क्वेश्चन पेपर
'के छ मास्टर?'
'ठीक छ सर ।'
'धेरै दिनपछि देखापर्यौ?'
सुरेश राजको अनुहारमा अनिश्चितता देखापर्यो ।
'के कामले आज यहाँ?'
'अब केमा भन्ने ?'
'झोला त निकै गर्हुङ्गो छ नि ' मेरो झोलातिर सुरेश राजले संकेत गरे ।
पुनः कालो बादल मडारियो सुरेशराजको मुहारमा। हत्यारा अपराधीहरु आफ्ना अपराध बोझले जहिले पनि सशँकित हुने अनुरुप सुरेश राज पनि आजकाल पोको-पोन्तरो देख्ने बितिक्कै तर्सिने गरेको छ । त्यसैले सोधी हाले उनले
'के हो झोलामा ?'
'क्वेश्चन् पेपर हो ।' मैले भने ।
'क्वेश्चन पेपर?'आश्चर्यमिश्रित तर पहिले भन्दा अलि सुनिश्चित तवरले प्रश्न तेर्साउन पुगेका छन सुरेश राज अहिले ।
'हो, क्वेश्चन पेपर ।'
मेरो उत्तरले सुरेश राजलाई परिक्षा नियन्त्रण कार्यालयको स्मरण हुन थालेको छ । वास्तवमा केयुको परिक्षा नियन्त्र्ण कार्यलय सुरेश राजको प्रिय विभाग हो। सुरेश राजले मम:,ड्रमस्टीक र अन्य खानपीनको लागी तोकिएको विभाग हो यो। सुरेश राजको देखासिकि गर्दै पालतु जन्तु पुष्पराज र चेपागाँडा भद्रमानले पनि यहाँ टन्नै खाईसकेका छन। झन का.वि.नियमावली अनुसार सर्वेसर्वा भएका बखत त सीताराम आफुले मात्र होईन आफ्ना दुईजोडा पारसहरुलाई पनि यहाँको भव्यताको र पूर्णताको स्वाद दिलाईसकेका छन। खै कसले हो कुन्नी यसै विभागमा सुरेश राजले कुनै बेला ओभरटाईम पनि गरेको थियो भनेको गाँईगुँई नसुनाएको पनि होईन। यस्तो प्रतिभाशाली विभागको नोस्टालजीयाले सुरेस राज अहिले घोरिन थालेको छ। उनका मनस्थितिलाई ध्यानमा राखेर मैले फिसिक्क हाँसेर सोधेँ उनलाई ।
'सर लाई परिक्षा विभाग खुब मनपर्छ हगी?" ।
'किन यो प्रश्न? ' सुरेश राज आफ्ना सोचाईलाई मैले भेदेकोमा झसँग हुन्छन। अनि प्रतिप्रश्न गर्न थाल्छन।
'मसँग होइन, यो प्रश्न आफ्नो हातको झोलासँग गर, मास्टर ।'
'किन, के भयो ? जस्ले गर्दा तपाई प्रश्न पत्रको पोको बोकेर यहाँ ?' उसले फेरि भन्यो ।
'क्वेश्चन पेपर उपयोग गर्न ' मैले सुस्तरी जवाफ दिएँ।
'ए..., उपकूलपति कार्यलयमा उपयोग हुने प्रश्न पत्रहरु के होलान त ।' सँभावित अन्तर्वार्ताको कल्पनाले सुरेश राजको अनुहार चम्किन थालेको छ अहिले । का.वि.मा आन्दोलनमाथि बल प्रयोग, गुन्डा प्रयोग, नातावादी दल प्रयोग, हतियार प्रयोग बाट हुँदा-हुँदै अन्त्यमा यीनले मान्छेलाई झुन्ड्याउने अस्त्रको पनि प्रयोग गरिसकेका छन। मान्छे झुन्ड्याउन यीनले प्रयोग गरेको अस्त्रको सँबन्धमा छानविन टोलीको सट्टा अन्तर्वार्ता र भाषणको निम्तो आउनु थाले पछि सुरेश राज "जो चोर उस्कै ठुलो स्वरको" निती अनुसरण गर्दैछन। बाहिरका पत्रकारहरुले प्रश्नको ठेली बोकेर आउँदा नोटको ठेली लिएर जाने गरेका कारण मेरो प्रश्नको ठेलीमा त्यस्तो केही नहोला भन्ने उनको आशय हुन सक्छ। हामी पर्यौँ जावो मास्टर त हो नी जस्लाई बनाउने-विगार्ने सारा ठेक्का बोकेका सुरेश राजहरुसँग हामीले कुनै पनि हालतमा नोटको बिटो माग्दैनौँ भन्ने हेक्का उनलाई स्पष्ट रुपमा छ । अनि भन्न थाले,
' हुन त यो अलि आधुनिक भएन र भन्या? '
'आफ्नै कर्मचारीले अन्तर्वार्ता लिँदै प्रकाशीत गर्दा मान्छेले के भन्लान?' अहिले सम्म मान्छेले के भन्लान भन्ने बेवास्ता गर्दै आएको सुरेश राजको यो प्रश्नले मेरो कन्सरीको रौँ तात्न थालेको छ।
'यो क्वेश्चन पेपर अन्तर्वार्ताको लागी होईन, महाशय" मैले स्वरमा चर्कोपन भर्न थालेँ।
'कसका लागि त ? मेरो लागी होईन भने जानुस परिक्षामा, त्यहाँ नै सल्टाउनु होला', सुरेश राज अन्त्रवार्ताको सपना भताभुँग भएकोमा आक्रोशीत देखिन थालेको छ अहिले।
'होईन, तपाँईहरुले मलाई कस्तो उपकूलपति भन्ठान्नुहुन्छ हँ?' सुरेश राज अब विस्तारी रात्तिन थालेको छ,'वाहियात कुरा गर्न म सँग फुर्सद छैन, अरु केही छ तपाँईलाई भन्न?'
'वाहियात काम गर्न चाँही फुर्सद छ हगी?' म पनि जम्न थालेँ अब हम किसिसे कम नहीँको शैलीमा।
'के प्राज्ञिकताको लागी लडने मान्छेलाई आत्महत्याको लागी विवश गर्नु वाहियात होईन र?, के आफ्ना हक-अधिकारको लागी आवाज उठाउने काम वाहियात काम हो? तपाँई मन्डले प्रवृति प्रदर्शन गर्दै हुनुहुन्छ लोकतान्तृक नेपालमा' मेरो पारो टाउकोमा पुगिसकेको थियो।
'यो क्वेश्चन पेपर स्तम्भबाट शिक्षा मन्त्रालयमा आउँदै गर्नु भएका मन्त्रीज्युका लागी हो, उसैका लागि बनाएको हुँ ।' मैले बेस्सरी भन्दिएँ ।
रातोपिरो सुरेश राज अहिले पूर्ण रौद्ररुपमा पुगिसकेका छन । 'जानुस, जे गर्न मन लाग्छ गर्नुस, जति गाली गर्न मन लाग्छ गर्नुस, तर म पनि कुर्सी छोडने वाला छैन।' सुरेश राजले अब ज्यानमारा शैली निकाल्न थालिसकेका छन ।
'ठीक छ, जे-जति सक्छ गरे हुन्छ, षडयन्त्रकारी मन्डले हत्याराहरुले अहिले सम्म कस्लाई छोडेको छ र?' शान्त प्रत्युत्तर दिएँ मैले।
'यो हामीले तपाईलाई खुला रुपमा जानकारी दिनका लागी भन्न आएका हौँ। हामीले जहिले पनि खुला रुपमा गरेका छौँ-चाहे त्यो आन्दोलन होस वा अन्य सँबद्ध पक्ष। त्यसैले, नयाँ स्तम्भकार शिक्षामन्त्रीलाई पनि हामी घच्घच्याउँदै छौँ भन्ने खुल्लम खुल्ला तपाँईलाई भन्न आएका हौँ' आफ्नो खुला स्वभावको परिचय मैले यसरी दिँदा सुरेश राज झन-झन रिसाउन थालेका छन अहिले।
'खुल्ला रुपमा भन्ने? लौँ तिमिहरुका शिक्षा मन्त्रीले मेरो केही बिगार्न सक्ने वाला छैन' सुरेश राज अहिले खुल्ला चुनौती दिँदै छन ।
'स्तम्भ लेख्नु र मन्त्रालय चलाउनु फरक हो, मास्टर' सुरेश राज अब मलाई प्रवचन सुनाउन थालेका छन । 'के हो गर्ने प्रदिप नेपालले? मलाई हटाउने? मलाई त केयुबाट ईन्द्रको बाउ चन्द्रले पनि हटाउन सक्दैन।' सुरेश राज अहिले खुल्ला झम्टिने पारामा जम्न थालेका छन ।
त्यतिकैमा सुरेस राजका अन्तरँग मित्र सीताराम सल्लाहकार मन्दमुस्कानका साथ भित्र पसे र मलाई देख्ना साथझन रसिलो आवाजमा सोध्न थाले 'के हुँदैछ, आन्दोलनको?'
सीतारामसँग कुरा गर्ने मलाई कुनै चाहना भएर र म पनि हुत्तिएँ भिसीकोठाबाट बाहिर । तल, तिनकुने बगैँचाको डिलमा के पुगेको थिएँ, झल्याँस सम्झिएँ केयुको पुरानो भनाई 'सीताराम हाँश्यो कि नास्यो'। सीतारामको जिस्क्याई र शान्त प्रतिकृयाले एउटै मात्र सँकेत गर्छ त्यो हो यीनले किनिसकेका छन- भ्रष्टाचारबाट कमाएको अकुत कालो धनले। क्वेश्चन पेपर पढनेलाई नै किनेको हो या तीनका हाकिमलाई त्यो चाँही अहिलेसम्म ठम्याउन सकेको छैन मैले।

1 comment:
hello
your title is incorrect.
it's vidyalaya not vidhyalaya.
correct it
Post a Comment