प्राध्यापक सँघको चेतावनी
काठमाडौँ, नेपाल प्राध्यापक सँघले पुराना दसबुँदे तथा थप सातबुँदे माग पुरा नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सँघले मँगलबार देिख आगामी ४ साउनसम्म प्रधानमन्त्री र िशक्षा तथा खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउने िवरोधसभा गर्ने, ऐक्यबद्धताका लािग आठ सँसदीय दललाई आव्हान गर्ने र आमरण अनसन बस्ने सम्मका कार्यक्रम तय गरिएको जनाएको छ ।
सँघले काठमाडौँ विश्वविध्यालय र लुम्बिनी बौद्ध विश्वविध्यालयका प्रतितगमनकालीन पदािधकारीलाई कानुन बनाएर तुरुन्त पदमुक्त गर्नुपर्ने, विभिन्न विश्वविध्यालयका रिक्त पदाधिकारीको पदपूर्ति गर्नुपर्ने, प्राध्यापकको मर्यादाक्रम घोषणा गर्नु पर्ने र तिनको तलबस्तर सार्कस्तरको हुनुपर्ने, विश्वविध्यालय पदाधिकारीको नियुक्ति प्राज्ञिक मूल्य मान्यता र राष्ट्रिय सहमतिका आधारमा हुनुपर्नेमा सँघले जोड दिएको छ।
स्रोत:http://www.nayapatrika.com/des.php
No comments:
Post a Comment