Tuesday, August 07, 2007

प्राध्यापकद्वारा पेनडाउन

कास
काभ्रे, साउन २१ - प्राध्यापकहरूले पेनडाउन गरेपछि सोमबार काठमाडौं विश्वविद्यालयको पठनपाठन अवरुद्ध भएको छ । शाही शासनकालका विश्वविद्यालय पदाधिकारीको राजीनामा माग्दै प्राध्यापकहरूले पेनडाउन गरेका छन् । विश्वविद्यालयका उपकुलपति र उनले नियुक्ति गरेका अन्य पदाधिकारीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको प्राध्यापक संघका महासचिव समीरमणि दीक्षितले बताए ।

Posted on: 2007-08-06 21:27:02
स्रोत:कान्तिपुर दैनिक)

No comments: