बुद्धी आत्महत्या पछाडीका कारणहरु
काठमाडौँ विश्वविध्यालयमा आफ्ना साँगठानिक हक-अधिकारका लागी लडिरहेका यहाँका कर्मचारी र शिक्षकहरुलाई जुन मानसिक तनावमा सुरेश राज र उनका निर्देशनमा कार्यरत डिन भोला थापाले राखेका थिए, त्यसैको परिणति हो बुद्धी बहादुर विश्वकर्माको आत्महत्या भन्नेमा यो ब्लग विश्वस्त छ । स्व.बुद्धि बहादुर विश्वकर्मा आफ्नो जीवनको अन्तीम कालसम्मा पनि केयुका हाकीमहरुसँग लडेरै आफ्ना अधिकार हामीले पाउनु पर्छ भन्नेमा विश्वस्त रहेछन। यस्ता स्वाभिमानी, ढृद निश्चयी, र केयुका अतन्यन्त ईमान्दार कर्मचारी माथि सुरेश राज र उनका गुन्डा भोला थापाले के-कस्ता दुर्वयवहार, अमानवीय व्यवहार, र जातीवादी लान्छनाहरु लगाएका थिए, त्यसको केही प्रमाण हामीसँग छैन। तर, मृत्युवरण गरिसकेको मान्छेकै दोष देखाउने शाही प्रचलनको आडमा सुरेश राजले आफु र आफ्ना हत्यारा-गुन्डा भोला थापालाई कतिन्जेल बचाउने हो-त्यो हामी पनि हेर्नेछौँ। बुद्धी बहादुरका शोकसँतप्त जहानसँगको अडियो सँवादले भोला थापा र सुरेश राजका अन्य मतियारहरुले कार्यवाहीमा पार्ने, जागीरबाट निकाल्ने र बदनाम गर्ने धम्की बुद्धी बहादुर विश्वकर्मालाई दिएको कुरा स्पष्ट हुन्छ।
#####
सँवाद
#####
(पुरुष स्वर: खुमान सँिह तामाङ्ग, कान्तिपुर, काभ्रे सँवाददाता)
(महिला स्वर: मृतक बुद्धी बहादुर विश्वकर्माका जहान)
पुरुष: के-के भयो रे?
महिला: अफिसमा अब ग्वारकोमा.....ग्वार्कोमा रे अँ...भोलालाई भेटन जाने, रजिष्ट्रारलाई । स्टाफहरु सबै मिलेर थर्काउन जाने भनेर गका । कारवाहीमा पर्ने भयो भनेर अफिसबाट आएछन, कारवाहीमा पर्ने भयो भनेर, जागीरबाट निकाल्ने भयो - बदनाम गर्ने भयो भनेर, अब सरकारी जागिर खानका लागी तिमी अब फर्म बुझ्न जाउ काठमाडौँ भनेर मलाई हिजो पठाउनु भयो ।
पुरुष: ऊँ....
महिला:त्यो कमलपोखरी र उसमा...ताहाचलमा दुईतिर, टीचरमानी र त्यो लोकसेवा आयोगमानी । म आउँदा खेरी चाँही त्यस्तो भयो। मर्छु-यर्छु, यस्तो-उस्तो केही नभन्या । कहीले घर जाउ भन्नी, मलाई, त्यो शुक्रबार देखी यता कहिले घर जाउ भन्ने, तिमि काठमाडौँ गएर अाउ- होईन फोन गरे नी हुन्छ भन्दा, होईन काठमाडौँ जाउ तिमी,काठमाडौँ जाउ, बुझेरै आउ भन्ने। आउँदा खेरी यो, चार बजे आउँदा खेरी कोठामा त्यस्तो भईराख्या पो रहेछ।
(सँवाद सुन्नका लागी तलको लीँक थिच्नु होला)
No comments:
Post a Comment