Saturday, July 28, 2007

केयुका सँबन्धमा थप कुरा -१

नेपालको शिक्षा क्षेत्रमा दूरदृष्टि राख्ने शिक्षाविदका रुपमा परिचित डा. सुरेश राज शर्मा अहिले आफ्ना भ्रष्ट आचरण, नातावाद र गुन्डागर्दी भन्दा पनि धङ्धङ्ति गनाएका व्यक्तिका रुपमा चिनिन्छन । शर्माले विश्वविद्यालयको १५ वर्षको उपकुलपतित्वका बेलामा गरेको विकास भनेको लभली कान्छी छोरीको क्यारीअर विकास, बक नफुटने लाटा भाई मुकुन्दको हैकमको विकास र सँदीग्ध सँबन्ध रहेका सीताराम लगायतहरुका विकास मात्र हुन। हालै केही कर्मचारी तथा प्राध्यापकहरुले केही असन्तुष्टिका प्रकट गर्दा बुद्धि वहादुर बस्नेत जस्ता दलित तर कर्मठ कर्मचारीले आफ्नो जीवनको बलिदान दिनु परेको थियो भन्ने कुरा साम्प्रदायिक सोचमा रुमल्लीने मन्डले पत्रकारहरुलाई के थाहा हुनु?

झन्डै एक वर्षदेखि विश्वविद्यालयमा कार्यरत केही कर्मचारी र प्राध्यापकहरूले युनियन खोल्न माग राख्दै संघर्ष गर्दै आएका छन्, तर उपकुलपति सुरेश राजले भने काठमाडौं विश्वविद्यालय प्रजातान्त्रिक मर्यादामा रहेर बनेको एउटा नमुना विश्वविद्यालय हो भन्दै विशुद्ध साँगठानिक अधिकार जस्ता कुरालाई ओझेलमा पारेका छन। विश्वविद्यालयको ऐनलाई आफूखूसी बँग्याउन पोख्त सुरेश राज, सीताराम, भद्रमानहरुले जहिले पनि उपकुलपतिलाई नै काठमाडौँ विश्वविध्यालय ऐन र नियमको व्याख्या गर्ने प्रवक्ताका रुपमा उभ्याएका छन। यो कुनै हालतमा पनि सहि कुरा होईन। उपकुलपतिलाई ऐन र नियममा उल्लेख नभएका विषयमा निर्णय गर्ने अधिकार छैन भन्दै अन्तर्वार्ता दिन तल्लीन सुरेस राजले काठमाडौँ विश्वविध्यालयको ऐन र नियमको पनि अपव्याख्या गर्न बन्द गरे हुने हो। सँदीग्घ आरोप लगाउने सँदिग्ध चरित्रकी नालायक छोरी र भाईलाई काठमाडौँ विश्वविध्यालयमा जथाभावी नियुक्ती दिँदा ऐनलाई भडखालामा जाक्ने सुरेस राजले कावि प्राध्यापक सँघलाई युनिएन खोल्ने कुरा हो भनेर अपमान गर्न पाउँदैन।
 
अन्य विश्वविद्यालयमा युनियन खोल्न दिइएको तर काठमाडौं विश्वविद्यालयमा स्थापनाको १५ वर्षपछि पनि युनियन गठन गर्न नदिइनुको प्रमूख कारण भनेको सुरेश राजहरुका हाली मूहाली केयुबाट समाप्त हुन्छ भन्नु नै हो। विभिन्न उपसमितिहरु बनाएर र त्यसमा आफ्ना चाटुकारहरु नियुक्ति गरेर जथाभावी सिफारीस गराँउदै र यस्तै सिफारीसका आधारमा निर्णय लिँदै का.वि.का नातावादी सँयन्त्रमा सँलग्नहरुलाई फाईदा पुर्याउने परिपाटीले नै काठमाडौं विश्वविद्यालयको स्थापना तथा सञ्चालनको प्रकृति नै अरू विश्वविद्यालय भन्दा फरक छ भन्ने जनाउँछ । अन्य विश्वविद्यालय सर्वप्रथमत सरकारको स्वामित्वमा सम्पूर्ण व्यवस्था सरकारले नै गर्ने गरी स्थापना भएका छन र नीतिनियम पनि सरकारको अनुकूलमा बन्ने हुनाले समयानुसार फरक हुन्छ। जसका कारण न कुनै उपकुलपतिले उपसमितिहरु गठन गर्न सक्छन न कुनै उपसमितिका आडमा कुनै निर्णय लिन सक्छन। फलस्वरुप अन्य विश्वविध्यालयहरुमा अलिक हो हल्ला बढि भए पनि नातावाद र भ्रष्टाचार भने त्यति चुलिएको छैन।

प्रजातान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै खुलेको यस विश्वविद्यालयको उपकुलपतिले वास्तवमै भन्ने हो भने अहिले सर्वप्रथम आफ्नो चरित्रको बारेमा बोल्नु पर्छ र नेपाली मिडिया जगतमा अगाडी आएका कुराहरुलाई स्पष्ट पार्नु पर्छ। कलिली उमेरकी छात्राको यौन शोषण पश्चात हतपत गरिएको बिहेले यीनलाई प्रशस्त सन्तान पनि प्रदान गरेका छन रे। तर, अहिले यिनका आफ्नै कान्छी छोरीले केयुमा जागीर कसरी पायो भन्ने सँबन्धमा भने यिनि पनि नेपालका कुख्यात दिलिप कुमार जस्तै हुन पनि नसुनिएको होईन। ऐनकै बढी कुरा गर्ने र लोकतन्त्रमा ऐनले सँगठन खोल्न दिएन भन्ने कुराहरु दिलिप कुमारले गर्ने कुरा हुन र नेपाल भरिका मन्डलेहरुले गर्ने कुरा हुन। विश्वविद्यालयको कार्यअनुरूपको ऐननियम बन्नुपर्छ र सोही ऐननियममा रहेर विश्वविद्यालयको प्रकृतिअनुरूपको युनियन खोल्न दिनुपर्छ भन्ने हाम्रो मान्यता हो भन्ने सुरेश राजले भोली कुपाको नेतृत्वमा यीनकै शँकास्पद चरित्रकी छोरी वा भाई वा सीताराम या भद्रमानका छोराहरु नेतृत्वमा पुग्ने हो भने आरामले आँखा चिम्लेर मान्यता दिनेवाला छन । विश्वविद्यालयमा आफ्नो हक-अधिकारका कुरा गर्दा सबै भन्दा ठूलो अप्ठेरो भ्रष्ट नातावादी समूहलाई नै हुने गर्छ र फलस्वरुप यी भ्रष्टाचारीहरुले अनेकौँ आरोप सत्याग्रहीहरुलाई लगाउन सक्छन।

No comments: