Sunday, July 30, 2006

बेल प्रसादको वकालत

स्पटलाइटमा बेल प्रसाद द्वारा आफ्नो बचावटमा बोल्न लगाउनुले एकातिर सुरेश राजको बेल प्रसाद सँगको साँठगाँठलाई पुषट्ी गर्दछ भने अर्को तिर उनका हतासा र कुन्ठलाई पनि जनाउछ। सफलता र चारैतिर जय-जयकारको कृत्रिम सपनामा बाच्नु र सो अनुरुप आफु सन्चालन हुनु, प्रस्तुत हुनु तानाशाहहरुका ठूलो कमजोरी नै हो। सतरीको दशकमा ईरानका शाह पहल्वी आफ्ना चाटुकारहरुका बनावटी भनाई र कृत्रिम सत्यताका कारण राजपाटलाई सदैव गुमाउन पुगेका थिए । यो ईतिहाँस नेपालमा पनि अचम्मसँग दोहोरिन पुगेको थियो जब महाराज ज्ञानेन्द्र कमल थापा जस्ता मुसाहरुका भनाईमा बढी भर पर्न गएका थिए। बिसौँ लाख जनता शहादतका लागी तयार हुने अवस्थामा राष्ट्र पुग्दा पनि कमल थापाहरु माओवादी र सात पार्टी तह लागीसकेका बयान राजा ज्ञानेन्दरलाई सुनाउँथे र प्रभू तीन व्रषको स्व-घोषित कार्यकाल अगावै आफुले सफलता पाएको सोच्न पुगेका थिए। सिमित ब्यक्तीका घेरामा आफुलाई राख्न पुग्दा तानाशाहहरु अव्यावहारीक हुने मात्र होईन तानाशाहीलाई झन घनीभूत पार्दै जाने रहेछ।

काठमाडौँ विश्वविध्यालयको सन्दर्भमा हेर्ने हो भने वर्तमान घटनाक्रमले यीनै परिचीत तथ्यहरुलाई सँकेत गर्दछ। हिजो सम्म आफ्नो नेतृत्व चुनौतीविहिन रहेको दावी गर्ने सुरेश राज र सीतारामहरु अहिले केही ईन्स्टेबिलिटिका कुरा गर्दैछन र दावी गर्दैछन की हिजो जस्तै यी ईन्स्टेबिलिटिहरुलाई सामना गरिनेछ । आफु निर्विकल्प रहेको सोच्ने ब्यक्तीले केही समस्यारहेको स्वीकार्नु भनेकै हारको लक्षण हो। तर, घटिया खेलको अभ्यस्त सुरेश राज पुन: आफ्नो चिरपरिचित घटिया रुपमा प्रस्तुत हुनु र सो का लागी बेल प्रसाद जस्ता सत्ता र प्रचारका भोका मन्डलेहरुलाई प्रयोग गर्नु कुनै अनौठो कुरा होईन । बेल प्रसाद मार्फत एकातीर काठमाडौँ विश्वविध्यालयको बर्तमान नेतृत्व भएन भने का.वि. डुब्छ र सो अवस्थामा धुलीखेल क्षेत्रका जनसाधारणहरुलाई प्र्त्यक्ष प्रभाव पर्नेछ भन्ने दुष्प्रचारमार्फत सुरेश राज र उनका गुट वर्तमान प्रज्ञािक आन्दोलनलाई बदनाम गर्नमा तल्लीन देखिन्छन। प्राज्ञिक स्वतन्त्रताको सम्बन्धमा आफ्नो बहस गर्ने धरातल गुमाईसकेका सुरेश राज अब प्राज्ञिकतालाई जनजीविकासँग जोडन चाहन्छन र भन्न चाहन्छन का.वि.मा हाल चलिरहेको आन्दोलन धुलिखेल क्षेत्रको विकासको विरुद्ध छ भनेर। अनौपचारिक रुपमा रोटरी क्लब र अन्य स्थानमा जथाभावी बोल्दै स्वार्थरहित ब्यक्तित्वहरुमाथि हमला गर्न पनि सुरेश राज पछी परेका छैनन। यसले का.वि. भित्र र बेल प्रसाद सँगको सम्बन्धमा चलिरहेको माफीयाराजलाई बचाउन सुरेस राज अत्यन्त तल्लो स्तरमा पनि गिर्न सक्दो रहेछ भन्ने देखाँउछ।

का.वि.मा हाल चलिरहेको आन्दोलन का.वि.लाई अत्यन्त सबल र सक्षम बनाउन हो भन्दा अत्यक्ति नहोला। तर, का.वि.को नाममा आफु र आफ्ना परिवार तथा चाटुकारहरु मात्र सबल हुँदै चर्को हालीमुहाली चलिरहेको समूहको लागी आफ्नै सबलता नै का.वि.को सबलता हो भन्ने परेको छ र आफ्नो वर्चस्वका लागी नै का.वि.को प्राज्ञिक सबलतालाई मलजल गर्ने आन्दोलनलाई बदनाम गर्नमा लागेका छन। धुलिखेल, बनेपा र पनौती क्षेत्रका अधिकाँश मेहनती, सव्ाबलम्बि र आत्मसम्मानले भरेका स्थानिय बासिन्दाको नजरबाट पनि यी कुराहरु लुकेका छैनन। का.वि.को स्थापना पश्चात सो क्षेत्रमा जुन गतिमा विकास हुन गएको छ सो विकास दरलाई कायमै राखेर अर्को फडको मार्नु आजको आवश्यकता हो। तर, का.वि. भित्रको चरम नातावाद र भ्रष्ट आर्थिक गतिविधिका कारण केही समय यता का.वि.मा पठनपाठनका लागी जान चाहनेहरुको सँख्यामा एकदम गिरावट आएको छ। निस्सन्देह, सुरेश राज र सीतारामका भ्रष्ट कृयाकलाप र नातावादलाई बुझेका कुनै पनि चेतनशील अभिभावकहरु यस्ता कु-कृत्यका सँक्रमणबाट आफ्ना सन्तानहरुलाई बचाउन चाहन्छन र अलि राम्रै वातावरणमा आफ्ना सन्तानहरु शिक्षीत होउन भन्ने चाहना राख्दछन । झन कुम्सबाट डा. अर्जुन कार्की, डा. शरद वन्त र डा. सरोज धितालको बहिर्गमन पश्चात का.वि.मा भिजन, क्षमता र आत्मसम्मान भएका प्राध्यापकहरु नटिक्ने रहेछ भन्ने निष्कर्षमा ठूलो जनमानस पुगेको छ। यस कुरालाई पुषटि गरेको छ दशकौँ का.वि.मा बिताएका शिक्षकहरुको अप्राकृतिक निष्काशन र डा. बोरिस निरौला जस्ता क्षमतावान प्राध्यापकहरुमाथि का.वि. प्रशासनद्वारा गरिएको आपराधिक हमलाबाट । यस अर्थमा कुपाको वर्तमान आन्दोलनले मात्र का.वि.को प्रतिष्ठा वृद्धि गर्नेछ भन्दा अन्यथा नहोला। वास्तविकता यहि हो र यही नै पूर्ण सत्यता हो।

तर, यस सत्यतालाई तोडमरोड गर्नमा सुरेश राज लागेका छन। बेल प्रसादका भनाईहरु पूर्णत राजनैतिक भनाई हो र यसले सुरेश राजको पृष्ठपोषण गर्नुको निहित कारण बेलप्रसाद स्वयमको का.वि. भित्र सन्चालीत नातावादलाई बलियो बनाउनु हो। यकातिर बेल प्रसाद जस्ता मन्डलेहरुलाई परिचालन गर्न सुरेश राज लागेका देखिन्छन भने अर्को तिर सीताराम स्वयम नै "प्रोभिजनल एडमिशन"को लागी आव्हान गर्दै हिँडेका छन। विध्यार्थिहरु कुपाको आन्दोलनका कारण केयुमा आएनन र त्यसैले "प्रोभिजनल एडमिशन"को शुरआत गरेका हौँ भन्ने सीतारामका भनाईहरु सिधै कुपालाई प्रहार गर्न लक्षित देखिन्छ । यसले वर्तमान केयु प्रशासन अनेकौँ नाटक गर्दै कुपालाई कुनै पनि हालतमा का.वि.मा सफल हुन निदन लागेका छन भन्ने प्रष्ट देखिन्छ। बेल प्रसाद जस्ता लोकल मतियारहरुले स्थानियताका नारा दिन पुग्दैमा र सीतारामले "प्रोभिजनल एडमिशन"को नोटीस निकाल्दैमा सुरेश राज र सीतारामका भ्रष्ट आर्थिक कृयाकलाप र नातावादमाथिको वर्तमान बहस यति छिटो समाप्त हुने वाला छैन। नत यसले कुपाको वर्तमान आन्दोलन माथि कुनै प्रभाव पार्नेछ। झन, कुपाले सुरेश राज र उनका भाटहरुका प्रत्येक दूश्प्रचारलाई चिर्दै का.वि.मा आफ्नो शसक्त उपस्थिति जनाउनु आवश्यक छ। यसका लागी कुपाले का.वि. अन्त्रगतका प्रत्येक स्कूलहरुमा आफ्नो शाखा बिस्तार गर्ने तथा आन्दोलनका चरणहरुलाई विकाश गर्दै जानु अत्यावश्यक देखीन्छ।

3 comments:

Anonymous said...

Lets wait and see who comes out in support of the corrupt leaders of KU: by the measure of the people we can know the typeof people they are. KUPA has to remain vigilant not to be swayed by the threats of these people. Well done for the support of people unfairly dismissed by KU suchas Dr. Arjun Karki, Dr. Saroj Dhital and Dr. Sharad Onta. At last people are undoing the misdeeds of Dr. Suresh Raj Sharma, Dr. Sitaram Adhikary, Dr. Ram Kantha Makaju Shrestha and Dr. Nastu Sharma.

Anonymous said...

There is no ends to dirty tricks people like Dr. Sitaram Adhikary will play such as blaming KUPA for fall in admissions. They will arouse their supportors in Dhulikhel as well. Therefore, KUPA will have to match these old codgers in the future. Good luck, KUPA.

Anonymous said...

It is noticeable that the corrupt people in KU are getting nervous that their time is coming to an end.

However, from the rate of news posted in this blogspot, it is slowing down to less than one item per day compared to that in June. If the momentum against mismanagement in KU is to continue, there must be news items every day to let people know what KUPA is doing. Otherwise it gives an impression that it is all fizzling out.

KUPA must keep up its early gains and not slow down.