Tuesday, June 03, 2008

कति त्यही राग अलाप्नु हुन्छ प्राध्यापकजी?

यस ब्लगमा प्राप्त एउटा कमेन्ट पाठकहरुसँग बाँडन चाहन्छु। पहिले प्रकाशित गर्न चाहेको थिएँ, तर केही गल्तीवश प्रकासीत नगरिकनै मोडरेट गरेछु।
##########################
कति त्यही राग अलाप्नु हुन्छ प्राध्यापकजी,
बुद्धि वहादुर, बुद्धि वहादुर भनेर, कहिले बुद्धि वहादुर जिँउदो हुँदा खेरी एक शब्द बोल्नु भएको थियो वहाँसँग? १ वर्ष भन्दा बढी भईसक्यो त्यही ईश्युमा उफ्रिएको छ-उफ्रिएको छ। कुन सर्कमस्टान्समा के गरि ही कमिटेड सुसाईड, डु यु ह्याभ एनी आईडिया?
अनि नातावाद कृपावादको कुरा,
I totally agree that there is nepotism in KU and some serious change in leadership is required ,but the way you guys cry out and yell ,and speak badly of the current management i feel you guys are more like badmouthing than critisiing.You run Polls like "Ke sureshraj Gunda ho?" and Polls like "Who Killed Buddhi"? Where the heck do you get this kind of childish and dumb ideas ? Agreed that KU needs some changes but hell ,not this way sir,! you will make situation worse this way !

Get grip on urself,गाली गलौजमा उत्रिएर हुन्छ? छ्या, छ्या। मास्टर साहेव भएर स्टुडेन्टलाई सिकाउनु पर्ने मान्छले यस्तो गर्न सुहाँउछ? I am not just commenting on this particular article, but as a whole on this blog and some emails that are circulated to ****@ku.edu.np, ..ठाडो हात लगाएर गाली गलौज गरेपछि म्यानेजमेन्ट त खुशी हुन्छ तपाँइहरु देखी.......
Think about it guys! Think about it! There are lot of things about this management that is doing good to KU. And what do you think people who are revolting against current management are great people ? Ha far from it. I know few of them and they are good for nothing.They are just infuriated and want to be trash people.A lot of underperformer have joined Kupa Kusa ...त्यो चाँहि किन नबुझेको होला त??
think guys think!
##################################
कमेन्ट कसले राख्यो भनेर ठम्याउन सक्दिन। तर, कुनै अति जान्ने सुन्ने दलाल प्रवृतिका मान्छेले यो कमेन्ट हालेको हो भन्नेमा भने शँका छैन। अब बुद्धि वहादुरसँग हाम्रो सानिध्यता कति छ भन्ने कुरा हामीले नै भन्ने कुरा होईन। हाम्रा अभिव्यक्तिहरुले स्पष्ट पारेको छ-एक कर्मठ दलित कर्मचारीलाई हामी राम्रोसँग चिन्दछौँ भन्ने कुरा। हामीले कहिले भेटेका छैनौँ, हामीले चिनेकै छैनौँ भन्ने कुराहरु नातावादी, जातिवादी, साम्प्रदायिक, दलाल, व्यापारी, हत्यारा सुरेश राज र तीनका मतियारहरुले गरेको प्रचार मात्र हो। टिप्पणीकर्ताकै शब्दलाई सोच्ने हो भने लगातार वर्षदिन हामीले बुद्धि वहादुरका लागी न्यायको माग गर्दा सुरेश राज निक्कै तनावमा आइसकेका छन। साधू बन्ने धूनमा लागेका सुरेश राज अब आगामी दिन हत्याराको रुपमा चिनिने भएँ निक्कै चिन्ताग्रस्त छ। वास्तवमा सुरेश राजको नियती पनि बुझी नसक्नु छ। मान्छेहरु हत्याराबाट साधू हुन्छन तर सुरेश राज भने साधू बाट हत्यारामा परिणत भएका छन। यो सब सुरेश राजको आफ्नै मोह र लालसाले गर्दा नै उत्पन्न भएको हो भन्नेमा कुनै द्विविधा छैन।

सुरेश राजका समर्थकहरु कहिले पनि काठमाडौँ विश्वविध्यालयमा नातावाद छैन भनेर ठोकुवा गर्न सक्दैनन। सुरेश राज स्वयमले पनि आफ्ना मृत छोरी, अनुज, भ्रष्ट सीतारामका दुर्गन्धित कुपुत्रहरु, महाभ्रष्ट साम्प्रदायिक यौनपिपासु भद्रमानका अजकल्टो छोरा लगायत धेरैको काविमा भएको उपस्थिती उनीहरुको योग्यताको कारणले हो भनेर भनेका छन। तपाँइ, सीताराम वा भद्रमान काविमा नभएका भए यी मान्छेहरु के काविमा छिर्न सक्छन र भन्ने पत्रकारको जवाफ भने सुरेश राजले फर्काएनन रे। तर, हामीले चाहेको भने सुरेश राजसँग सवाल-जवाफ गर्न होईन। हामीले चाहेको कुरा सुरेश राजसँग लिखित बहस गर्न हो। हामी प्रमाणित गर्छौँ सुरेस राजका कारणले र यीनको पदमा नमरुन्जेल टिक्न चाहने लालसाले काविमा नातावाद झ्याँगिएको हो। यदि सुरेश राजमा हिम्मत छ भने हाम्रो प्रतिवाद लिखित रुपमै गरे हामी पनि मान्छौँ। होईन, कुनै पद, पदोन्नति, जागिर, भर्ना वा कुनै हिसावले अनुगृहित हुन चाहने निहित स्वार्थ बोकेकाहरुलाई उक्साँउदै हामीलाई हतोत्साहित नै गर्छु भनेर सुरेश राजले सोचेका छन भने त्यो उनले हामीलाई चिन्न नसकेको सँकेत हो।

हामीले सुरेश राजका बारेमा हाम्रो पोर्टलमा आफ्ना कुराहरु मात्र राखेका छौँ। कुनै मेल ग्रुपमा हामीले मेलिँग सर्कुलेट कहिले गरेका छैनौँ। काठमाडौँ विश्वविध्यालयको उज्वल भविष्य चाहने कुनै मित्र शक्तिले यहाँका सुतिरहेका प्राध्यापकहरुलाई झकझकाउन यो मेलिँग ग्रुप बनाएको हो भने हामीलाई केहि भन्नु छैन। तर, हामी आफैले भने यो कुरा गरेको होईन।

वर्ष दिनमै थकित सुरेश राजहरुले कुपा र कुसालाई मार्न चाहनु भनेको गणतन्त्रलाई पुन: राजतन्त्रमा बदल्नु जस्तै हो। समय अग्रगामी छ। कुपा र कुसामा सँबद्ध कसैलाई गाली गर्नु भनेको सुरेश राज र तिनका समर्थकहरुले आफ्नो हार स्विकारेको लक्षण हो। पुरा सँस्था नै लागेर नयाँ मन्डले सँस्था बनाईसक्दा पनि कुपा र कुसा कायमै रहनु भनेको काठमाडौँ विश्वविध्यालय आन्दोलनको सबल पक्ष हो।

No comments: