Saturday, July 22, 2006

स्पष्टिकरण

का.वि. मा हाल सन्चालन भईरहेको शैक्षिक आन्दोलन प्रती यो ब्लग ऐक्यबद्धता जनाँउदछ र का.वि. भित्रका भ्रष्टाचार, दुराचार, अनाचार, नातावाद, कृपावाद र यस्तै अन्य विकृतीहरुको पटाक्षेप गर्न यो ब्लग कृतसँकल्पीत रहेको कुरा हामी पुन दोहोर्याउन चाहँदछौँ। का.वि.को उन्नती र प्रगती का.वि.का लगनशील, जुझारु र समयसापेक्ष प्राध्यापन तथा लाईब्रेरी देखि अन्य विभागमा कार्यरत कर्मचारीहरुका लगनशिलता र विध्यार्थिहरुको लगानी, लगनशिलता र शिक्षा प्रतीको अनन्य लगावले मात्र सँभव भएको हो । तर, करीब ९० प्रतिशतका लगानी माथी १० प्रतिशतको हैकम र मनपरीतन्त्र का.वि.मा सुरेश राज र सीतारामको नातावाद, कृपावाद र भ्रष्ट आर्थीक कृयाकलापले पालितपोषित गरदै आएको सन्दर्भमा हाल आएर यी गतिविधीहरु अत्यन्त बढन गएको देखिन्छ। हामी बाहेक का.वि.मा अरु कोही होईनन र हामीले जे गर्छौँ त्यो सबैले मान्नु पर्छ भन्ने सुरेश राज र सीतारामको तानाशाही मानसिकताको परिणामस्वरुप लगभग एक दशक का.वि.मा प्राध्यापन गरिसकेका प्राध्यापक श्री सुभाष ढुङ्गेल, चन्द्रकला शर्मा, सुलोचना श्रेष्ठ र प्रभावती राजभन्डारीले हठात प्राध्यापन सेवाबाट हटनु परेको देखिन्छ । का.वि. शिक्षण अस्पताल देखि लिएर का.वि.को मेडिकल प्रोग्रामलाई अत्यन्त सक्षमताका साथ शुरुआत गर्ने अत्यन्त विद्वान शिक्षसेवी डा. अर्जुन कार्की र कुम्सका अन्य लगनशील विरष्ठ प्राध्यापकहरु डा. सुरेश राज र डा. सीतारामकै घीनलाग्दो राजनीतिबाट विरक्तिनु पर्दा कुम्सले आफ्नो लक्ष, धरातल र प्रतीष्ठा नै गुमाउने अवस्था आएको छ। यस्तै लोकतन्त्र स्थापना पश्चात लोकतान्त्रीक आन्दोलनमा सरिक भएकै कारण र प्राध्यापकहरुका हक अधिकार लागी गठीत कुपाको वकालत गरेकै कारण अर्का प्राध्यापक डा.बोरिस निरौला माथि डा.सुरेश राज शर्मा र डा. सिताराम अधिकारीको तानाशाही बन्चरोले प्रहार गरेको पनि धेरै भएको छैन। यस तानाशाही परिदृश्य भित्र निहित अन्तर्वस्तुलाई डा. सुरेश राज र डा. सीतारामको अत्यन्त घटीया र घिनलाग्दो राजनीतिक खेललाई बुझ्ने धेरैले अवश्य पनि बुझेको हुनु पर्छ।

का.वि. भनेकै हामी हौँ र हाम्रा परिवारले निष्कँटक राज गर्नु पर्छ भन्ने सोच बोकेका डा. सीताराम र डा. सुरेश राजले आफ्नो हैकम चलाउनकै लागी जथाभावी बोल्ने, आफ्ना मतियारहरु र आफ्ना नातेदारहरुका प्रचुर प्रयोग गर्दै का.वि.कै वरिष्ठ प्राध्यापकहरुका चरित्र हत्या गर्ने-गराउने, प्राध्यापकहरु बिच फाटो ल्याउनका लागी अनावश्यक विवाद सिर्जना गर्ने र कहिलेकाँही का.वि.मा छोटो समयकालागी सेवा दिने उद्देश्यले आएका विदेशी प्राध्यापकहरुलाई पनि प्रयोग गर्दै का.वि. का शिक्षकहरुको तेजोवध गर्ने जस्ता कामहरु हँुदै आएको तथ्य अब कसैवाट लुकेको छैन। डा.सीताराम र डा. सुरेश राजका करतुतहरु बुझेका अधिकाँसले हिजोका दिनमा यी नातेदारहरुले डा. पुष्पराज, डा. भद्रमान लगाएतका सम्बन्धमा के बोल्थे, के भन्थे भन्ने कुरा पनि छर्लङ्गिसकेको छ । यस सन्दर्भमा का.वि.सँग परिचितहरुका लागी आर. बजगाँई द्वारा यस ब्लगलाई पठाएको "सीतारामको ई-मेल छोरालाई" नामक सामाग्रीले कुनै नौलो कुरा दिएको छैन र यस्मा निहीत भावहरु सत्य हुन भन्ने सबैले बुझ्नु पर्दछ । हुनसक्छ डा. सुरेश राज र डा. सीतारामको प्रचारमा रुमल्लीएका र का.वि.का वास्तविक हकदारका पीडा-मर्का बुझ्न नसकेका तथा का.वि.सँग नितान्त नौला ब्यक्तीहुरलाई बजगाँईजी द्वारा प्रेषित पत्रमा केही कमजोरी रहेको भान हुनसक्दछ। अर्को तर्फ, यस ब्लगमा प्रकाशीत सामाग्रीका सत्यता प्रती हामी कटिबद्ध छौँ र आर. बजगाँईद्वारा प्रेषीत सो पत्र वास्तवमै रजिष्ट्रार सीताराम स्वयम द्वारा प्रेषीत पत्र हो वा होईन सो को प्रमाणीकरणका लागी हामीले आर. बजगाँईजीसँग पत्राचार गरिरहेका छौँ। यदी सो पत्र वास्तवमै सीताराम अधिकारी स्वयम द्वारा लिखित हो र आर. बजगाँईजीले हामीलाई सत्यताको प्रत्याभूती दिनु हुन्छ भने सो पत्रलाई हामी पुन: प्रकाशन गर्नेछौँ। का.वि.का अत्यन्त उच्च पदमा पदाशिन ब्यक्तिहरु के-कस्ता कुरा हरु गर्दा रहेछन भन्ने जानकारी सार्वजनिक रुपमै हुनु पर्दछ र तबमात्र का.वि.को पूर्ण शुद्धिकरण सँभव छ भन्ने हाम्रा मान्यताहरु रहेका छन। यसर्थ, सो सामाग्रीका सम्बन्धमा प्राप्त टिप्पणीका सम्बन्धमा हामी सो पत्र वास्तविक हो-होईन प्रमाणीकरण पश्चात मात्र सो पत्रलाई पुन: प्रकाशन गर्ने वा मुल्तवीमा राख्ने निर्णय प्रकृयामा रहेको
जानकारी गराउन चाहन्छौँ। यसका साथै, आर. बजगाँईबाट प्रेषित अन्य लेखहरु पनि मुल्तवीमा रहेको जानकारी ब्लगका पाठकहरुलाई दिन चाहन्छौ। यसै स्पष्टिकरणका साथ श्री आर. बजगाँईजीलाई आफ्ना लेखहरु सत्यताको कशीमा तौलेर मात्र पठाउन हुन सचेत पनि गर्दछौँ।

"सीतारामको ई-मेल छोरालाई" भन्ने पत्र अहिले सम्मकै छोटो समयमा बढी हिटस आएको हाम्रो लेख हो भन्ने जानकारी पनि सम्पूर्ण पाठकहरुलाई दिन चाहन्छौँ। यसका साथ, सो पत्र पश्चात ब्लगले अनेकौँ धम्कीहरु पुन: प्राप्त गर्न थालेको जानकारी पनि पाठकहरुलाई दिन चाहन्छौँ। बौद्धिक थलोमै जलन कुमार जस्ता नामुद भ्रष्टचारीको प्रयोग गर्दै आफ्ना समकालीन प्राध्यापक माथिनै धावा बोल्न सक्ने शर्मा र अधिकारी के कस्री आफ्ना मतियारहरु परिचालन गरिरहेका छन भन्ने हामीले स्पष्ट बुझेका छौँ र यस ब्लगले यस्ता केही मतीयारहरुका पहीचान पनि गरिसकेको छ। उचित समयमा यस सम्बन्धी जानकारी पाठकहरुलाई पस्कने छौ।ँ अन्तमा यस ब्लगको उद्देश्य भनेकै का.वि.को प्राज्ञिकतालाई उकास्ने भएका कारण कुपाका उद्देश्य र चालु आन्दोलनलाई नै केन्द्रविन्दुमा राख्दै यो ब्लग कृयाशील रहने जानकारी दिन्छौँ र का.वि.का तानाशाहरुका षडयन्त्रकारी गतिविधिलाई पटाक्षेप गर्ने लेख-आशयहरु पनि प्रकाशीत गर्नेछौ पूर्ण सत्यता जाँच सहीत ।

धन्यबाद।
ब्लग म्यानेजमेन्ट समिति

6 comments:

Anonymous said...

Blog Committee and Pradyapakjee,

You said only right things. We all know these things. I can also verify but I am afraid becasue Sitaram is a danger. He does not attack from front but from back. In KU, Sitaram Hansyo ki you are Nasyo. So, I will give you proof if you protect my identity or my job.

All these are by mistake of Sitaram. he is the one who put KU in fire. He always criticize his and his son's opponent and says anything on back. He is not a good man. Neither is his son. His son never worked in KU and can not teach well. So, he made his son Hakim and he can avoid teaching. We know many things about them.

Bajgain has said little things only. So you bring back Bajgainjee's article. That is nice one. We all support those points.

We Support You

Anonymous said...

We have to undo many error of Dr. Suresh Raj Sharma and Dr. Sitaram Adhikary. One of the blackest day in KU history is how they plotted with Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma to remove Dr. Arjun Karki and other colleagues. KUMS now has more incompetent than comepetent people (take for instance, Dr. Chet Raj Pant); therefore they support the top echelon to preserve their positions. VC, Registrar, Dr. Ram Kantha Makaju Shrestha and Dr. NAstu Sharma have only sent their chakariwalas for postgraduate studies. Not surprisingly, they remain loyal. What we have to convice people is that Dr. Ram Kantha Makaju Shrestha and Dr. Suresh Raj Sharma have misused money obtained in the name of Nepalese people and for all Nepalese people. We have to reverse these trends in the future.

Anonymous said...

You are sold out!
Dear Bloggers,
I have proof of that e-mail. It is written by sitaram. But, I got only photocopy in KU. I dont know who started to circulate. But, It came from registrar's office and we dont know who got in registrar's office. This is what is my defence.

I have many more these photocopies for which I sent the article. You thought that I am wrong on moral grounds. But you also know this is hwo it wroks in KU. So, your points are not valid. Please continue my write-up.

R. Buzzgain

Anonymous said...

Your assessment of KUMS in the article is very accurate. Lets reinstate Dr. Arjun Karki and get rid of Dr. Suresh Raj Sharma,Dr. Sitaram Adhikary, Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma.

KU and KUMS would have been better and can be better without these people. Dr. karki deserves another chance and the corrupt leaders of KU and KUMS should be replaced.

KUTH, which is the grandiose name of Dhulikhel Hospital has received millions of rupees from KU - this money should be used for Nepalese students - not to glorify the names of Dr. Ram Kantha Makaju Shrestha, Dr. Nastu Sharma, Dr. Suresh Raj Sharma and Dr. Sitaram Adhikary.Yes, they played key roles but that does not employ them to treat their employees like servants. There are more qualified and dedicated people who have left KU and there are some who are still working in KU.

Anonymous said...

सीतारामको ई-मेल छोरालाई
प्यारो बृजेश,
कस्तो छ तिमिलाई अहिले? नर्वेमा त अहिले हावा-हुरी निक्कै चल्दो होला हगी। खैर, त्यहाँ जे-सुकै भएपनि यहाँ चाँही ठुलो हो-हल्ला चलिरहेको छ। तैले पनि ठाँउ-ठाँउमा लेख्दै-पढने गरेकै कुरा त हो नी। अहिले आएर साँच्चिकै गार्हो जस्तो लाग्न थाल्यो मलाई। मैले परारै छोडछु भनेको हो, तर के गर्नु सुरेशजीले मान्नु भएन। म भएन भने उहाँलाई चलाउन गार्हो हुन्छ भन्न थाल्नु भो, अनि मैले नै निरन्तरता दिनुपर्यो। त्यो बेला देखि भद्रमानजी पनि त्यति राम्रो काम गर्नु हुन्न। मैले छोडनु अगाडी, सबैतिर उहाँको (भद्रमानजीको) नाम अगाडी सार्नु हुन्नथियो भन्नु हुन्छ उहाँ। "छोडने भए खुरुक्क छोडने, अनि कुरा गर्ने गर्नु पर्छ, तर तपाँईले मलाई अगाडी सारेर, अरुबाट विरोध गराएर आफैलाई निर्विकल्प बनाउने षडयन्त्र गर्नु भो तपाँइले" भनेर जँगिनु भा' थियो वर्ष दिन अगाडी। तर पनि, उहाँलाई ठामठुम गर्न समय-समयमा निमित्त रजिष्ट्रार पनि बनाउँदै आएको हो। के गर्ने, यसपाली डा. बोरिसलाई जबर्जस्ती निकालेर रजिष्ट्रारकै कुर्सीलाई बदनाम गर्नु भो, भद्रमानजीले । उहाँले मैले कुर्सी नछोडेको ठुलो बदला लिनु भो जस्तो मलाई लाग्छ । भद्रमानजीको काम गर्ने र कुरा गर्ने ढँग छैन भनेर तैँले सँधै भन्दै आएको थिइस, यसपाली त म पनि कन्भिन्स भा'छु । तै पनि केही समयलाई हामी मिलेरै जानु पर्छ, त्यसैले भद्रमानजीको त्यति विरोध नगर है।

अर्को तिर पुष्पजीको भूमिका पनि मलाई एकदम शँकास्पद लाग्यो। तँलाई त थाहा भएकै कुरा त हो नी, मलाई नै हटाउन भनेर काफ्लेजीसँग मिलेर पुष्पजी आफै प्रधानमन्त्री कार्यालयसम्म धर्ना दिन पुग्न भा' थ्यो। खैर काफ्लेजीलाई एकलाउने शर्तमा हामीले काफ्लेजीकै कुर्सी पुष्पजीलाई दिएपछि त पुष्पजीले हामी प्रती अलिक वफादारी देखाउनु पर्ने हो। तर,डा. बोरिसलाई निकाल्ने कुरामा भद्रमानजीलाई साथ दिएर पुष्पजी र भद्रमानजी आफै रजीष्ट्रार र भीसी त हुन लागेको होइन भन्ने शँका पनि आएको छ। सुरेशजी र मुकुन्दले पनि शँका उठाँउदै हुनुहुन्थ्यो । के गर्ने तँ पनि यहाँ छैनस। यहाँ भा'को भए पनि धुलिखेल लजमा लगेर राती-राती टन्न जाँड ख्वाएर, दिँउसो-दिँउसो चाँही, यो एक नँबरको जँड्याहा भनेर अली प्रचार गर्न पा'को भए त पुष्पजीले पनि रजिष्ट्रार हुने काम गर्दैन थ्यो की? जे होस, तैँले गर्या काममा चाँही यो एउटालाई म एकदम राम्रो मान्छु । तँ, नभेन्द्र, र कुमार सँगै बेकरीमा जाँड खाँदै, पुष्पराज भन्या त जँड्याहा हो भनेर अरु नयाँ टिचरहरुमा प्रचार गर्ने गरेकै कारण पुष्पजी अहिले हामीसँग डराएर आउनु भा' हो। अब, तैँले यो प्रचार साइबर सँसारमा पनि गरिछस भन्ने सुन्दा खुब खुसी लाग्यो । तेरो बाउ भएकोमा एकदम घमन्ड पनि गरेको थिएँ मैले।

अहिले काफ्लेजी चाँहि अमेरीका गा छ। भन्नलाई त खै के कामको लागी गा को हो भन्थ्यो। तर, हामीले ब्यापक रुपमा तर्साए पछि काफ्लेजी अमेरीका गा हो। यो तर्साउने काममा जलनजीले धेरै राम्रो भूमिका खेल्नु भो। हुन त का.वि. भित्रै गुन्डागर्दी नगर्नुस भनेका थियौँ, तर जलनजी पनि नाम अनुसारको हुनुहुन्छ। का.वि.मै काफ्लेजीलाई ठिक गरिदिनु भो। यो कुपाले पनि केही गर्न सकेन। जलनजीले यस्तोे गर्दा कुपाले जलनजीको शरिरमा मल्हम लगाउने ठाँउमात्र राख्ला भनेर सोचेका थियौँ, तर एउटा सानो वक्तब्य मात्र निकाल्यो। उता जलनजीले फेरी टाउको खान थाल्या छ। काफ्लेजीलाई थर्काए पछि, काफ्लेजीको प्रोफेसर पद मलाई दिनु पर्छ भन्दै बार्गेनिङ गर्दै छ। सुरेशजीले पनि यसो याद गर्नु भन्दै थियो के गर्ने? उता तेरा काकाहरु पनि ल स्कुल खोल भन्दैछन। अब सबलाई प्रोफेशर बनाँउदै जाने हो भने त विरोधिहरुले के भन्ने हुन थाहा नै छैन। हुन पनि सुरेशजीले आफ्ना नातागोता एकदम हुलिसक्या छ। मुकुन्दलाई नै पनि एक्जीक्युटिव ब्याण्डमा लानु हुँदैन भन्दा खेरी सुरेशजी मान्नु भएन। उता, छोरीलाई पनि हाकीमै बनाउन पर्छ भन्नु हुन्छ के गर्नु। तर पनि दवाडीजी सँग राम्रो सम्बन्ध छ र हाम्रो लेन-देन पनि राम्रै चलिराखेको कारण छोरीलाई चाँहि केहि नभनौ।

अस्ती मात्र हामीले केहि मास्टरहरुलाई निकालेका थियौँ। कुपाको मान्छेहरुले एकदम टेन्सन दियो। सब मास्टरहरुले मलाई घेरेर, मेरो त ब्लड प्रेशर नै हाई भो। फेरी भनेको बेलामा आफ्ना मान्छेहरु पनि अगाडी नहुने रहेछ। नभेन्द्र र कुमार चाँहि अधील्लो दिन राती टन्न जाँड धोकेर, त्यो दिन ज्वरो आ'छ भन्दै बिदामा बस्यो। उमेश चाँहि चिया खान निस्केको रहेछ। देवराजलाई भएपनि कन्ट्याक्ट गरुँ भनेको, लाईब्रेरीबाट क्वार्टरमा गा'छ भन्यो। आफ्ना मान्छे कोही नहँुदा, हामीले धुलीखेलका हाम्रा शुभचिन्त्कहरुलाई प्रयोग गर्ने मौका नै पाएनौँ । धुलीखेलका लोकल मित्रहरुलाई प्रयोग मात्र गर्न पाएको भए पनि, त्यो दिन मास्टरहरुका पाइन झारिन्थ्यो। तर, के गर्ने उल्टै मास्टरहरुले गेट बन्द गिरदिए, नत्र आफै गाडी हाँक्दै भागूँ की जस्तो पनि लाग्या थ्यो। कतै बाट साथ नपाईएकोले त्यो दिन दर्ता चलानी नै च्यात्ने काम गर्न पुगेँ। यसले कुपाका मान्छेहरु एकदम हौशिएका छन भन्छन सबजना। तर, तैँले पीर नमान्नु, यस्तै दिनका लागी चाहिन्छ भनेर पैसाको चाँजो-पाँजो हामीले मिलाउँदै आएको हो । हाम्रो विरोधमा उठने स्वरहरुलाई दबाउन पैसाको खोलो बगाउन पनि यो तेरो बाउ तयार छ। त्यसैले, तँ, त्यहाँ राम्रो सँग पढनु। मलाई त अरु भन्दा नी तैँले धेरै चिन्ता लेलास र पुरानो त्यो खाने बानी शुरु गर्लास भन्ने डर लाग्या छ। त्यसै त मान्छेले तँलाई केयुको 'पारस' भन्छ, जथाभावी कालो पदार्थ खाने नगर । राम्ररी पढेस है!

तिमिलाई माया गर्ने
सीताराम
रजिष्ट्रार

Anonymous said...

Well done, Blog management committee, for mentioning how Dr. Arjun Karki was removed from KUMS by the hoodlums of Dhulikhel; namely Dr. Ram Kantha Makaju Shrestha, Dr. Nastu Sharma, Mr. Bel Prasad Shrestha, Dr. Suresh Raj Sharma, Dr. Sitaram Adhikary and Mr. Mukunda Upadhya. Little did they realize that this would come back to haunt them.

Look at how KUMS is run by incomepetent people like Dr. Chet Raj Pant.We should realize that KU and KUTH are academic institutions and not NGOs.Dr. Ram Kantha Makaju Shrestha has done well to bring European money to Nepal but that does not make him an academic. The money he has attracted has been in the name of Nepalese people and not to build his own superego. KU and KUTH are public properties and not hegemonies of Dr. Suresh Raj Sharma and Dr. Ram Kantha Makaju Shrestha.

It is obvious that KUMS has more problems than KU at the moment. They need a short, sharp treatment by removing despotic, incomepetent leaders.