कम छैन चेन्ज ईन केयुमा उपस्थिती
यो ब्लग शुरुआत गर्दा कमैले पढलान जस्तो लागेको थियो। काठमाडौँ विश्वविध्यालयका शिक्षक, कर्मचारी र विध्यार्थिहरुलाई जागरुक बनाउने उद्देश्यले खोलेको यस ब्लगमा ठूलो प्रहार भने सुरेश राजले काविमा यस ब्लगलाई पूर्णत प्रतिबन्ध लगाएर गरेको थियो। तर, जब ब्लगलाई खोल्ने अन्य तरिकाहरु अपनाउन थालियो, तब सुरेश राजहरुले अर्कै प्रचार गर्न थाले। ब्लगमा सँलग्न रहेकै आशँकामा धेरै माथि धेरै किसिमले सुरेश राज र यिनका मतियारहरु आक्रमण गर्दैछन। विभागीय प्रमूखको परिवर्तन देखी लिएर जबर्जस्ती सार्वजनिक स्थानमा गाली बेईज्जती गर्ने काममा सुरेश राजहरु लागे। दलाल प्रवृतिका केही नालायक शिक्षकहरु अझै सुरेश राजको गुलामी गर्नमा गर्व गर्छन। नेपालका पत्र-पत्रिकामा काविका सँबन्धमा खुलेआमा लेख्दै सुरेश राजजस्ता हत्यारालाई चुनौती दिने निर्भिक प्राध्यापक/शिक्षकहरु देखी लिएर यस ब्लगमा सहयोग गर्नेहरु सबैलाइ धारे हात लगाउने, व्यक्तिगत आक्षेप लगाउने र चरित्र हत्या गर्ने काममा सुरेश राज, सीताराम, भद्रमान, पुष्पराजहरु लागेका छन। गाली गर्ने र मुख छोडने काममात्र गरेकै आधारमा हामीले आफुलाई भाग्यमानी ठानेका हौँ। काविका केही साथीहरुले भोग्नु परेको पीडाको दाँजोमा हामीले पाएको गाली केही होईन। सुरेश राज जस्ता नरपिचासको स्वार्थले जेलिँदा धेरैको मोहभँग भएको छ काविमा। खुशीको कुरा के हो भने, एउटा सानो विश्वविध्यालयमा छाएको नातावादको चर्चा भने अहिले विश्वभर हुन गएको छ। सुरेश राजले जतिसुकै विरोधीहरुलाई तहलगाउने कोशीस गरुन, तर तिनी असफल भइसकेका छन। हाम्रा शब्दहरुले गर्दा नै हो विश्वभरका मानिसहरु अहिले सुरेश घटिया हो भन्नेमा निश्चिँत भएका।
समय-समयमा म ब्लग-काउन्टर हेर्ने गर्थे। म जहिले पनि छक्क पर्ने गर्थे किन यतिका देशका मानिसहरु यो ब्लग पढछन भनेर। नेपालको हिसावले हेर्ने हो भने अधिकाँशको ध्यान त्रिभूवन विश्वविध्यालयमा छ। तर, ब्लग चाँहि काठमाडौँ विश्वविध्यालयकै पढछन। यसले के देखाउँछ भने काठमाडौँ विश्वविध्यालयमा भइहरेको अत्याचारले गर्दा अहिले धेरै नेपालीहरु सचेत भईसकेका छन। भ्रष्टाचारको सहाराले टिकेका सुरेश राजले अब अरु को माथि अत्याचार गर्ने हो भनेर सोधखोज गर्न नेपालीहरुले यस ब्लगको भर परेका छन। अमेरीका देखि जापानसम्मका नेपालीहरु यो ब्लग पढदा रहेछन।
ब्लग निक्कै लोकप्रिय छैन भनेर भन्ने पक्षमा म छैन। हो, ब्लगमा उपस्थिती भने बाक्लो छैन किनभने यो ब्लगले सिमित विषयवस्तु समेटेको छ। नेपालको राजनीतिमा जस्तो सबैको चाख यहाँ छैन। उपकूलपति परिवर्तन गर्नासाथ सबै कुराको टुँगो लगाईने भएर यहाँ धेरै आकर्षण नेपालीहरुले नदेखेका हुन। तर, नेपालको राजनीतिकै विकृतिहरु भने यहाँ छ। यहाँ नातावाद छ भने यहाँ दुराचार छ। यहाँ जबर्जस्ती छोरालाई प्राज्ञ बनाउन खोज्ने सीताराम छन भने निमूखा कर्मचारीलाई वाउको क्वार्टरमा शोषण गर्ने केयुका पारस उर्फ वृजेश छन। माओवादी भित्रका स्वार्थि तत्वहरु रामहरीलाई क्याम्पमा मार्छन भने ईन्जिनियरिँगका स्वार्थि तत्व भोला थापा आफ्नै कर्मचारीलाई मर्न बाध्य गर्छन। अरु त के कुरा, मधेश आन्दोलनको राप र चापको वास्ता नगर्दै छोरीलाई हार्ने ठाउँको टिकट दिने गिरिजा जस्तै आफ्नो हारलाई जीतमा बदल्न छोरीलाई मर्ने स्थितीमा पुर्याउने सुरेश राज पनि यहाँ छन। त्यसैले हो हामीले नेपालको राजनिती र यसका कूख्यात पात्रहरुलाई केयुको सन्दर्भमा गाँसेर प्रस्तुत गर्ने गरेका।
यस ब्लगमा जे जति उपस्थिती छ, त्यो हाम्रो हिसाबले अत्यन्त उत्साहप्रद छ। ब्लगलाई अब झन खुकुलो बनाउने पक्षमा छु। मेरो विचारमा यस ब्लगलाई अब हामीले नयाँ उचाईमा लानु पर्छ। नेपाल भरिका शिक्षालय, विश्वविध्यालयमा समस्या र गतिविधीलाई समेटन सके झन राम्रो। त्यसैले, आजका दिनदेखि ब्लगको स्टाटकाउन्टर सबैका लागी खुला गरेको छु र सबैको सकृय सहभागीताको अपेक्षा गरेको छु ।
No comments:
Post a Comment