माई सँसारमा सुरेश राजको बारेमा कमेन्ट
कर्ण शाक्यजी,
तपाईको जवाफको लागी हार्दिक धन्यवाद। कर्ण शाक्यलाई कसैले कनिँग बिजिनेशमेन र प्याथेथिक भन्ने सुन्दा मलाई सार्है नमज्जा लागेको थियो। उनको वर्तमान शारीरिक अवस्थालाई हेर्ने हो भने कुनै पनि किसिमको मानसिक दवाव दिनु हुँदैन भन्ने मेरो धारणा छ। तर, यस्तो अवस्थामा पनि आफू प्रति पूर्वाग्रह र दुराग्रहले लक्षित प्रश्नहरुको उत्तर दिने उहाँको प्रयासको सर्हाहना नगरी धरै छैन। अन्य कमेन्टरहरुले पनि यसो सकारात्मक रुपमा लेखि नै सके अब यो ब्लग-स्लगमा आएको कुराको म किन जवाफ दिँउ भनेर पनि कर्ण शाक्य बस्न सक्थे। जनताको करले नपालिएका, सौर्य उर्जा देखि इकोसिस्टम सम्म हेर्ने, आफ्नै सीप र सोचबाट नेपालीहरुलाई बाटो देखाउनेहरु वास्तवमै बेग्लै चीजबाट बनेका हुँदा रहेछन। यिनीहरुमा कर्तव्यबोध भनेको रोम-रोममा भरिएको हुँदो रहेछ। कर्ण शाक्यको वर्तमान जवाफ पढेपछि मेरो मनमा उब्जेका भावनाहरु यिनै हुन।
कर्ण शाक्यको वर्तमान जवाफ पढेपछि मेरो मनमा केही प्रश्नहरु उठेका छन।
१) के नेपालका स्वनामधन्य उप-कूलपतिहरु देखि लिएर प्रधानन्यायाधीस सम्मले आफ्ना आचरणका बारेमा, आफ्ना भ्रष्टाचारका बारेमा उठेका प्रश्नहरुका सँबन्धमा जवाफ दिने कि नदिने? जनताले तिरेको करको रकम कुनै हालतमा नपाउने बरु उल्टो आफ्नो मेहनत र बुद्धि-वर्कतको कमाईले सरकारलाई कर बुझाउने कर्ण शाक्य आफ्ना सँबन्धमा जवाफ दिन्छन भने प्रधान न्यायाधिश दिलिप कुमार पौडेल, जो जनताको रकमबाट पालिएका छन, ले आफु विरुद्ध लागेको यौन शोषण र आर्थिक भ्रष्टाचारको सँबन्धमा जवाफ दिने कि नदिने
२) १३ वर्षकी कलिलि छोरीको यौन शोषणलाई ३०-३० वर्षसम्म निरन्तरता दिने र आफु विरुद्ध सप्रमाण आवाज उठाउने पत्रकारहरुलाई नै १ वर्ष जेल कोच्ने षडयन्त्र गर्ने दिलिप कुमार पौडेललाई अब प्याथेथिक र कनिँग भन्ने कि नभन्ने? क्यान्सरबाट थला पर्दै अहिले स्वास्थ लाभ गरिरहेका समाजसेवीलाई हावा तालमा जे पायो त्यो भन्नेहरुलाई यो मेरो प्रश्न हो
३) कर्ण शाक्यजीको वर्तमान लेखमा एउटा हरप मलाई असाध्यै मन पर्यो। “कहिलेकाँही विकासको सुनौला घेराभित्र विकृतिलाई लुकाउन जति सजिलो छ, त्यति नै सँरक्षणको नाममा विकासलाई पनि सजिलै रोक्न सकिन्छ।” विकासको सुनौला घेराभित्र लुकाईने विकृतिको कुराले मलाई वास्तवमै निजी क्षेत्रले शिक्षामा क्वालिटी ल्याउँछ भन्ने डँका पिटने काठमाडौँ विश्वविध्यालयका डा. सुरेश राज शर्माको याद आयो। विगत १५ वर्षदेखि काठमाडौँ विश्वविध्यालयमा उप-कूलपति रहेका सुरेश राज शर्माले नातावाद र भ्रष्टाचार चरम सीमामा पुर्याईसकेका रहेछन। उमेशजीको यस ब्लगमा रहेका लिँकहरुमा http://www.mysansar.com/?page_id=929 “चेन्ज ईन केयु” भन्ने एउटा ब्लग रहेछ। त्यस ब्लगमा विगत १ वर्षदेखि सुरेश राज शर्माले काठमाडौँ विश्वविध्यालयमा अपनाईरहेको नातावाद, कृपावाद र भ्रष्टाचार मात्र होईन दमनको शृँखला र चरित्र हत्या गर्ने कुरा हरुमै सुरेश राज शर्मा निर्लिप्त रहेछन भन्ने कुराहरु खुलाईएका छन । काठमाडौँ विश्वविध्यालयको नाममा शिक्षाको विकास नेपालमा गरेको छु भन्ने सुरेश राज शर्माको दावी कर्ण शाक्यजीले भन्नु भए जस्तै “विकासको सुनौला धेराभित्र लुकाएको विकृति” हो भन्नुमा अहिले विमती राख्ने ठाँउ छैन। यस्तो अवस्थामा आफूलाई प्राज्ञिक भन्ने र आफूलाई समाजसेवी शिक्षाविद भन्ने सुरेश राज शर्माले जवाफ दिनु पर्छ कि पर्दैन। नेपाली जनताले तिरेका रकमको अपचलन गर्दै मोजमस्तिमा जीवन बिताउने सुरेश राजलाई पनि अब प्याथेथिक र कनिँग भन्ने कि नभन्ने।
कर्ण शाक्यका सँबन्धमा कुनै पत्रिका पढेर प्रश्न उठाउने र जथाभावी भन्ने मित्रहरुले अब प्रधान न्यायाधीश दिलिप कुमार पौडेल र उप-कूलपति सुरेश राज शर्माका सँबन्धमा पनि आफ्नो धारणा राख्ने कि?
करतल ध्वनी
(स्रोत : कर्ण शाक्यको स्पष्टिकरण))
No comments:
Post a Comment