बुद्धीजीलाई मेरो श्रद्धान्जली
सुरेश भक्त श्रेष्ठ
अ.प्रो.मेकानिकल ईन्जिनियरिङ्ग विभाग
काठमाडौँ विश्वविध्यालय
(स्रोत : काउन्टरप्वाईन्ट )
काठमाडौँ विश्वविध्यालय प्राध्यापक सँघका महासचिव डा. समिर मणि दिक्षितको ई-मेलले मलाई ठूलो शोकमा पारेको छ। मैले कहिले सोचिन हाम्रा बुद्धि बहादुर विश्वकर्माजी यति चाँडै हामिबाट टाढा जानु हुन्छ होला भनेर । काठमाडौँ विश्वविध्यालयमा डा.सुरेश राज शर्मा र डा. सीताराम अधिकारीको नातावाद, भ्रष्टाचार र मनपरीतन्त्रको विरोधमा लाग्दा हामीले यति ठूलो मूल्य चुकाउनु पर्ला भनेर मैले कहिले पनि सोचेको थिइन । सुरेश राजको विक्षिप्त मनस्थितिको परिचायकका रुपमा उनले समय-समयमा काठमाडौँ विश्वविध्यालय परिसरमै अख्तियार धाईरहेका भ्रष्टाचारी, साम्प्रदायिक गुन्डाहरु र निर्लज्ज चिरत्रका ब्यक्तीहरुलाई का.वि.मा हुल्दै केयुका प्राध्यापक,कर्मचारी तथा विध्यार्थीहरुमाथि साँघातिक हमला गराईरहेका कुराहरु त हामीले नेपाली समाचार-पत्रहरुमा समय-समयमा पढिरहेका नै छौँ । यस्तै, काठमाडौँ विश्वविध्यालयकै प्राज्ञिक पदमा बस्ने मन्डले, गुन्डाहरुका मार्फत सुरेश राजले कुनै कर्मचारीलाई तुरुन्त जागीर खाईदिने वा तुरुन्त सेवा बाट बर्खास्त गर्ने जस्ता धम्कीहरु पनि दिएका छन भन्ने कुरा केयु वृत्तका हामी सबैको जानकारीमा नआएको पनि होईन । तथापि, सुरेश राजले आफ्ना दलाल, अरोटै-भरौटे, गुन्डा मन्डलेहरु मार्फत जुन आक्रमण मेकानिकल विभागका अत्यन्त स्वाभिंमानी, जागरुक र चरित्रवान कर्मचारी बुद्धि बहादुर विश्वकर्मा माथि गर्न पुगे त्यसको तुलना अन्य कुनै कुरासँग हुन सक्दैन। यदि सुरेश राजको पाशविक र ज्यानमारा राजनितिले हाम्रा बुद्धिजीमाथी हमला नगरेको हो भने, बुद्धिजि निश्चय नै यति कमजोर मान्छे चाँही थिएनन ।
हो, काठमाडौँ विश्वविध्यालयमा विभिन्न तहमा सेवा गर्दा बुद्धि बहादुर विश्वकर्मासँग मेरो समय-समयमा भनाभन हुने र झगडा पनि हुने गर्दथ्यो । सन १९९८-१९९९ को बेलामा हुनुपर्छ विध्यार्थीहरुको क्लास टेस्टको बेलामा मेरो र बुद्धिजिको जुन झगडा भयो त्यसका साक्षीका रुपमा मेकानिकल विभागका अन्य टेक्निशियन देखि लिएर मेकानिकलका फर्स्ट ब्याचका डा. मनोज खनाल सम्म छन । टेक्निकल कर्मचारीहरुलाई त्यसबेला हामीले क्लास टेस्टका समय-तालीका र कक्षा-वितरणका विवरण पठाएका थिएनौँ तथापी सबै कर्मचारीहरुले विश्व-विध्यालय क्यालेन्डरमै भएका कुराहरुलाई मनन गर्ला भन्ने हामीले सोचेका थियौँ । सम्भवत: त्यसवेला विभागिय प्रमुखका रुपमा नर्वेका डा.काई बेड्रिन्गास हुनुहुन्थ्यो र हाम्रो चाहना विभागका कार्यक्रमहरुमा कसैले औँलो ठड्याउन नसकोस भन्ने मात्र थियो । यत्ति मात्र कारण थियो मैले बुद्धिजीसँग भनाभन गर्नु पर्ने । सो बेलामा पनि बुद्धीजिले जुन तर्क दिनु भएको थियो, त्यसले हामी सबैलाई नाजवाफ बनाएको थियो । क्यालेन्डरमा राख्दैमा हुँदैन, त्यसको सँबन्धमा ठोस जानकारी पनि समयमै दिनु पर्छ भन्ने उहाँको भनाई थियो । यसले नै हामीलाई नाजवाफ बनाएको थियो र हामीले सबैकुरालाई एकातिर पन्छाएर क्लास टेस्टको प्रकृया शुरु गरेका थियौँ।
कसैसँग भनाभन हुँदैमा नदब्ने मान्छे हो बुद्धी बहादुर विश्वकर्मा भन्ने मेरो मानसपटलमा त्यसैबेला देखि अँकित हुन पुगेको थियो। फलस्वरुप, जब मैले मेकानिकल विभागको प्रमुखको रुपमा कार्यभार सम्हालेँ, त्यसवेला देखि नै सबैजसो कर्मचारीहरुसँग अत्यन्त लोकतान्तृक तवरले कुरा गर्ने परिपाटी मैले बसाएको हुँ । विभागिय बैठकमा टेक्निशियनहरु पनि उपस्थित गराउने र उनिहरुका धारणा पनि सुन्ने जस्ता कुराहरु हामीले शुरुआत गरेका थियौँ। र आफ्नो अव्वल गुण अनुरुप बुद्धिजीले सदैव अत्यन्त राम्रा सल्लाह र सुझाव काठमाडौँ विश्वविध्यालयको उन्नतीका लागी दिनु भएको छ। विध्यार्थीहरुका प्रोजेक्ट र अन्डरग्र्याजुऐट रिसर्च देखी लिएर मेकानिकल बिभागका बिभिन्न ल्याबहरु सेटअप गर्ने कुरामा बुद्धिजीले धेरै ठुलो योगदान छ । यसैगरि, केयु क्याफ्टेरियाका लागी चाहिने कुर्सी, बेन्च, टेबुल देखि लिएर ब्वाईज होस्टेल र गर्लस होस्टेलमा प्रयोग हुने बेडहरुको डिजाईन, मर्मत र उत्पादनमा समेत बुद्धिजीको योगदान छ । यो लेख पढदै गर्नु भएका केयुका प्राध्यापकहरुले आफ्नो क्वार्टरको खाटलाई हेर्नु होला, त्यो पनि शायद बुध्दिजीकै मेहनत र प्राविधिकताको प्रतिफल हुन सक्दछ।
बुद्धि बहादुर विश्वकर्मालाई मन पराउने मान्छे म मात्र अवश्य पनि थिईन । नेपालीहरुले मेसीन सँबन्धी अध्ययन गर्नु पर्छ भनेर थानका थान लेथ मेसिनहरु केयुमा भित्र्याउने तत्कालीन डीन स्व.बी.एल.अनन्तरामु पनि बुद्धीजीलाई एकदम मनपराउनु हुन्थ्यो । बुद्धीजीले अन्य टीचरहरुले भन्दा बढी ड्रईँगका सँबन्धमा बुझेका छन भनेर उहाँले मलाई सुनाउने गर्नु हुन्थ्यो। यस्तै डा. काई बेड्रिँगास अर्का ब्यक्तित्व हुनुहुन्छ जस्ले बुद्धिजीलाई धेरै हदसम्म सही रुपमा पहिचान गर्दै उहाँको भूमिकालाई झन प्रभावकारी बनाउनु भएको थियो । त्यसैबेला देखि नै होला, ड्रईङ्गको कक्षालाई धेरै हदसम्म ब्यबस्थित र विध्यार्थिहरुका लागी पनि सजिलो बनाउने काममा बुद्धिजी लाग्नु भएको थियो ।
विभागमा बुद्धिजीले जे-जति गर्नु भो,त्यो भन्दा पनि ठूलो गुन चाँही मेरो कार्यकालमा पूर्णत सहयोग गरेर बुद्धीजीले मलाई लगाउनु भएको छ । बुद्धीजिको काठमाडौँ विश्वविध्यालयमा यदि कसैसँग ठूलो भनाभन र झगडा परेको छ भने शायद त्यो मान्छे म नै हुँला । म सँग जे-जति भनाभन र झगडा भयो त्यसमा मैले बुद्धिजीले कहिले पनि कुनै नकारात्मक कुरालाई आधार बनाएको मैले कहिले देखिन । कसैसँग नरमाइलो कुरा र झगडा कुनै सन्दर्भमा गर्ने मन हामी कसैलाई हुँदैन । तसर्त, झै-झगडा र विवाद पछि विषाद र तनावहरुलाई हामीले सकुन्जेल सरलीकरण गर्ने गर्नु पर्छ । यसै अनुरुप, हाम्रा बिचमा झगडा भएको भोलिपल्ट कुराकानी हुँदा -बुद्धिजी र म खुलस्त कुराकानी पनि गर्ने गर्थ्यौँ र यसबाट नै दुबैतिर बाट तुष मेटिएको आभास हामीले पाउँथ्यौँ।
तर, अहिले काठमाडौँ विश्वविध्यालयमा कुपा (KUPA) र कुसा (KUSA)को गठन पश्चात हामी सबैलाई जुन-हिसाबले प्रताडनामा राखिएको छ-त्यसको त शायदै कुनै लेखाजोखा होला । यहाँ जापानमा बस्दै अध्ययनरत मलाई त सुरेश राजले केही सँदिग्ध र घटीया चरित्रका मन्डलेहरु मार्फत प्रहार गर्न सक्दछ भने केयुमै कार्यरत बुद्धिजीहरुमाथि पनि प्रहार गर्नु र अत्यन्त ठूलो मानसिक तनावमा राख्नु अत्यन्त स्वाभाविक कुरा हो । म एकदम विश्वस्त छु, बुद्धिजीलाई जीवनबाट निराश बनाउनेहरुमा सुरेश राज र उनका हनुमानहरुका हात छन । कुपा र कुसाको सदस्यता लिएकै आधारमा यदि कसैलाई कुनै भोला थापा र सुरेश राजहरुले जागीर खान्छु, कुट-पिट गर्छु, ज्यान लिन्छु र परिवारका सदस्यहरुलाई यसो-उसो गर्छु भनेर धम्की दिँदै वा तर्साउँदै, अत्यन्त सँवेदनाहीन कुरा गरेका छन भने यस्ता नराधमहरुलाई हामीले केयुबाट तुरुन्त लखेटनु पर्छ। यो नै बुद्धिजी प्रती हाम्रो साँचो श्रद्धान्जली हुनेछ ।
No comments:
Post a Comment