन्ने ठान्छन। फलस्वरुप, अलबर्ट आईन्सटाईनने भने जस्तै सुरेश राजप्रति यिनको अन्धविश्वास अहिले सत्यताकै ठूलो दुश्मन रुप धारण गर्न पुगेको छ (Albert Einstein-"Blind belief in authority is the greatest enemy of truth."

पहिलो सत्यता: प्राज्ञिक स्वतन्त्रताका नाममा पदासिन डिनले विश्वविध्यालयको कुलपतिलाई सार्वजनिक रुपमै द्वैद्ध चरित्र बोकेको भन्न मिल्दैन। किनभने कुलपति दैनिक कार्य व्यवहारमा खटिने व्यक्ति होईन। कुलपतिले गर्ने काम भनेको सिनेट बैठकको अध्यक्षता र उप-कुलपतिसँग स्पष्टिकरण सोध्नु हो। डा. मन प्रसादले प्रधानमन्त्री प्रचन्डमाथि अखिल क्रान्तिकारीलाई कन्ट्रोलमा राखेन भन्ने आरोप लगाउनुको सीधा अर्थ हो यिनी लगायत सुरेश राज शर्मा कुलपति प्रचन्डमाथि काठमाडौँ विश्वविध्यालयमा राजनिती गरेको आरोप लगाईरहेका छन।

दोस्रो सत्यता: विश्वविध्यालयका प्रशासनिक टिममा स्कूलहरुका डीनहरु महत्वपूर्ण प्रशासकहरु हुन। विश्वविध्यालयका उपकूलपतिले आफ्नो कार्यभार हलुको बनाउन केही अधिकार समेत डिनलाई प्रत्यायोजन गरेको हुन्छ। अर्को अर्थमा भन्ने हो भने डीन पदमा रहेका व्यक्ति र डीनहरुले उपकुलपतिकै लाईनमा बोल्ने गर्छन। तसर्थ, डा. मन प्रसादले अहिले प्रचन्डको विरुद्ध बोल्नु भनेको सुरेश राजले प्रचन्डको विरुद्ध बोल्नु हो। उपकूलपति र कुलपतिका बिचमा खुला छलफलगर्ने परिपाटी विश्वविध्यालयमा छ। व्यक्तिगत भेटमै उपकुलपतिले आफुलाई परेका अप्ठेराहरु कुलपतिलाई प्रकट गर्न सक्छन र वैधानिक सहयोगका लागी अपील गर्न सक्छन। तर, अहिले त्यस्तो केही भएको छैन। एक्कासी डा. मन प्रसाद मार्फत सुरेश राज अहिले प्रधानमन्त्री प्रचन्ड विरुद्ध आक्रोश पोख्दैछन। यसको सीधा अर्थ हो कुलपतिले अहिले सुरेश राजलाई मन पराएका छैनन र यिनका सम्पूर्ण कुकृत्यसँग प्रधानमन्त्री तथा कुलपति पुष्प कमल दाहाल प्रचन्ड परिचित भै-सकेका छन।

कुलपतिले के गर्ने?
कुलपति पदमा जो-सुकै रहोस, तिनले काठमाडौँ विश्वविध्यालय सँबद्ध हरेकका कुरा सुन्नु पर्छ। पूर्व प्राध्यापक, जबर्जस्ती हटाईएका प्राध्यापकहरु लगायत आत्महत्या गर्न पुगेका दलितका जीवनसँगिनीका कुरापनि कुलपतिले सुन्नु पर्छ। त्यस्तै विध्यार्थि सँगठनका कुराहरु कुलपतिले नसुन्ने भन्ने कुरै हुँदैन। सुरेश राजकै षडयन्त्रकारी कुरामात्र सुन्ने, सीतारामको घरमा डिनर खाँदै, सीतारामको गफ सुन्ने,केयुपारस-वृजेशको जोक सुन्ने, भद्रमानको अभद्र बोली सुन्ने र पुष्पराजको "चियर्स" सुन्ने काम पहिलेका कुलपति-सहकुलपतिहरु धेरैले गरिसकेका छन। जसका कारण काठमाडौँ विश्वविध्यालयमा नातावाद र भ्रष्टाचार एकदम झ्याँगिएको हो।

सुरेश राजको विगत, काठमाडौँ विश्वविध्यालयमा यिनले मच्चाएको तान्डव नृत्य यावतका कुराहरुलाई हेर्दै हामीले भन्ने एउटै मात्र कुरा छ-अब कुलपतिले कुपा र कुसाको कुरा सुन्नु पर्छ र सुरेश राजलाई तुरुन्त पदबाट बर्खास्त गर्नु पर्छ। सुरेश राजका टीममा रहेका सबैलाई केही समयावधि निलम्बनमा राखेर जाँचबुझ गर्नु पनि अति आवश्यक छ।

सुरेश राजको खतरनाक व्यक्तित्वलाई हेर्ने हो भने काठमाडौँ विश्वविध्यालय छोडने बेलामा ज्ञानेन्द्रले दरबार छोडेका अवस्थामा भन्दा बढी तहस-नहस यिनले गर्न सक्ने सँभावना छ। लेखा, प्रशासन, सम्पति विभाग, भवन निर्माण विभाग, खरीद विभाग लगायत सबै महत्वपूर्ण स्थानमा यिनका आफ्नै नातेदारहरु छन। यीनका भ्रष्टाचारका कुनै दसी-प्रमाण तथा सँदिग्घ कागजातहरु यीनको बहिर्गमनका साथै हराउन सक्ने सँभावना छ। साथै, यिनका नातेदारहरुले साविककै पदमा कायम रहँदै नयाँ प्रशासनलाई असफल बनाउने प्रयास पनि गर्न सक्ने सँभावना छ। तसर्थ, कुलपतिले लिने निर्णय सुरेश राजको बहिर्गमनका साथ-साथै नातावादी सँयन्त्रपनि ध्वस्त गर्ने हुनु पर्दछ।

No comments: