Friday, July 06, 2007

कसलाई सेवामुक्त गर्ने?


सारा नेपालमा लोकतन्त्र, सारा नेपालमा समावेशीता र सारा नेपालमा वाक स्वतन्त्रता, साँगठानिक स्वतन्त्रता र दासत्व र बन्धनबाट स्वतन्त्रता पाईने तर काठमाडौँ विश्वविध्यालयमा भने नपाईने? काठमाडौँ विश्वविध्यालयका कुलपति, अन्तरिम सँसदका सदस्यहरु, नेपालका बुद्धिजीविहरुले अब जवाफ दिनु पर्छ। काठमाडौँ विश्वविध्यालय प्राध्यापक सँघ (कुपा)को गठनले दुराचारी उपकूलपती सुरेश राजको नातावादी, र भ्रष्ट प्रशासनमा प्रश्न उठने भएपछि अहिले अनेकौँ पडयन्त्रमा नातावादी सुरेस राजहरु लागेका छन। आफ्नै विध्यार्थीलाई शिक्षाका नाममा यौन शोषण गर्दै पछि लोकलाजको भयले हतपत बिहे गर्ने सुरेश राजले आफ्ना हरेक कुकर्मलाई जायज र अरुका हक अधिकारको मागलाई भने नाजायज भन्दै आएको छ। भनिरहनु नपर्ला नेपालका न्यायालय देखि विश्वविध्यालय सम्ममा नैतिक पतन भएका यौन दुराचारीहरुकै हालीमूहाली छ। सप्रमाण हाडनातामा लिप्त प्रधानन्यायाधीशलाई नैतिक दवाव दिँदा अदालतको तारेख धाउन वाध्य बनाएका कर्मठ पत्रकारहरुलाई जसरी अहिले काठमाडौँ विश्वविध्यालयका कर्मठ प्राज्ञिक व्यक्तित्वहरु डा. राम प्रसाद घिमिरे र डा. समीरमणि दिक्षित माथि पनि काठमाडौँ विश्वविध्यालय प्रशासन षडयन्त्र गर्न व्यस्त देखिन्छ । काठमाडौँ विश्वविध्यालयको प्राज्ञिकतामा असक्षम, नालायक र भ्रष्ट चरित्रका छोरा,छोरी, नातेदारहरुको अोईरो लगाउने सुरेश राज शर्मा, सीताराम अधिकारी र भद्रमान तुलाधर अहिले काठमाडौँ विश्वविध्यालयलाई आफ्नो पैतृक सम्पतिका रुपमा हेर्दैछन। काठमाडौँ विश्वविध्यालयको शैक्षिक मान्यतामा नातावाद लादनेहरुले अहिले कर्मठ नेपालीहरुलाई सेवामुक्त गर्न सक्छौँ भन्दै हिँडेका छन।

नेपालमा शिक्षा र राजनीति टाढिनु पर्छ। तर राजनीति सँगठन हुँदैमा मात्र आउने होईन। काठमाडौँ विश्वविध्यालयमा कुपाको गठन भन्दा धेरै अगाडी देखि नै राजनीति हुँदै आएको छ। आफ्ना छोरा-छोरीका असक्षमताका कुरा उठाउने अन्य शिक्षक-कर्मचारीहरु माथि सुरेस राज, सीताराम र भद्रमानले जहिले पनि वक्रदृष्टी राख्दै आएको छ। आफ्ना छोराछोरीका भनाईका आधारमा आफ्नै वरिष्ठ सहकर्मीहरुमाथी पनि सुरेश राज, सीताराम र भद्रमानले षडयन्त्र गर्दै आएका छन। आफ्नो हैकम वचाउन र आफ्नो नातावाद लादन राजनीति गर्ने मूल समूह भनेकै सुरेश राज, सीताराम र भद्रमानको समूह हो। काविमा प्रशासकहरु बाट लडाउने, जुधाउने र मनलागी गर्ने परम्परालाई त्याग्नु पर्ने आवश्यकता अहिले मात्र होईन सँस्थापनको बेलादेखिका शिक्षकहरुले महशुस गरेका हुन । ससम्मान शिक्षा-दीक्षा र अनुसन्धानमा लाग्न पाउने अधिकार प्राज्ञिक मर्यादाको पहिलो शर्त हो। जहाँ शिक्षक, कर्मचारी र अनुसन्धानकर्ताहरु खुशी हुन्छन, त्यहाँ मात्र वास्तविक विकास सम्भव हुन्छ। काठमाडौँ विश्वविध्यालयमा विकासका नाममा भवन निर्माण भन्दा बढी अरु केही भएका छैनन। काठमाडौँ विश्वविध्यालयको भौतिक पूर्वाधार जति भयो, त्यतिकै लुट यहाँ भएको छ। साँच्चिकै इमान्दार प्रशासकहरु रहेका भए, यो पन्ध्र वर्षको अवधि दुईगुणा बढी विकास भइसक्ने थियो। जुन दरमा विकास हुनु पर्ने हो, त्यो नभएकै कारण हामीले का.वि.मा भ्रष्टाचार छ भनेर भनेका हौँ।

विश्वविध्यालयको अर्को महत्वपूर्ण विकास भनेको शिक्षक-कर्मचारीहरुले पाउने वातावरणमा पनि विकास हुनु हो। देशको एलिट सँस्थामा गनिने केयुमा धेरै शिक्षक-कर्मचारीहरु सुरेश राज प्रशासन सँग रिसाएका छन। वातावरण र सुविधामा वृद्धि नहुँदैमा कुनै शिक्षक यति धेरै रिसाउन्नथे होला, जति यिनीहरुका निरँकुश, तानाशाही र आत्मसम्मानमा ठेस पुर्याउने व्यवहारले रिसाएका छन। आफुलाई मन नपर्ने बितिक्कै जतिसुकै राम्रा शिक्षक वा कर्मचारी हुन, तिनलाई पाखा लगाउने र आफ्ना अरौटे-भरौटे, दलालहरु, चाटुकारहरु र चम्चाहरुलाई काखामा राख्ने चलन केयुमा छ। काविका प्रशासकहरुका यीनै विकृत व्यवहारका कारणले नै हो काठमाडौँ विश्वविध्यालयमा कुपा आन्दोलनको शुरुआत हुन पुगेको।

काठमाडौँ विश्वविध्यालयमा कुपाको सँस्थापन, आन्दोलन र यसमा समर्थन गर्ने धेरैलाई सुरेश राजको भ्रष्ट, नातावादी र यौन दुराचारी समूहले धारे हात लगाउँदै आएको छ। विश्वविध्यालयको आन्दोलनलाई कभरेज गरेको यस ब्लगमा सँलग्न रहेको आशँकामा काविकै उत्पादन र वर्तमान शिक्षकहरुलाई मात्र प्रताडीत गरेका छैनन। दशौँ वर्ष आफ्नो सम्पूर्ण मेहनत कावि सेवामा खर्च गर्ने शिक्षकहरुमाथी पनि विभिन्न तवरले प्रताडीत गर्नेमा सुरेश राजको माफिया समूह लागेको छ। आफ्नो विरोधीलाई जसरी हुन्छ सखाप गर्ने मन्डले नीति अनुरुप अहिले सुरेश राज र भद्रमान काविकै लोकप्रिय शिक्षक तथा कुपाका नेतृत्व वर्ग माथि खनिएका छन। कुपाका अध्यक्ष डा. रामप्रसाद घिमिरे तथा महासचिव डा. समीरमणि दीक्षित कुपाकै पदाधिकारी मात्र होईनन, नेपाल भरिका समानताप्रेमी, न्यायप्रेमी र आदर्शप्रेमी विद्वत प्राध्यापकहरुका ज्वाजल्यमान प्रतिनिधीहरु हुन। डा. रामप्रसाद घिमिरे तथा डा. समीरमणि दिक्षितका सत्याग्रहले तिलमिलाएका सुरेश राजहरुमा अहिले नैतिक बल समाप्त प्राय भईसकेको छ। फलस्वरुप जसरी हुन्छ बलमिच्याँई, षडयन्त्र र जालसाजीले कर्मठ प्राध्यापकहरुलाई आक्रमण गरौँ भन्ने यिनीहरुका घटीया नातावादी राजनीति अहिले का.वि.मा हावी हुन पुगेको छ।

नेपाल प्राध्यापक सँघलाई काविका अर्का नातावादी रजिष्ट्रार भद्र मान तुलाधरले पठाएको धम्की सहीतको पत्र सुरेस राजको नयाँ षडयन्त्रको सूचक हो। नातावादी सुरेश राजको यावत कु-कृत्यहरु थाहा पाएर पनि मुखमा दही जमाएर बसेका गिरिजा र अति विद्धान शिक्षा मन्त्री प्रदीप नेपालका मौनताले आज सुरेश राजहरु जम्जमाएका छन। देशमा लोकतन्त्रलाई बलियो बनाउँछु र समानता चाहिन्छ भन्ने विद्वान शिक्षामन्त्रिले सुरेश राजहरुका कृयाकलापलाई कसरी लोकतान्तृक ठानेका हुन, अचम्म लाग्दो छ। समय जहिले पनि अगाडी बढछ र यो पछाडी कहिले जानेवाला छैन। सुरेश राजहरुका धाक-धम्की र बलमिच्याँई निभ्न लागेको बतिको उज्यालो भन्दा बढी होईन। विधिले चल्नु पर्ने काविमा कुनै रजिष्ट्रारले मैले चाहे फलानो-फलानो लाई निकाल्न सक्छु भनेको प्राज्ञिकताको मर्म माथि मात्र प्रहार होईन यो समयलाई पनि बुझ्न नसकेको उदाहरण हो। कार्य सम्पादन, सक्षमता र अनियमित भर्नाका हिसाबले निकाल्नु पर्नेहरु वास्तवमा रजिष्ट्रार भद्रमान तुलाधरकै नालायक सुपुत्र, सल्लाहकार सीतारामका झन नालायक सुपुत्रहरु र सुरेस राजका महानालायक भाई तथा छोरी प्रेरणा नै हुन। स्व. बुद्धि वहादुर विश्वकर्मालाई दुर्वचन प्रयोग गर्दै आत्महत्याका लागी बाध्य गर्ने भोला थापाहरु केयुमै वहाल रहने तर डा. रामप्रसाद घिमिरे र महासचिव समीरमणि दीक्षीतहरु बहिर्गमन हुने हो भने केयुमा प्राज्ञिकताको खडेरी पर्ने निश्चित छ। डा. रामप्रसाद घिमिरे र महासचिव डा. समीरमणि दीक्षितलाई धम्कीयुक्त भाषा प्रयोग गर्ने काविका सुरेश राज र भद्रमान दुस्साहसको यो ब्लग घोर भत्सर्ना गर्दछ।

जय केयु!

No comments: