Thursday, July 27, 2006

वार्ता विफल र आन्दोलन तीब्र

का.वि.मा हाल चलिराखेको कुपा र का.वि. प्रशासनको वार्ताको नाटक अन्तत:गोत्वा नाटकमै सिमित रहन पुगेको छ । कुपा द्वारा प्रस्तुत अत्यन्त समयसापेक्ष आठ बुँदे माग तथा का.वि. प्रशासन द्वारा मनोमानीपूर्वक सेवाबाट हटाईएका असिस्टेन्ट प्रोफेसर डा. बोरिस निरौलाको पूनर्वहालीका मागलाई ठाडै अस्विकार गरेर का.वि.प्रशासनले सुरेश राज र सीताराम तथा अत्यन्त अप्राज्ञिक तथा मन्डले चरित्रका डीन डा. पुष्पराजकै हुकुमी शासनलाई का.वि.मा निरन्तरता दिने दु:श्प्रयास गरेको छ । वार्ता समितिका अध्यक्ष का.वि.का सेतो हात्ती प्रो.रिमाल द्वारा कुपालाई प्रेषीत पत्रमा डा. बोरिसको अनियमित, अप्राकृतिक र अापराधीक निष्कासनलाई नियमानुसार भनेर का.वि.कै वर्तमान नियमावलीको खिल्ली उडाउन पुगेको छ। का.वि.को यस निर्णयमा सुरेश राजको का.वि. प्रशासनका भित्रका डन भाई मुकुन्द उपाध्यायले जोड दिएको बुझिन आएको छ। का.वि.को यस निर्णयले का.वि.को शैक्षिक प्रशासन अत्यन्त हचुवा भरमा चलेको र यसले प्राज्ञिक मर्यादा र निती नियमकै खील्ली उडाएको देखीन्छ ।

का.वि.का लगनशील, बौद्धिक र जुझारु प्राध्यापकहरुका सँयमता र कानुनसम्मत मागलाई का.वि. प्रशासनले राजा ज्ञानेन्द्रको मन्डले शैलीमा लत्याउनु प्राज्ञिक क्षेत्रकै अपमान गर्ने कदम हो भन्ने पर्यवेक्षकहरुका भनाई रहेको देखिन्छ । का.वि. प्रशासनका अत्यन्त घटीया र तानाशाही ब्यवहारलाई भोगेका कर्तब्यनिष्ठ प्राध्यापकहरुका हक-हीतका लागी सँघर्षरत कुपाले प्रशासनको यो अडान सुरेस राज र सीतारामका चरित्र अनुरुप र गैर-जिम्मेवार घोषणा गर्दै थप आन्दोलनका कार्यक्रमका लागी गृहकार्य गरिरहेको जानकारी कुपा सम्बध्द स्रोतबाट प्राप्त हुन आएको छ। यसले का.वि.मा कुपा र सुरेस राज तथा सीतारामको नातावादी-भ्रष्टाचारी समूहबिचको द्वन्द्ध झन चर्कीने देखिन्छ। का.वि. स्थित हाम्रा सँवाददाताले जनाए अनुसार, कुपाले त्वरीत प्रतीकृया स्वरुप भीसि र रजिष्ट्रारको कार्यालायलाई अहिल "निषेधीत क्षेतर्" घोषणा गरिसकेको छ र कुपा र कुपाका प्राज्ञिक मागप्रती ऐक्यबद्धता जनाउन तथा आफ्ना हक-अधिकारका लागी सचेत कुनै पनि प्राध्यापक तथा शिक्षकहरुले "निषेधीत क्षेत्रमा" पाईला टेक्न नहुन कुपाले अनुरोध गरेको बुझिन आएको छ ।

कुपाको वर्तमान आन्दोलनले अहिले आएर का.वि.का विभिन्न स्कुलहरुका प्राध्यापकहरु पनि जुर्मुराउन थालेको छ । काठमाडौँ विश्वविध्यालय मेडिकल सक्ुलबाट डा. अर्जुन कार्की, डा. शरद वन्त लगाएताका सँस्थापकहरु सो स्कुलबाट अलग भएपछि काठमाडौँ विश्वविध्यालयको मेडिकल कार्यक्रम पनि विवादमा तानिन थालेको छ। राष्ट्रका अधिकाँश प्रतीभाशाली छात्र-छात्राहरु कुम्सको वर्तमान शैक्षिक नेतृत्वसँग तीव्र रुपमा असन्तुष्ट रहेको देखिन्छ । सुरेस राजकै मनपरीतन्त्रको अनुसरण गर्दै आएका र काकताली प्रोफेशर पडकाउन सफल रामकण्ठका ब्यवहार र प्रशासनबाट कुम्सका अधिकाँश प्राध्यापकहरु दु:खित र अपहेलीत हुन पुगेको छ। कुम्स सम्बद्ध स्रोतले जनाए अनुसार कुम्सका प्राध्यापकहरुले पनि छिट्टै कुपाका मागहरु प्रती ऐेक्यबद्धता जनाउँदै कुम्समा नै आन्दोलन गर्ने सम्बन्धमा गृहकार्य गरिरहेको बुझिन आएको छ।

का.वि.भित्र आफ्ना नातेदारहरु र भ्रष्टाचारबाट अार्जीत सम्पतीको प्रयोग गर्दै का.वि.लाई सदाको लागी दुहुनो गाई बनाउने सुरेश राजको खेला पनि अब छिट्टै टुँगो लाग्ने निश्चित देखिन्छ। नेपाल सरकारले का.वि.लगायत देशका अधिकाँश विश्वविध्यालयमा कार्यरत प्रशासनिय प्रमुख हरुले राजा ज्ञानेन्द्रको भक्तिभावमा लागेको देखिन आएकोले यी सब पदधिकारीहरुले हटाउनका लागी सँसदमा प्रस्ताव पास गरेको समाचारले सुरेश राज र सीतारामको भ्रष्टाचारी-नातावादी गुटमा तीव्र भूईचालो गएको छ। का.वि.का सम्बन्धमा केही छलपल नहोस भन्नाका लागी प्रत्येक पार्टी र नव-शक्तीकेन्द्रहरुमा दौड-धुपका बावजुद पनि सँसदमा यो प्रस्ताव दर्ता हुनुले का.वि.को वर्तमान अत्याचारी नेतृत्व अन्तत: नरहने देखिन्छ । नेतृत्व परिवर्तनको सँभावित खबरले हिजो सम्म सुरेश राज र सीतारामको दुहाईमा तर्क गर्दै हिँडनेहरु पनि चाकरी र चापलुसीका लागी सँभावित नव-नेतृत्वको अडकलबाजीमा लाग्न थालिसकेका छन।

3 comments:

Anonymous said...

There is no ends to the limits; Dr. Suresh Raj Sharma, Dr. Sitaram Adhikary in KU and Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma in KUTH and KUMS will go to deceive KUPA and objectors to their dictatorships.

We have to bring back Dr. Arjun Karki, Dr. Sharad Onta and Dr. Saroj Dhital to KUMS. It is apparent that Dr. Ram Kantha Makaju Shrestha, Dr. Nastu Sharma and Dr. Chet Raj pant has taken KUMS downhill ever since the departure of Dr. Karki and his colleagues. Only a handful of competent faculty are left in KUMS and they have been opposing the despotic attitudes of Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma and Dr. Chet Raj Pant.

Anonymous said...

If you have seen the latest articles on SPOTLIGHT; Dr. Suresh Raj Sharma, Dr. Sitaram Adhikary, Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma, similar to the Mandale Government, have bankrolled many corrupt people in Dhulikhel and Keshab Poudyel is one of them. He has been a middleman to enrol many well-connected students in KU. The truth is that few crooks with vested interests have profited greatly from these people (Dr. Suresh Raj Sharma, Dr. Sitaram Adhikary, Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma) and they will show devoted support to continue the status quo.

The struggle of KUPA will not be easy because the Dhulikhel Mandale is well prepared for the battle. Somehow the reins of power these people have over KU and KUMS must be untied. KUPA, do not underestimate these Mandales that can disguise themselves in Congress colours whenever they feel like it. It will not be long before the people realize the real nature of Dr. Suresh Raj Sharma, Dr. Sitaram Adhikary, Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma. However, these people are very smart and really capable of ruling KU, KUMS and KUTH for the next 30 years.

Anonymous said...

KUPA has to do something to prevent the decline of Kathmandu University. It will not be easy to remove the corrupt leadership as it is desperate to hang on. Goodluck KUPA in your struggle.