केयुभित्रको लोकतन्त्र : सन्दर्भ लोकतन्त्र दिवस
राणा शासनका बेलामा पनि विद्यार्थिहरु आन्दोलित हुने गर्दथे। २००४ सालको जयतु सँस्कृतम आन्दोलन यसको प्रमाण हो। राणाहरुका निगाहबाट पढन, खान र वस्न पाउने तिनधारा पाठशालाका विध्यार्थिहरुले शिक्षण सँस्थाबाट अन्याय र विकृतिको विरुद्ध विगुल फुकेको हाम्रो ईतिहास छ ।
२०३६ सालको आन्दोलन विध्यार्थि र शिक्षणसँग सँबन्धितहरुसँग कतिको शक्ति छ भन्ने देखाउने अर्को कोशेढुँगा हो । २०४६ सालको आन्दोलनमा पोखराका पृथ्वि नारायण क्याम्पसका छात्र-छात्राहरुले जे-जस्तो भूमिका खेले त्यसले राष्ट्रिय राजनितिको नक्शा नै बदलिदियो।
२०६३ सालको जन-आन्दोलन-२मा विध्यार्थि शक्तिको भूमिकालाई झन उच्च मूल्याँकन गरिनु पर्दछ। २३७ वर्षको राजतन्त्रलाई आर्यघाटमा पुर्याउने र ब्रम्हनालमा सुताउने कृयाकलापमा यो आन्दोलनमा विध्यार्थिहरुले खेलेको भूमिका उल्लेखनिय छ।
राणा शासन, पँचायत शासन, र ज्ञानेन्द्र शासन तिनवटै शासनहरुमा विध्यार्थिहरुबाट शुरुआत गरिएका र शिक्षण सँस्थाहरुबाट सल्किएको आन्दोलनले सत्ता मात्र परिवर्तन गरेनन, सत्तासीनहरुलाई सत्ताच्युत मात्र गरेनन, झन एक कदम अगाडी बढेर व्यवस्था नै परिवर्तन गरे। तर, काठमाडौँ विश्वविध्यालयको आन्दोलनले भने उल्टो दिशा समात्न पो थालेको छ ।
काठमाडौँ विश्वविध्यालय २०६४ सालमा छ र यो २००४ सालको तिनधारा पाठशाला भन्दा ६ दशक नवीन छ र युवा छ। यो २०३६ सालको अमृत क्याम्पस भन्दा पनि युवा छ र झन चेतनशील छ । २०४६ सालको पृथ्वि नारायण क्याम्पस आफै विश्वविध्यालय बन्न सक्छ र यो कुरा भविष्यको गर्भमा छ तर हाललाई हेर्ने हो भने कावि अहिले यसको दाँजोमा पनि युवा नै छ। युवा भनेका चेतनाका सँवाहक मात्र होईनन वेथिति र कूरिति विरुद्धका योद्धा पनि हुन। २०६४ सालको युवा चेतनशील काठमाडौँ विश्वविध्यालयको आन्दोलनको तालले भने यहाँ केही ठीक नरहेको भान पर्न जान्छ। भनाईको मतलब आन्दोलनमा सरीकहरु गलत, विध्यार्थिहरु कमजोर भन्न खोजेको हुँदै होईन। मेरो सँकेत अन्तै छ।
आन्दोलनको राप र चापले भ्रष्टाचारीहरु, नातावादीहरु, र तानाशाहहरुलाई घोक्रेठ्याक लगाउनु पर्ने हो-त्यसमा मेरो पूर्ण सहमती छ । विध्यार्थि, कर्मचारी र शिक्षकहरुसँग सुरेश राज, सीताराम, भद्रमान, पुष्पराज जस्ता भ्रष्ट र भोला थापा जस्ता मन्डले गुन्डा बच्दै हिँडनु पर्नेे हो। तर, यसको ठीक विपरीत अहिले आन्दोलनमा लागेकाहरु कोही विदेश पलायन हुँदैछन जबर्जस्ती निकालामा पर्दै भने कोही चाँही ब्लग सँचालन गर्यो भन्ने आरोपमा पाउनु पर्ने पदबाट विमुख हुँदै बस्नु परेको छ। यो किन भयो त? घोत्लिएर सोच्नु पर्ने वेला आईसकेको छ।
वुद्धि वहादुरको वलिदानले केही त भन्छ कि केयुका हाकिमहरुले आन्दोलनलाई दवाउन गजवको काईदा निकालेका छन भनेर। तर, आज लोकतन्त्र दिवशका दिन भने हामीले एकछिन भए पनि विचार गरौँ र सोचौँ के हामी गलत छौँ, के हाम्रा मागहुर गलत छन र के हाम्रा मार्गचित्रहरु गलत छन र? होईन हामी गलत छैनौँ, गलत सुरेश राज छन, सीताराम छन, पुष्पराज छन र भद्रमान छन। तर पनि किन हामीले सुरेश राजलाई निकाल्न सकेनौँ, किन हामीले मन्डले गुन्डा मुकुन्दलाई भकुन्डो सरी हुत्याउन सकेनौँ, किन हामीले पुष्पराजलाई चिँउदोको दार्ही जस्तै उखेल्न सकेनौँ र किन हामीले भद्रमानलाई जीवनको भद्रता के हो भन्ने सिकाउन सकेनौँ।
यसको एकमात्र कारण आज हामीलाई गलत सावित गरिएको छ। पैसा, गुट, पहुँच र सँबन्धको भरमा ईमान्दारीता, प्राज्ञिकता, भद्रता र शालीनताका दुहाई दिनेहरुलाई पूर्ण रुपमा गलत वनाएका छन सुरेश राजको समूहले आज। केयुमा भ्रष्टाचार र विकास पर्यायवाची छ भनेर हामी भन्छौँ तर भ्रष्टाचारीहरु भने हाम्रा विरोध गर्नेहरु नै भ्रष्टाचारी हुन भन्ने ढोल पिटदै हिँडेका छन। त्यो दिन टाढा छैन, जुन वेला बुद्धि वहादुरलाई दुर्वचन प्रयोग गर्ने, धम्काउने, तर्साउने र थर्काउनेको नामावलीमा यस ब्लगलाई माथिल्लो पँक्तीमा राखिनेछ। पैसा खर्च गर्ने हो, भर्ना खुरुक्क दिने हो, र प्रोफेसर देखि विभिन्न प्राज्ञिक पद दिने हो भने ठूल्ठुला सत्यवानहरुका मुखमा पनि बुझो लाग्दछ।
हो, सुरेश राजहरुको कालोलाई सेतो वनाउने, बेठीकलाई ठीक वनाउने र सज्जनलाई दुर्जन वनाउने क्रम अहिले केयुमा चरमसीमामा पुगिसकेको। सुरेश राजको हताश मानसिकता ज्यानमारामा रुपान्तरण भईसकेको छ र जस्को पनि ज्यान लिन सक्ने बनिसकेको छ। अहिले केयुमा विध्यार्थी, शिक्षक र कर्मचारीहरु सबै अलमलमा छन किनभने सुरेश राज मान्छे त हो भन्ने खुट्याउन गार्हो परेको छ। तसर्थ, सबैलाई सुरेश राजको तिकडमलाई मौनतापूर्वक हेरीरहनु परेको छ। स्तम्भकार शिक्षा मन्त्री भएर पनि केही माखो नमर्दा र सुरेश राजहरु केयुबाट पर नसर्दा हामी दरिलो अवलोकनकारी हुनु स्वाभाविक हो। तर, सुरेश राज र सीतारामले आज लोकतन्त्र दिवसको दिनमा बुझ्नुपर्ने मूलकुरा के हो भने अवलोकनकारीहरु कुनै पनि वेला शसक्त आन्दोलनकारीमा पैदा हुन सक्छन। यो नै लोकतन्त्र दिवसको सन्देश हो र सार हो।
ज्ञानेन्द्रले स्वच्छ छविको दुहाई दिउन्जेल र आधारातमा घर-घरबाट निकाल्दै जेलमा कोचुन्जेल जनताले अवलोकन मात्रै गरिरहेका थिए। जनतालाई थाहा थियो, खोला र समय फर्कन्न भने। त्यसो भएर मजाले ज्ञानेन्द्रका कर्म हेर्न थाले जसरी अहिले हामी केयुमा सुरेश राजको कर्म हेर्दै छौँ। जनतालाई थाहा थियो कुन वेलामा उठनु पर्छ भन्ने र कुन दिनलाई लोकतन्त्र दिवस वनाउने भनेर। जनता उठे र लोकतन्त्र दिवस पनि नेपालको ईतिहासमा जन्म्यो। भन्नुको मतलव के हो भने, अहिले सुरेश राजलाई हटाउनै सक्या छैन, के लोकतन्त्र दिवस मनाउने भावनालाई हामीले मनको कुनाबाट हटाउनु पर्यो। केयुमा त्यो दिन अवश्य आउनेछ जुनदिन सुरेश राजले हालसम्मका भ्रष्टाचार, र नातावादको मात्र होईन आन्दोलनकारीहरु माथि गरेको अत्याचारको पनि हिसाब चुक्ता गर्ने छन। ईतिहासबाट हामी सिकौँ र लोकतन्त्र दिवस पछाडीका कारक तत्वबाट प्रेरीत होऔँ, केयुमा आउने लोकतन्त्रलाई कसैले रोक्न सक्नेवाला छैन।

No comments:
Post a Comment