Friday, December 22, 2006

केयु आन्दोलन-भाग २

काठमाडौं विश्वविद्यालयको पठनपाठन प्रभावित
स्रोत: कान्तिपुर दैनिक
(http://www.kantipuronline.com/kolnepalinews.php?&nid=95207)

कास
काभ्रे, पुस ६ - व्यवस्थापनले सहमति कार्यान्यन नगरेको विरोधमा काठमाडौं
विश्वविद्यालयका प्राध्यापकहरूले हडताल गरेपछि बिहीबार पठनपाठन प्रभावित
भएको छ ।

सहमति कार्यान्वयन नभएकाले पत्राचार गर्दा पनि व्यवस्थापनले चासो नदिएपछि
दबाबका लागि आफूहरूले काम नगरेको विश्वविद्यालय प्राध्यापक संघका महासचिव
समिरमणि दीक्षितले बताए । उनका अनुुसार विश्वविद्यालयको संरचनामा
प्राध्यापक र कर्मचारी संघलाई समेटिने, स्थायी र पदोन्नतिको प्रक्रियालाई
अघि बढाउने लगायतका सहमति चार महिनाअघि व्यवस्थापनसँग भएको थियो ।
दीक्षितले भने- 'यसप्रति सुुनुुवाइ नभए आन्दोलन जारी राख्नेछौं ।'

शुुक्रबार भने पठनपाठनमा कुुनै अवरोध नपुुर्याउने प्राध्यापकहरूले बताएका
छन् । प्राध्यापकको हडतालका कारण बिहीबार अधिकांश कक्षाहरू सञ्चालन भएन ।
व्यवस्थापनले भने अघिल्लो दिनमात्र सहमति कार्यान्वयन प्रक्रिया जारी
रहेको पत्र प्राध्यापक र कर्मचारी संघलाई पठाएको थियो । कर्मचारी
नियुुक्ति, पदोन्नति र स्थायी प्रक्रियामा स्थानीयलाई प्राथमिकता
दिनुुपर्ने केही समयअघि मात्र स्थानीय बासिन्दाले अदालतमा रिटसमेत दायर
गरेका छन् ।

विभिन्न माग राख्दै प्राध्यापक र कर्मचारीहरूले बिहीबार प्रधानमन्त्रीको
कार्यालयमा ज्ञापनपत्रसमेत बुुझाएका छन् । विश्वविद्यालयको कुुलपति
प्रधानमन्त्री हुुने व्यवस्था छ ।

No comments: