हत्यारा सुरेश राजको नयाँ षडयन्त्र
मेकानिकल विभागका कर्मचारी बुद्धी वहादरु विश्वकर्माको असामयिक निधन पश्चात सुरेश राज, भोला थापा लगायत केयुका हत्याराहरुले अनेकौँ नयाँ-नयाँ षडयन्त्र रच्दै कुपा, कुसा र केयुका अन्य स्वाभिमानि कर्मचारीहरुलाई पनि आफ्नो प्रभावमा राख्ने कोशिश गरेको कुरा अहिले प्रष्ट हुन आएको छ । यस ब्लगलाई प्राप्त धम्की र कुपा तथा कुसाका कर्तव्यनिष्ठ पदाधिकारीहरुलाई सुरेश राजका हनुमानहरुले घेरेर लगे भन्ने सँबन्धमा पनि थप जानकारी प्राप्त हुन आएको छ । यस ब्लगमा राखिएको साक्षी-प्रमाण सँग डराएर नै सुरेश राजका मितयारहरुले नयाँ षडयन्तर रच्दै ब्लग म्यानेजमेन्ट समितिलाई ब्लग बन्द गर्न धम्की पठाएको रहेछ भन्ने अहिले स्पष्ट भएको छ । सुरेश राज र केयु प्रशासनको मिलीभगतमा यस ब्लगमा आएका भनाईहरुलाई बन्द गर्नका लागी आफ्ना एजेन्टहरु मार्फत भने यस ब्लगलाई डा. समीर दिक्षीत लगायत अन्य धेरै हाम्रो कब्जामा छन भन्ने जनाउ यीनिहरुले दिन पुगेका थिए । यस्तै, कुसाका मित्रहरुलाई "बुद्धी आत्महत्या" प्रकरणमा सहयोग गर्ने हो भने आर्थीक, एवम अन्य सहयोग गर्ने प्रस्ताव पनि सुरेश राज र भोला थापाहरुले राख्ने जम्रको गरेको रहेछ । तर, जे होस, यो एउटा नाटक रहेछ भन्ने कुरा स्पष्ट हुन गएको छ र सुरेश राजले चाहँदैमा हरेक नेपालीले उनलाई सहयोग नगर्ने रहेछ भन्ने पनि बुझीन आएको छ।
तर, बुद्धी वहादुर विश्वकर्मा लाई आत्मह्तया गर्न विवश वनाउने सुरेश राज, भोला थापा र उनका मतियारहरुले चाहँदैमा हामी समर्थन गर्दैनौँ भन्ने अभिव्यक्ती कुसाका पदाधिकारीहरुबाट आउँदा खेरी सुरेश राज शर्माको मन्डले गुटमा अहिले ठुलो भूँईचालो गएको छ । धुलीखेलका मन्डलेहरु बेल प्रसाद श्रेष्ठ, डा. राम कन्ठ श्रेष्ठ, भोला थापा, भ्रष्टाचारीहरु सीताराम अधिकारी सुरेश राजका अन्य दलालहरु अहिले पनि धुलीखेल लज रिसोर्टमा बस्दै अब कसरी बच्ने भन्ने षडयन्त्रका ताना-बाना बुन्नमा लागेका छन । प्रशासनिक दवाव र दलितलाई गरेको अभद्र व्यवहारको दोहरो आरोपबाट बच्नका लागी सुरेश राजहरुले कुनै नयाँ घटना र नयाँ कुरालाई आधार बनाउँदै, यो आत्महत्या-कान्डलाई नयाँ मोड नदिएला भन्ने देखीन्न।
वर्तमान घटनाक्रम अनुसार राजा ज्ञानेन्द्रबाट पदक लिएको आफ्नो ठूलो फोटो "नेपाल समाचारपत्रमा" प्रकाशित गर्दै ज्ञानेन्द्रको सत्ता रहेको अवस्थामा मेकानिकल ईन्जीनियरीङ्ग विभागको अध्यक्ष हुन सक्षम कृषी ईन्जीनियर भिम प्रसाद श्रेष्ठ पनि सुरेश राजहरुका निर्देशनमा "नेपाल समाचारपत्रमा" बुद्धि विश्वकर्मा हत्याकान्डलाई नयाँ रुपमा प्रस्तुत गर्ने तानाबाना बुन्ने क्रममा ब्यस्त छन । विराटनगरमा लोकतान्तृक नेता महेश आचार्यलाई आक्रमण गर्ने प्रयासमा आफ्नो दाहीने हात भाँच्चीने गरी कुटाई खान पुगेका भोला थापाका थापा खलकका चम्चाहरु पनि अहिले भोला थापा, र सुरेस राजको बचाउका लागी चिया-पसलहरुमा मृतक बुद्धी वहादुरकै बदख्वाँईमा लागेका छन ।
यदि मृतक वुद्धी वहादुर साँच्चिकै मानसिक रुपमा सुरेश राज जस्तै विक्षीप्त र असन्तुलित रहेका भए किन उनलाई समयमै केयुको सेवाबाट हटाईएन त? आत्महत्याको अवधिसम्म केयुमा कार्यरत बुद्धी विश्वकर्मालाई सुरेश राज र भोला थापाले त्यति भेटेका र कुराकानी गरेका छैनन जति केयुका विध्यार्थीहरुले गरेका छन । हो, छोरीको मातहतमा रहेको कुवा (KUAA) मार्फत सुरेश राजले केही भन्न सक्लान तर के सुरेश राजले ती प्रत्येक विध्यार्थीहरु जो बुद्धी विश्वकर्मासँग केही दिन अगाडीसम्म सँपर्कमा रहेका छन, उनीहरुलाई पनि बुद्धी बहादुर मानसिक रुपमा असन्तुलित हो भनेर भनाउन सक्लान त? सुरेश राज र भोला थापा यो कान्डका प्रमूख अभियुक्तहरु हुन र यीनिहरु माथी नेपाल सरकार र नेपालका प्रशासनिक निकायहरुले अतिशिध्र कार्यवाही थाल्नु सामयिक रहने हाम्रो माग छ।
अन्तमा, यो ब्लग केयुमा कार्यरत प्रत्येक कर्मचारी, शिक्षक र विध्यार्थीहरुका भलाईका लागी नै हो र हाम्रा शुभचिन्तकहरुलाई कसैले ब्लग बन्द गर्नका लागी आक्रमण, अपहरण र अप्रत्यासित हमला गर्दा हामीलाई ठूलो चोट पुग्नु स्वाभाविक छ। अमूल्य जीवनका वचावका लागी यो ब्लग सदैव कृतसँकल्प छ र रहिरहने छ। यही हो, हामी र सुरेश राज-भोला थापा बिचको फरक।
No comments:
Post a Comment