Wednesday, April 25, 2007

आन्दोलन र गन्तव्य

आन्दोलनको कथा र व्यथा आन्दोलनकारीले मात्र बुझछ । दमनको चाप कति छ, गुमाउनु पर्ने कुरा कति छ,हत्याराहरुका जमात कति छन्, गुन्डाहरुको सँख्या कति छन, भ्रष्टाचारीको सँयन्त्र कस्ता छन्, शिक्षा र प्रधानमन्त्री कस्तो छ र आन्दोलनकारीको ज्यानमा तागत कति छ । यी सबै कुरा बुझने पात्र भुक्तभोगी आन्दोलनकारी मात्र हो । आन्दोलन गर्न वाध्य वनाउने हत्यारा, नातावादी, भ्रष्टाचारीहरुले त केबल ओठ चलाए पुग्छ, देश-देशावरका साम्प्रदायिक दलालहरु, गुन्डाहरु, नातावादीहरु र भ्रष्टाचारीहरु आफ्ना मालिकका विरुद्ध आवाज निकाल्नेहरु विरुद्ध सकृय भईहाल्छन ।

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा सुरेस राज शर्मा काठमाडौ विश्वविध्यालयमा आन्दोलनका प्रमुख सुत्रधार हुन । केही महिना अघिको कुरा हो । ईमान्दार कर्मचारी बुद्धि वहादुरलाई झुन्डीन वाध्य वनाएर यीनले आन्दोलन विरुद्धका क्रुरतालाई चरमशिमामा लगिसकेका छन । आन्दोलनकारीहरुले पाउने केही छैन, खाली केही साँगठानिक अधिकार र भ्रष्टाचार र नातावादको विरुद्ध विरोध गर्ने अधिकार । तर, गुमाउनु पर्ने धेरै भएकै कारण सुरेश राजहरु हतास मनस्थितीमा भकाभक दमन गर्दै हिँडेका छन । तथ्य र तर्कले सुसज्जित हुनुपर्ने प्राज्ञिक थलोमा कसैले पनि दोहोरो तलब खाएका छैनन। कसैले कतै नपाउने विदा मागेका छैनन न त कसैले निगाह गर्दै पदोन्नतीका लागी प्रयास गरेका छन । सबैको उद्देश्य यी कु-प्रथा केयुबाट हटनु पर्ने भन्ने नै छ र यो नै आन्दोलनको कठोर यथार्थको ठोस धरातल हो । तर, हालीमूहाली चलाउन मग्न नातावादी, छाडा, भ्रष्टाचारी सुरेश राज भने आन्दोलनका दौरानमा उठेका तर्क सुनेर विलखबन्द परेका छन र यीनका ओठ-तालु सुकेका छन। यसै कारणले हो यीनि धमाधम प्रहार गर्दैछन र आफ्ना कर्मचारीहरुलाई झुन्ड्याउँदै छन ।

यिनका क्रुरता र दमनका कारण का.वि.यो विश्व-भूगोलको कुन भागमा पर्छ भन्ने शँका पनि उत्पन्न हुन थालेको छ । देशमा लोकतन्त्र छ तर काविमा भने अभिव्यक्ति स्वतन्त्रता आज पनि हिजोजस्तै सङ्कटमा छ । हिजोको नेपालमा राजा ज्ञानेन्द्रको हुकुम सुनेर 'ज्यू-ज्यू' भन्नमात्र पाइन्थ्यो । आजको केयुमा सुरेशराजहरूका आदेश सुनेर पनि 'ज्यू-ज्यू' भन्नमात्र पाइन्छ । सुरेशराजहरु भन्छन्, काविमा सँगठन चाँहिदैनन, चाँहिदै चाँहिदैन। नत्र राजनिति भित्रिन्छ, र राम्रो सँस्थामा प्रलय हुन्छ । प्राज्ञिकताको हत्यारा नातावादी यथास्थितिमा छ र सुरेश राजहरु आफ्ना नातावादी गुटका साथ पूर्ण राजनिति गर्दैछन। तर राजनिति गर्न थाल्यो भन्ने आरोप चाँही राजनिति हुनु हुँदैन भन्ने हरुकै विरुद्धमा तेर्सीएको छ। त्यसैले सुरेश राजहरुले काविमा सँगठन बन्दैमा मात्र राजनिति हुन्छ भन्ने आशङ्का प्रकट गर्न पाइँदैन । सुरेश राजको यो दुःसाहस त्यतिकै आएको होईन। देशमा विध्यमान र झन-झन झ्याँगिदै गएको भ्रष्ट आचार, विचार र व्यवहारका कारण उनले यसो भन्ने आँट गरेका हुन।


आफ्नो भाग्यको चित्र आफैं कोर्न चाहने शिक्षक, प्राध्यापक र कर्मचारीहरुले आन्दोलनलाई छोडनुको कुनै विकल्प छैन। सुरेश राजलाई साथ दिने भ्रष्ट आचार, विचार र व्यवहारका विरुद्ध पनि थप आन्दोलन हुनु स्वाभाविक देखिन्छ। होईन आन्दोलन छोडने हो र सुरेश राजहरुकै चरणअमृत सेवन गर्ने हो भने सबैले मान्नु पर्यो का.वि.का मालिक सुरेश राज हुन र अरु सबै त्यहाँ उनका नोकर हुन। त्यसैले आन्दोलनकारी नायकहरूको ताल देख्दा मलाई सुरेश राजहरुका अनगिन्ति षडयन्त्रको याद आउँछ । माथि सत्ताको सवार सुरेश राजसँग पैसा, पहुँह र पद सबै छन। तर, तल दमनका शिकारहरु हामी भने अझै भ्रमित छन। आफु र आफ्ना सन्तान बाहेक अरुलाई धूलाका कण बराबर नगन्ने सुरेश राजहरुले आपसमै बझाउन, जुधाउन र लडाउन कहिले आश्वासनको मिठो पोको फ्याँक्छन भने कहिले भ्रमित पार्ने टिप्पणीहरु । फलस्वरुप आन्दोलनकारीहरु आक्रोशित त छन तर सुरेश राजको भ्रम, षडयन्त्र र तिनका दलालहरुका कु-कृत्यलाई चिर्न र भेदन सकेका छैनन।

सुरेश राजहरुलाई समूचित जवाफ दिँदै, केयुमा प्राज्ञिकताको वहाली गर्नु अहिलेको आवश्यकता हो र यसका लागी सबैले आफ्ना अहमलाई त्याग्ने,भ्रष्टाचारीहरुको षडयन्त्रलाई बुझ्ने र आन्दोलनलाई झन शसक्त बनाउनु जरुरी छ। हामी हाम्रा एकतालाई कायम राख्न सकेका अवस्थामा मात्र सुरेश राजलाई केयुबाट हटाउन सक्नेछौँ। होईन, आफ्नै अहमता र महत्तामात्र खोज्ने हो भने त्यो दिन टाढा छैन जुन वेला हामी मध्ये वाट कोही पनि पुष्पराज जस्तै सुरेश राजको तलुवा चाटने भुक्ने जन्तुमा परिणत हुनेछौँ। तर, बुझ्नु पर्ने कुरा के हो भने पुष्पराजले सुरेश राजको तलुवा चाटदैमा कसैको आवाज केयुमा दबिएको छैन। र यो झन बढने छ र कुनै हालतमा दबिने छैन। तसर्थ, आन्दोलन गन्तव्यमा पुग्दैन भन्ने सोच कसैले नराखे हुन्छ। झन सुरेश राजहरुले त के बुझ्नु पर्छ कि हामीलाई एउटै मात्र मौका भए पुग्छ।

No comments: