Thursday, August 09, 2007

केयुका सँबन्धमा थप कुरा -२


 काठमाडौँ विश्वविध्यालय प्रशासनले नियममा रहेर काम गर्नुपर्छ भन्ने भनाई उफ्रँदै बताउने सुरेश राजले आफ्ना बक नफुटने लाटा भाई मुकुन्द उपाध्यायलाई विश्वविध्यालयमा नियुक्त गर्दा कसरी नियम-कानूनलाई धोती लगाईिदएका थिए-त्यो अब नौलो कुरा रहेन। स्वतन्त्र रूपमा विद्यार्थीको शुल्कबाट चल्ने विश्वविद्यालय भएकाले सरकारले बढी व्ययभार बेहोर्ने विश्वविद्यालयका लागि बनेका नियमहरूको सेरोफेरोले यस विश्वविध्यालयलाई समेटन सक्दैन भन्ने सुरेश राजले बढो मजाले नातेदारहरुलाई भने विश्वविध्यालयको कर्मचारीका रुपमा समेटेका छन।। नियम-कानूनको हवाला दिने सुरेश राजले आफ्ना आसे-पासे नातेदारहरुका आग्रह र अनुग्रहका आधारमा काठमाडौँ विश्वविध्यालयका छात्र-छात्राहरुलाई राम्रा शिक्षक-शिक्षिकाबाट जहिले पनि वँचित गर्दै आएका छन। यस्तो बेलामा नियम-कानूनको कुरा गर्दै नेपाल प्राध्यापक संघले काठमाडौं विश्वविद्यालयको मर्म र आवश्यकतालाई नै नसमेटेको हुन सक्छ भन्ने आँट गर्ने सुरेश राजको केयुमा के स्वार्थ छ? बढो गम्भिर प्रश्न छ अहिले हाम्रा अगाडी।

काठमाडौँ विश्वविध्यालयमा अन्य कुनै कर्मचारीले इच्छा व्यक्त गर्नु र चासो व्यक्त गर्नु र यिनका नातेदारले इच्छा व्यक्त गर्नु भनेको फरक कुरा हो। काठमाडौँ विश्वविध्यालयका शिक्षक प्राध्यापकहरुले डीन, रजिष्ट्रार, र उपकुलपतिहरुले नातावाद लादनु हुँदैन, भ्रष्टाचार गर्नु हुँदैन र बोली नफुटने मुकुन्द जस्तालाई मुख्य प्रशासनिक बनाउनु हुँदैन भन्ने कुरा सँस्थाको प्रकृति अनुसार छ। भ्रष्टाचारी रेक्टर, रजिस्ट्रार, उपकुलपतिलाई हटाउनु पर्यो भन्ने माग शिक्षक/कर्चारी/विध्यार्थिले राख्न पाउँछ । राम्रो नपढाउने शिक्षकलाई विध्यार्थिबाट गुनासो आयो भन्दै हटाउन मिल्छ भने राम्रो र असल प्रशासन नचलाउने उपकुलपतिलाई पनि शिक्षक/प्राध्यापक/कर्मचारीका गुनासाका आधारमा किन नहटाउने? तर, सुरेश राज यसलाई भने प्राध्यापकहरूले बोल्ने विषय नै होइन भन्दै हिँडेका पो रहेछन। उल्टो ठिक छ, आफ्नो इच्छा वा चासो मात्र व्यक्त गर भन्ने यिनी नियुक्ति भने ऐननियमले मात्र हुने गफ पो छाँटदो रहेछ। के काठमाडौँ विश्वविध्यालयका प्राध्यापकहरु जसलाई भौतिकि, रसयान, गणित, ईन्जिरियरिँग, मेडिसिनका नियमहरु औँलाका टुप्पामा राख्छन, तिनिहरुलाई उपकूलपति नियुक्तिको नियम थाहा नहोला र?
 
काठमाडौँ विश्वविध्यालयको आन्दोलनको केन्द्रविन्दुमा आफ्नो कुकर्म र भ्रष्टाचार रहेको कुरा स्पष्ट बुझेका सुरेश राजले यो आन्दोलन उनको पत्तासाफ नगरि समाप्त हुँदैन भन्ने पनि स्पष्ट बुझेका छन। स्वतन्त्र रुपमा चिन्तन,लेखन, प्राध्यापन र अनुसन्धान गर्ने प्रबुद्ध बर्गले केही कुरा नबुझी त्यतिकै आन्दोलन गर्दैनन। चेतनाको ज्वालालाई छातिमा राखेर बसेकाहरु कसैका उक्साहट र बहकाउमा आउँदैनन। दशौँ वर्षको अनुभवले देखाईसकेको छ, यहाँ बाट भ्रष्टाचार र नातावाद नहटने हो भने केयुको कुनै भविष्य छैन। केयुको भविष्यलाई लिएर चिन्तित समूह बाहेक अरु कसैले आन्दोलन गर्दैन। सकुन्जेल आफ्नो फाईदा उठाउने तर केयु भडखोलामा गए जाओस भन्नेहरुलाई आन्दोलनसँग कहिले सरोकार हुँदैन। आफ्नै स्वार्थ मात्र हेर्ने यि तत्वहरुले सुरेशराजको तलुवा चाटने देखि गोडा मोल्ने सम्म गरेका हामीले देखेका छौँ। केयुमा शिक्षण र अनुसन्धानको जगलाई बलियो बनाउनु पर्छ भन्दै आफ्नै बलबुतामा बाहिर अध्ययनरत प्राध्यापकहरुले सुरेश राजका सँबन्धमा लेख्नु कुनै नौलो कुरा होईन। लेखनको क्षमता बुझेका सुरेश राज त्यसैले अहिले आफ्ना विरोधिहरुलाई स्वार्थि, लोभी र आफ्ना सुविधा मात्र खोज्ने व्यक्तिका रुपमा चित्रण गर्दैछन।

आफ्नो विरोध भनेको कुनै हालतमा पनि सुन्न नसक्ने मन्डले प्रवृति भएका सुरेश राज अहिले मनिष, वृजेश, शरद , डेनियल र सुपुत्री प्रेरणा जस्ताका लहलहैमा लागेर आफ्नै असक्षम सन्तानहरुलाई मात्र मरिमेटेर काम गर्ने व्यक्तिहरुका रुपमा खुलेआम चित्रण गर्दै रहेछन। आफ्ना भान्जा र रजिष्ट्रारका छोरा वृजेशलाई असिस्टेन्ट प्रोफेसर बनाउने हतारोमा एम.ई.मात्र गरेकै आधारमा बढुवा पाउने नियम बसाल्ने सुरेश राजले अन्य शिक्षक/प्राध्यापकहरुले पनि मनिष र वृजेशका हाराहारीमा बढुवा खोज्नुलाई गलत भन्न पाउँदैन। झन, आफ्ना चाटुकार भुपेन्द्र विमल क्षेत्रीलाई त यिनले हाजिर मात्र गरेका भरमा बढुवा मजाले ख्वाएका थिए। यसले स्पष्ट पार्छ केयुमा सुरेश राजले कसलाई पाखा लगाउँदैछन भनेर। सुरेश राजले आफ्नो अन्तर्आत्मालाई अब छाम्नु पर्छ र भन्नु पर्छ बढी सुविधाका चक्करमा लाग्ने र पछाडी दौडने व्यक्ति को हुन भनेर? के सुरेश राज, सीताराम र भद्रमानले केयुको सेवा आयोगको नियमावलीलाई धोती लगाएका छैनन त? आफ्नो दुराचारी चरित्र अरुमा देख्नेहरु जस्तै सुरेश राज अहिले आफ्ना दुर्गुणहरु अरुका टाउकोमा थोपर्न लागेका छन। आफुलाई नियमको भक्त र अरुलाई नियमको विरोधी बनाउने यिनका रुप देख्दा यिनिजस्ता बहुरुपिया यो दुनियामा अरु कोहि छैनन भन्ने स्पष्ट देखिन्छ।
  
विश्वविद्यालयमा विभिन्न प्रकृतिका कार्यक्रम हुन्छन् र त्यहाँ विभिन्न नियम हुन सक्ने कुरा मच्चिमच्चि गर्ने सुरेश राजले अब स्पष्ट पार्नु पर्छ प्रशासक बन्ने नियम के हो भनेर । मेडिकल देखी ईन्जिनियरिँग सम्म र फार्मेसी देखी बायोटेक सम्म चलाएको विश्वविध्यालयमा के रसायन शास्त्रकै वा गणितकै प्राध्यापकहरु उपकूलपति, रजिष्ट्रार , कन्ट्रोलर आदी हुनु पर्छ भन्ने छ त? विश्वव्यापि नियम छ वरिष्ठ प्राध्यापकहरुले प्रशासनमा सहयोग गर्ने। गणितकै प्राध्यापक किन नहोस, यदि तिनी वरिष्ठ छन भने तिनले उपकुलपति चलाउन सक्छन। यस्तै, बायोटेककै व्यक्तिले पनि मजाले उपकुलपतिमा नियुक्ति पाउन सक्छ। जहाँ वरिष्ठता जस्ता महत्वपूर्ण पक्षलाई सेवाअवधी र कामका आधारमा निर्धारण गरिन्छ, त्यहाँ विभिन्न बिभागमा विभिन्न कार्यक्रम र नियम भन्दै वरिष्ठतालाई त्याग्न मिल्दैन। आफ्नो चाटुकार र जाँड पार्टनर भएकै आधारमा डा. रामकन्ठ जस्तालाई जबर्जस्ती प्रोफेसर बनाउने सुरेश राजले विभिन्न विभाग र नियमको कुरा आफ्नो हैकम चलाउन, शिक्षक-प्राध्यापकहरुलाई फुटाउन र काविलाई आफ्नो कब्जामा राख्न मात्र गरेका हुन। आफ्नो मान्छेलाई जसरी पनि वरिष्ठ बनाउने ध्येय अनुरुप नै यिनले फरक विभागमा फरक नियम हुन्छ भन्ने कुरा गरेका हुन। यसको सिधा अर्थ हो यिनका तलुवा नचाटने इमान्दार कर्मचारी/प्राध्यापकलाई यिनि जसरी हुन्छ वरिष्ठता दिन चाहँदैनन र प्राज्ञिक विकासको अर्को पाटोमा सकृय हुन बाट वँचित गर्न चाहन्छन। यस्तै, आफ्नो नातेदार र चाटुकारहरुलाई भनेजतिकै विदा र सुविधा दिने सुरेस राजले तलबी र गैर-तलबी बिदाका कुरा र यिनका नियम हामीलाई नसुनाए हुन्छ। आफ्नो मान्छेलाई परे, जस्तो सुकै नियम पनि मिच्ने यिनले नियम-कानूनका कुरा गर्नु अगाडी के आफ्नो नैतिक धरातल हेर्नु पर्छ कि पर्दैन?

No comments: