वार्ता र सुरेश राजको नयाँ नाटक
का.वि.मा हाल सञ्चालीत प्राज्ञिक आन्दोलनले प्राज्ञिक स्वतन्त्रता, नातावाद, कृपावाद र भ्रष्ट आर्थिक कृयाकलापको अन्त्य र का.वि.मा सुरेस राज र सीतारामको तानाशाही प्रवृतीको अन्त्यलाई नै प्रमूख मुद्दा बनाएर का.वि. सम्बद्ध हरेक पक्षको समर्थन बटुल्न सफल भएको छ। का.वि. लाई रसातलमा लैजान तयार तर आफ्नो तानाशाही पकड कुनै हालतमा पनि खुकुलो बनाउन नचाहने डा. सुरेश राज अनेकौँ नाटक मन्चनमा लागेका छन। केही महिना अगाडी मात्र दरबार र पशूपतिको सेरोफेरोमा नाच्ने सुरेश राज, अहिले नव शक्ती केन्द्रहरु तर्फ आफ्ना गुडवीलका प्रचार र का.वि.लाई आफुले नयाँ उचाईमा पुर्याऐको प्रदर्शनका लागी बिन्तीभाउ गर्नमा लागेका छन। एकातिर लोकतान्त्रीक आन्दोलनका डा. बोरीस निरौला जस्ता योद्धाहरुलाई जबर्जस्ती निकाला गर्ने र अर्को तीर लोकतान्त्रीक आन्दोलनका सारथीहरुलाई पनि आफ्नो चाकरी र चाप्लुसी मार्फत गुडवीलको घेरामा राख्ने अचम्मको नाटकमा सुरेश राज लागेका देखिन्छन । यस्तै, नागरीक समाजलाई पनि लोभी-पापीको जमात र पद, प्रतीष्ठा र पावरका लागी आफूहरुले जस्तै सम्झौता गर्ने समूहका रुपमा चित्रण गर्दै खुलेआम डा. सुरेश राज नागरीक समाजका सम्मानीत सदस्यहरुमाथी घावा बोल्दै हिँडेका छन। का.वि. भित्र आफ्नो हाली-मूहाली कुनै पनि हालतमा कायम राख्न डा. अर्जुन कार्की, डा. शरद वन्त जस्ता चिकित्सा शास्त्रका पायोनियरहरुमाथि र कुम्सको भविष्यमाथि अत्यन्त फोहोरी खेल खेल्न सक्नेले, का.वि. बाहीर के-के गर्ने हो स्वत: अनुमान लगाउन सकिन्छ।
च्रको आन्दोलनको राप र चापले देशका सँसद सदस्यहरु, र प्रमुख राजनीतिक शक्तीका ध्यान का.वि.मा हाल केन्द्रीत हुन पुगेको छ। का.वि. मा यती छोटो समयभित्र नै नातावाद र भ्रष्टाचारले जरो गाडेका देख्दा यस प्रवृतीका आरोपहरु खेप्दै आएका केही नेताहरुले पनि जिब्रो टोक्न पुगेका थिए। का.वि.को ढाँचागत र सुनियोजित नातावाद र भ्रष्टाचारबाट प्रभावीत भएका सात पार्टी भित्रका केही नामूद भ्रष्टाचारीहरुबाट सुरेश राजले बधाई पनि नखाएको होईन। तर, मूलधारका सक्षम, जनमूखी र जनवादी नेताहरुबाट सुरेश राजको तिव्र आलोचना हुन थालीसकेको छ। आफ्ना बिरद्धका आवाजहरुलाई सिधै सम्बोधन गर्न नसक्ने सुरेश राजको एउटै बचावटको उपाय "तपाँईहुर का.वि. आउनुस र आफ्नै आँखाले हेर्नुस, मैले का.वि. लाई कुन स्थितीमा पुर्याएको छु" भन्ने रहने गरेको छ । बेल प्रसाद मार्फत राज ज्ञानेन्द्र सँग यस्ता बिन्ती चढाउने सुरेश राजले यसपाली कुनचाँही "तेल प्रसादको" प्रयोग गरेको छ, त्यो अहिले लाई पत्ता लगाउन नै बाँकी छ।
सुरेश राजका यी नाटकहरु परिवर्तीत सन्दर्भमा पनि उस्तै रहेका छन। यस्ले के देखाँउछ भने सुरेश राजले प्रयोग गर्ने हतियार जहिले पनि एउटै रहने गरेको छ। आफ्ना कमजोरीलाई लुकाउन दलाल, भाट, चाटुकारहरु मार्फत आफ्ना कु-कूत्यलाई साहसीक रुपमा अगाडी ल्याउनेहरु माथि अनेकौँ आक्रमण गराउने, यस्ता साहसीकहरुका परिवारका आदरणीय सदस्यहरुलाई पनि टेलीफोन र भेटघाट मार्फत दवाव दिन लगाउने र दवाव नस्वीकारेको खण्डमा तीनै सदस्यहरु माथी पनि आरोपहरु लगाँउदै जाने, जलनराज जस्ता नामूद भ्रष्टाचारीहरु मार्फत सँाघातीक हमलाहरु गर्दै जाने, सात-पार्टी भित्रका नामूद भ्रष्टाचारीहरुसँग आफ्ना मतियार सिताराम मार्फत ककटेल-डिनर पार्टीहरु मार्फत यस विध्याका सम्बन्धमा वैचारीक आदान-प्रदान गर्ने र अन्तत: केही नलागेको अवस्थामा भ्रष्टाचारको अकूत सम्पतीको प्रयोग गर्दै खुला रुपमा गुन्डागर्दीमा उत्रने। यीनका यी भुत्ते हतियारहरुका कुपाका क्षमतावान सदस्यहरुले उचित जवाफ दिईसकेको अवस्थामा, कुपाले आफ्ना मागहरुलाई नै प्रमूख मुद्दाको रुपमा अगाडी सारेको खन्डमा पनि सुरेश राज पराजीत हुने निश्चित छ। सुरेश राज सँग अहिले बाँकी रहेका यी हतियारहरु कुनै नैतिक बलमा अाधारीत देखिन्न। खाली प्रशासनीक शक्ती र सैन्य शक्तीमा मात्र आधारीत कुनै पनि शक्तीले सदा-सर्वदा आफ्नो राज कायम राख्न सक्दैन। निहत्था जनताको नैतिक बलले राजा ज्ञानेन्द्र स्वयम पराजीत हुनुले पनि यस कुराको पुषट्ी गर्दछ। तसर्थ, प्राज्ञिक मागका नैतिक शक्तीबाट सुरेश राज पहिले नै हारिसकेको र अहिलेको उनका चलखेल प्रशासनीक, आर्थीक र चाकरी, चाप्लुसी र जासूसीमा मात्र केन्द्रीत रहेको छ।
सुरेश राजको नयाँ नाटकलाई बुझेका कुपाका सदस्यहरुले कुपाको मागमाथि कायमै रहनु आजको लोकतान्त्रीक आवश्यकता हो। दशकौँ का.वि.मा प्राध्यापन गर्ने प्राध्यापकहरुलाई का.वि.कै नीति र सोचको अपब्याख्या गर्दै हटाउन सक्ने यस्ता खलनायकहरुले का.वि.का सदस्यहरुका प्राज्ञिक मागहरु र कुपाका अग्रज सदस्यहरुका सम्बन्धमा जथाभावी फलाक्दै हिँडनु सामान्य कुरा नै हो। कुपाका प्राज्ञिक मागहरुले आफुले खाईपाई गर्दै आएको अवान्छित सुविधा खोसिने झोँकमा सुरेश राज र सिताराम एकदमै तल जान पनि पछी पर्दैनन। यसो भन्दैमा कुपाका सदस्यहरुले पनि यी दुई विदुषकहरुले जस्तै ब्यबहार गर्नु कदापी हुँदैन। शिक्षणलाई नै शोषण र दोहनको बाटो बनाउँदै आएका हरु भन्दा शिकष्णलाई ज्ञानको ज्योतीका रुपमा लिने कुपाका सदस्यहरुले अत्यन्त सँयमीत तवरले आफ्ना मागहरु प्रती कटिबद्ध रहँदै सुरेश राज र सीतारामका प्रत्येक षडयन्त्रलाई चिर्दै कुपाको एजेन्डालाई सफल बनाउनु पर्दछ।
2 comments:
You mentioned how Dr. Arjun Karki and Dr. Sharad Onta fared at the hands of KU. It is no secret that that Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma did not want any likely challengers to their future positions in KUMS, KUTH and KU. They are even more corrupt and manipulative than Professor Suresh Raj Sharma and Sitaram Adhikary; and what is worse they have time on their side. Dr. Ram Kantha Makaju Shrestha is already a Senate member. I wonder if anyone can stop the Ram Kantha-Nastu mafia from taking over KU.
It is high time we stopped people like
Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma stopped spending people's money like it is their personal property. KU, KUTH and KUMS are public property not personal assets of any few individuals. If any one dare challenges them, they are threatened to receive the same fate as Dr. Arjun Karki. KUPA should correspond with Dr. Arjun Karki and his colleagues to reinstate them with honour in KUMS.
Post a Comment