Tuesday, December 19, 2006

कुपाको माग र भावी कार्यक्रमहरु

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ
Kathmandu University Professors’ Association (KUPA)
Dhulikhel, Kavre

च.न.:
मितिः-२०६३/०८/२०

काठमाडौं विश्वविद्यालय
धुलिखेल, काभ्रे ।
विषयः KUPA को माग एवं कार्यान्वयनमा देखिएको सुस्तता र भावी कार्यक्रम बारे ।

काठमाडांै विश्वविद्यालय प्राध्यापक संघ KUPA ले काठमाडौं विश्वविद्यालय कावि का प्राध्यापकहरुको हक-हीतको रक्षा गर्न र काविको प्रगतिमा टेवा पुग्ने उद्देश्य राखी जुन अभियान साचालन गरेको छ त्यस सम्बन्धीे काम कारवाही अत्यन्त ढिला-सुस्तीका साथ अघि बढाएकोमा KUPA को गम्भीर ध्यान आकृष्ट भएको छ । कुनै पनि संस्थाको प्रगति हुनुमा त्यहु उपस्थित सम्पूर्ण सबैको आ-आफ्नो योगदान रहेको हुन्छ र त्यही मान्यता अनुरुप सबैले आफ्नो मर्यादित मूल्याङ्कनको अपेक्षा राखेको हुन्छ । तर काविको स्थापना यता जसरी तीन-चार जनाले कार्यकारी परिषद्को नाममा व्यक्ति-परक निर्णयगर्ने परम्परा बसाले त्यस्ले अस्वस्थ व्यवसायिक मर्यादाको विकास हुन गएको कुरा KUPA ले विगतमा नउठाएको होइन । फलस्वरुप यस्तो परिपाटीको शिकार यहाँ कार्यरत अधिकांश शिक्षक-कर्मचारी हुन पुगे र काविलाई सीमित व्यक्तिको प्रभावबाट मुक्त गर्न जरुरी ठानी त्यही अनुसार KUPAले आफ्नो आठ बुँदे माग मिति २०६३।३।५ मा अघि सारेको थियो । तर समावेशी परिपाटीको अवधारणालाई स्वीकार गर्दा आफ्नो एकलौटी निर्णय गर्ने अधिकारको तिलान्जली दिनु पर्ने अवस्था देखेर उपकुलपति डा। सुरेशराज शर्माले KUPA र पछि कर्मचारी संघ (KUSA) का विरुद्धमा खेलेको भूमिकालाई संघर्षरत प्राध्यापक एवं कर्मचारीले विशेष अर्थमा लिएका छन् । विद्यार्थीहरु समेतको सकि्रयतामा मिति २०६३।५।८ गते जसरी चौपक्षीय सहमति भएको थियो त्यस्ले KUPA का केही मागहरुलाई तत्काल कार्यान्वयन गर्ने उदेश्य बोकेको थियो । तर सहमति भएको तीन महिना विति सक्दा पनि केवल शिक्षकहरुकॊ बढुवा र कर्मचारीहरुको स्थायी प्रकि्रयालाई मात्र अघि सारेको यथार्थ हाम्रा सामु छ ।

हाल आएर केवल यही बढुवा एवं स्थायी प्रकि्रयालाई आधार मानी प्राध्यापक-कर्मचारीको मनोवलमाथि कावि कार्यकारी परिषद्ले नियोजित ढङ्गबाट खेल खेल्न खोजेको महसुस भएको छ । काविका कार्यकारीणीहरुलाई यस्तो अव्यवसायिक प्रकृ्रति प्रदशन गर्न शोभा दिदैन । बढुवा वा वृत्ति विकास भनेको क्षमताले भ्याएसम्म प्राप्त हुनु पर्ने प्राकृतिक अधिकारको विषय हो । तर यही स्वभाविक प्रकि्रयाको आडमा असक्षम वा अयोग्यलाई पदोन्नति गर्नु उचित हुनेछैन भनी KUPA ले स्पष्ट पारी सकेको छ । यसर्थ बढुवा वा पेशागत उन्नतिको प्रकि्रया अघि बढ्ने क्रममा सबैको उत्सुक्ता एवं चासो तीव्र भएको हुँदा यसैलाई आधारमानी KUPA का अन्य मागहरुमाथि बेवास्था नगरियोस भनी प्ग्एब् चेतावनी दिन्छ ।

KUPA को संघर्ष कुनै व्यक्तिलाई अस्वाभाविक लाभ प्राप्त हुने सिद्धान्तबाट प्रेरित छैन । KUPA को अभियान काविको प्राज्ञिक एवं प्रशासनिक गरिमालाई स्थापित गर्नु हो । KUPA को अभियानले काविमा पेशागत मर्यादाको विजारोपण गर्दै विाचत भएका समूहलाई आफ्नो स्थान दिलाउन सहयोग गर्नेछ । KUPA को अभियानले परिवर्तनशील समयमा विश्वविद्यालयमा सबैलाई ससम्मान आ-आफ्नो क्षेत्रमा काम गर्ने वातावरण मिलॊस भन्ने भावना बोकेको छ । प्राध्यापकहरुको मनोबल उच्च राख्दा प्राज्ञिक कि्रयाकलापमा उत्क्रिष्टताको प्रदर्शन हुन्छ भन्ने KUPA को मान्ता छ । यी लगायत अन्य दृष्टिकोणमा आधारित KUPAको यस अभियानले पक्कै पनि अहिलेको काविको कार्यशैली एवं प्रशासनिक ढर्रा्रलाई चुनौती दिएको छ । KUPA ले स्पष्ट परिसकेको छ कि वर्तमान व्यवस्थापककीय ढाँचामा परिवर्तन नगरुन्जेल काविमा अनियमितता समाप्त हुने छैन र त्यस्का लागि वर्तमान उपकुलपति रजिष्ट्रार र डीनहरुले आफ्नो परम्परागत शैली बदल्नु पथ्र्याे र सीमित व्यक्तिहरुको समर्थनमा चल्नुको साटो अन्य योग्य र क्षमतावान युवा जमातको साथ लिनु पर्ने हुन्थ्यो । तर दुर्भाग्यवश परिवर्तनको सूत्रधार भएर स्थापना भएको KUPA लाई वेवास्था गर्नु र सभामा सहकुलपतिको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले KUPA को प्रतिनिधिलाई कार्यकारी परिषद्मा आमन्त्रित गर्नु भनी प्रधानमन्त्रीद्वारा सभापतित्व गरेको विश्वविद्यालय सभामा भएको निर्देशनलाई उल्टै नियमको हवाला दिँदैं KUPA लाई नियोजित ढङ्गबाट पन्छ्याउनाले KUPA र KUSA मा आबद्ध सम्पूर्ण सबै र यी संस्थामा आस्था राख्नेहरु सशंकित भएका छन् र आन्दोलित हुँदै गएका छन् ।

KUPA को विरोध हुँदाहँुदै पनि विज्ञान संकायमा वयोवृद्ध प्राध्यापकलाई डीनमा नियुक्ति गर्नु KUPA को एक-व्यक्ति-एक-पद को माग विपरीत प्राध्यापक माझ अत्यन्त अलोकपि्रय व्यक्तिलाई नयाँ पद श्रृजना गरी Associate Director (Student Affairs)मा नियुक्त गर्नु र प्राध्यापकहरुको अहीत गर्ने डीनलाई विज्ञान संकायबाट पद मुक्त गरे पनि Exam Controller मा नियुक्त गर्नाले शिक्षक-कर्मचारीले आन्दोलन गरी ल्याउन खोजेको परिवर्तनलाई ठाडै चुनौती दिएको प्रमाणित हुन जान्छ र हालको कावि व्यवस्थापनमा पूर्ण परिवर्तनको आवश्यकता भएको कुरालाई झनै गरी स्थापित गर्दछ ।

यसै सन्दर्भमा KUPA स्पष्ट पार्न चाहन्छ कि बदिलंदो परिस्थितिमा काविका पदाधिकारीहरु सहयोगी एवं समावेशी नभएकाले र परिवर्तन गर्न कुनै तदारुक्ता नदेखाएकाले KUPA अर्को आन्दोलनको संघारमा पुगिसकेको छ । यस अघि पनि आन्दोलनको चरणमा KUPA ले सुधारका माग राखी समय सीमा तोकेको थियो जस्को काविले पूरै बेवास्ता गरेको थियो र फलस्वरुप KUPA ले सम्पूर्ण पदाधिकारीहरुको राजिनामा माग्न नेपाल प्राध्यापक संघ (NUTA) सँग आमरण रिले अनसनमा सहभागी भएको थियो । यस्तो शान्तिपूर्ण आन्दोलनको मर्म एंव महत्व नबुझ्ने वर्तमान पदाधिकारीहरु सम्पूर्ण रुपमा चेतना शून्य भई केवल पदलोलुप्तामा फसेको KUPA को मूल्याङ्कन छ । हाल आएर आफैले सहमति गरेको कुरामा अपारदर्शी तरिकाले िकंकर्तव्यविमूढ भएको आवरण देखाउनु न त विद्यर्थीहरुको पक्षमा छ न त प्राध्यापक-कर्मचारीहरुको पक्षमा नै ।

यसै बीच KUPAले काविमा ल्याउन खोजेको सुधार विश्वविद्यालयको अपारदर्शी कार्यशैली विद्यार्थीसहितको चौपक्ष्ीाय समझदारीप्रति असन्तुष्ट केही व्यक्तिहरुले अदालती प्रकि्रया सुरु गरेको जानकारीमा आएको छ । यस प्रकि्रयाको निष्कर्ष जे जस्तो भए पनि KUPA ले थालेको अभियानलाई असफल तुल्याउन विश्वविद्यालयकै केही प्राध्यापक एवं प्रमुख पदाधिकारीहरुको नकारात्मक एवं विगतमा देखिएका षडयन्त्रपूर्ण भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन । परिवर्तनसँगै शक्तिहीन हुने अहिलेका पदाधिकारीहरुले आफूले भोग-चलन गर्दै आएको सुविधा र केही सीमित व्यक्तिहरुको सर्मथन जसलाई अस्वभाविक महत्व दिई पद स्थापना गरिएको छ र पछिल्लो सभामा समेत केही सभासदले KUPA स्थापना हुनुहँुदैन भनी वकालत गरेको सन्दर्भमा अदालती पकि्रयाद्वारा परिवर्तन रोक्न खोज्नु भनेकै विश्वविद्यालयका अधिकांश विद्यार्थी प्राध्यापक कर्मचारी एवं विश्वविद्यालयसँग सम्बन्धित सबैलाई आन्दोलित गर्नु हो भन्ने हाम्रो निष्कर्ष छ । विद्यार्थीहरुकोहीतलाई नै सर्वोपरी ठानी विश्वविद्यालयमा आवश्यक पर्ने सुधार सम्बन्धी सम्झौतालाई कसैले चुनैती दिनु भनेको विद्यार्थीकै विपक्षमा वकालत गर्नु हो भन्ने KUPA को निष्कर्ष छ र यस समझदारीलाई अक्ष्ुण्ण राख्न र समझदारी अनुरुप यथाशीघ्र सम्पूर्ण माग पूरा नगरिए KUPA भाग २ आन्दोलनको प्रथम चरणको कार्यक्रम लिएर आउने छ भनी यसै पत्रमार्फत सबैलाई जानकारी गराउँदछ ।

KUPA को संघर्ष कार्यक्रमको चरित्र विश्वविद्यालयको रवैया सम्झौताप्रति प्रतिवद्धता र पारदर्शी कार्यशैलीमा निर्भर रहन्छ । तसर्थ कावि कार्यकारी परिषद्लाई KUPA मिति २०६३।९।५ विहिवारसम्म सम्पूर्ण मागहरु पूरा गर्न अन्तिम मौका दिने जानकारी गराउँदछ । यस अवसरलाई वेवास्ता गरिएको खण्डमा KUPA ले गर्ने भनिएको आन्दोलनले विश्वविद्यालयको शैक्षिक कार्यक्रममा असर पार्ने हुँदा कार्यकारी परिषद्का पदाधिकारीहरुलाई अत्यन्त जिम्मेवार गम्भीर एवं हठ त्यागी काम कारवाही अघि बढाउन KUPA आग्रह गर्दछ ।
………………………
डा.समीरमणि दीक्षित
महासचिव

………………………
डा. रामप्रसाद घिमिरे
अध्यक्ष

ब्ााेधार्थ ः

१। प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीको कार्यालय बालुवाटार काठमाडौं ।
२। शिक्षामन्त्रीज्यू शिक्षा तथा खेलकूद मन्त्रालय िसंहदरवार काठमाडौं ।
३। शिक्षा सचिवज्यू शिक्षा तथा खेलकूद मन्त्रालय िसंहदरवार काठमाडौं ।
४। नेपाल प्राध्यापक संघ (NUTA) त्रिचन्द्र क्याम्पस, घण्टाघर काठमाडौं ।
५। सात राजनैतिक दलहरुको केन्द्रीय कार्यालय काठमाडौं ।
६। ने.क.पा. माओवादी केन्द्रीय कार्यालय काठमाडौं ।
७। नेपाल मानवअधिकार आयोग काठमाडौं ।
८। काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (KUSA), धुलिखेल ।
९। काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण परिषद (SWC) धुलिखैल ।
१०।काठमाडौं विश्वविद्यालयका सपूर्ण संकायका कार्यालयहरु धुलिखेल, काठमाडौं ।

No comments: